शुक्र, अशोज १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

धारणा न्यूज by धारणा न्यूज
४६ मिनेट अगाडि
Reading Time: 1 min read
0
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook


काठमाडौं । राष्ट्रिय चलचित्र दिवसको अवसर पारेर नेपाल चलचित्र कलाकार संघले नेपाली चलचित्र इतिहासको पहिलो चलचित्र ‘आमा’लाई केन्द्रमा राख्दै विशेष कार्यक्रम आयोजना गरेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली चलचित्रको पहिलो पुस्ताका कलाकार तथा ‘आमा’ चलचित्रका तीन अग्रणी नायिका भुवन चन्द थापा, चैत्यदेवी सिंह र वसुन्धरा भुसालको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली चलचित्रको इतिहास, त्यसको प्रारम्भिक चरणमा कलाकारले निर्वाह गरेको भूमिका तथा चलचित्रका गीत–संगीतको योगदानबारे चर्चा गरिएको थियो । सोही अवसरमा विमल भौकाजीको सम्पादनमा प्रकाशित ‘शारदा’ पत्रिकामा समेटिएका नेपाली चलचित्रका गीतसम्बन्धी सामग्रीको विमोचनसमेत गरिएको थियो ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘आमा’ चलचित्रका तीन अग्रणी नायिकालाई विशेष सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिका रूपमा समेत उहाँहरूलाई सम्मानपूर्वक सहभागी गराइएको थियो । संघका महासचिव सुनिल कटुवालले स्वागत मन्तव्य राखेको कार्यक्रममा तीनैजना अग्रज कलाकार तथा सभापति उत्तम केसीले संयुक्त रूपमा दीप प्रज्वलन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल चलचित्रको पहिलो पुस्ताका कलाकार तथा चलचित्रकर्मीको योगदानको स्मरण गर्दै भुवन चन्द थापा, चैत्यदेवी सिंह र वसुन्धरा भुसाललाई नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी र महासचिव सुनिल कटुवालले खादा, माला तथा दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । सो अवसरमा ‘शारदा’ पत्रिकाका सम्पादक विमल भौकाजीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा ‘शारदा’ पत्रिकाको विमोचन गरिएको थियो । विमल भौकाजीको सम्पादनमा प्रकाशित उक्त सामग्रीमा नेपाली चलचित्रका गीत तथा गीत–संगीतसँग सम्बन्धित विषयवस्तुलाई समेटिएको छ । चलचित्रका गीतले नेपाली चलचित्रको विकासक्रममा पुर्‍याएको योगदान तथा पुराना गीत–संगीतको संरक्षणको आवश्यकताबारे कार्यक्रममा चर्चा गरिएको थियो ।
कार्यक्रममा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, विशिष्ठ कलाकार लय संग्रौला, संघका पूर्व अध्यक्ष तथा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला, चलचित्र संघका कार्यवाहक अध्यक्ष गोपालकाजी कायस्थ, विमल भौकाजी, लव प्याकुरेल लगायतले राष्ट्रिय चलचित्र दिवस, नेपाली चलचित्रको इतिहास तथा ‘आमा’ चलचित्रसँग सम्बन्धित विभिन्न विषयमा आ–अफ्ना धारणा राख्नुभएको थियो । वक्ताहरूले नेपाली चलचित्रको प्रारम्भिक यात्रालाई स्मरण गर्दै पहिलो पुस्ताका कलाकार तथा प्राविधिकले सीमित स्रोतसाधनका बाबजुद चलचित्र क्षेत्रको विकासका लागि गरेको योगदानको चर्चा गरेका थिए ।
विशेषगरी ‘आमा’ चलचित्र नेपाली चलचित्रको इतिहासमा महत्त्वपूर्ण आधारका रूपमा रहेको उल्लेख गर्दै वक्ताहरूले यससँग जोडिएका कलाकार तथा सिर्जनाकर्मीको योगदानलाई नयाँ पुस्ताले समेत सम्झनुपर्नेमा जोड दिएका थिए । चलचित्रका गीत–संगीत नेपाली समाज र संस्कृतिको अभिन्न हिस्सा बनेको उल्लेख गर्दै पुराना चलचित्रका गीत, संगीत र सिर्जनालाई अभिलेखीकरण तथा संरक्षण गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको थियो ।
कार्यक्रममा ‘आमा’ चलचित्रकी अग्रणी नायिका वसुन्धरा भुसालले नेपाली चलचित्रको प्रारम्भिक समयको अनुभव स्मरण गर्दै चलचित्र क्षेत्रमा आफूहरूले भोगेका संघर्ष र अनुभवबारे धारणा राख्नुभएको थियो । त्यसैगरी, संघका अध्यक्ष उत्तम केसीले अग्रज कलाकारको सम्मान र नेपाली चलचित्रको इतिहास संरक्षण गर्न कलाकार संघले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका विभिन्न कलाकार, निर्माता, निर्देशक, संगीतकर्मी तथा चलचित्रकर्मीको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा मनोज आचार्य, पुजना प्रधान गुरुङ, लव्ली संगम राई, पुकार भट्टराई, अन्जु रञ्जित, माडिक रत्न, दीपेन्द्र तिमिल्सिना, उत्सव केसी, सुपा खनाल, देवेन्द्र पाण्डे, नीरज खुलाल, राज टाइगर, अमर वली, जीवन थापा, गीता अधिकारी, सानु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
नेपाली चलचित्रको इतिहासलाई सम्झने तथा अग्रज कलाकारको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले राष्ट्रिय चलचित्र दिवसलाई नेपाली चलचित्रको विगत, वर्तमान र भविष्यसँग जोड्ने अवसरका रूपमा प्रस्तुत गरेको थियो । विशेषगरी नेपाली चलचित्रको प्रारम्भिक चरणकी तीन अग्रणी नायिका एकै ठाउँमा उपस्थित हुनुले कार्यक्रमलाई थप विशेष बनाएको अध्यक्ष केसीको भनाइ थियो ।
नेपालमा गत वर्षदेखि राष्ट्रिय चलचित्र दिवस असोज १५ गते मनाइने भएको हो । यसअघि असोज १ गते मनाइँदै आएको राष्ट्रिय चलचित्र दिवस यस वर्षदेखि नेपालको पहिलो कथानक चलचित्र ‘आमा’ को प्रदर्शन मितिलाई आधार मानेर असोज १५ गते मनाउन थालिएको हो ।

यो पनि पढ्नुहोस्

‘बाः एक योद्धा’मा बढ्दो दर्शकको चाप, हलमा पुग्यो १०० शो माथि

‘बाः एक योद्धा’मा बढ्दो दर्शकको चाप, हलमा पुग्यो १०० शो माथि

२ दिन अगाडि
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

यही हो त पुरानालाई बिर्साउने सुशासनको गन्तव्य ?

गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपपत्र दायर

भोटेकोशीमा १ हजार ४ सय ५५ जनाको शव फेला

विमान खसाल्ने प्रयास

सरकारले कर्मचारीतन्त्र सुधार्ने काम गरोस्

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक