काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ९.६२ अंक घटेको छ ।
सो कमीपछि नेप्से २६०३ अंकमा कायम भएको छ । कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६५ करोड भयो ।
आज ६९ कम्पनीको मूल्य बढ्दा १९९ को घटेको छ । १० कम्पनीको मूल्य स्थिर रह्यो । समूहगत रुपमा हेर्दा व्यापार सबैभन्दा धेरै १.८७ प्रतिशत घट्यो । बैंकिङ ०.१३, विकास बैंक ०.४५, फाइनान्स ०.३२, होटल तथा पर्यटन ०.६५, जलविद्युत् ०.५२, लगानी ०.२२, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन ०.५०, माइक्रोफाइनान्स ०.५५ प्रतिशत घटे । निर्जीवन बीमा ०.११ र अन्य समूह ०.१२ प्रतिशत बढेकाे छ।
आज सयपत्रि हाइड्रोपावरको मूल्य ६.७९, सर्वोत्तम पेन्ट्सको ६.२९, हाथवे इन्भेस्टमेन्ट कम्पनीको ३.४६, मेन्छियाम हाइड्रोपावरको ३.४० प्रतिशत मूल्य बढ्यो । धौलागिरि लघुवित्तको मूल्य ४.२३, एपोलो हाइड्रोपावरको ४.१४, शिखर पावरको ४.०८, मान्डु हाइड्रोपावरको ३.७२, कालिन्चोक दर्शनको ३.०१ प्रतिशत मूल्य घटेकाे छ ।
आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, सिद्धार्थ बैंक, गरिमा विकास बैंक, हाथवे इन्भेस्टमेन्ट कम्पनी, रिलायन्स स्पिनिङ मिल्स, माउन्टेन इनर्जी क्रमशः अगाडि रह्याे ।


