काठमाडाैं । दुई दिनदेखि लगातार घटेको सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा २ हजार ८ सय रुपैयाँले बढेको हो ।
भाउ बढेर सुन तोलाको दुई लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले घटेर तोलाको २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी ३० रुपैयाँले बढेर तोलाको ४ हजार ४२५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी तोलाको ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।


