काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशन दुई दिन पर सारेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गरेर २ दिन पर सारिएको जानकारी दिएका छन् ।
यसअघि असोज १६ गतेबाट सुरु गर्ने भनिएको कांग्रेस महाधिवेशन अब असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको छ ।
मुख्य सचिव दुलालद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, ‘१५ औँ महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन् ।’


