मङ्ल, अशोज ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल इन्जिनियरिङ कलेजमा शैक्षिक अभिमुखीकरण

धारणा न्यूज by धारणा न्यूज
४० मिनेट अगाडि
Reading Time: 1 min read
0
नेपाल इन्जिनियरिङ कलेजमा शैक्षिक अभिमुखीकरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (nec) मा शैक्षिक सत्र २०८३ का लागि भर्ना भएका नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै शैक्षिक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

सोमबार कलेज परिसरमा आयोजित कार्यक्रममा कलेजका प्राचार्य इ. दुर्गाप्रसाद भण्डारीले जेन–जी पुस्ताका विद्यार्थीलाई स्वागत गर्दै इन्जिनियरिङ शिक्षाका विभिन्न पक्ष, यसको सम्भावना तथा समाज र राष्ट्र निर्माणमा इन्जिनियरिङ क्षेत्रको भूमिकाबारे जानकारी गराउनुभयो ।

इन्जिनियरिङ विधामा विभिन्न आयाम र सम्भावना रहेको चर्चा गर्दै प्राचार्य भण्डारीले इन्जिनियरिङ समाज तथा राष्ट्र विकासको महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “इन्जिनियरिङ एउटा मात्र विषय होइन, यसका धेरै आयाम छन् । देश र समाजको विकासमा इन्जिनियरिङले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।”

स्नातक तहको चारवर्षे अध्ययन अवधिमा विद्यार्थीले निरन्तर मेहनत र अनुशासनका साथ अध्ययन गर्नुपर्नेमा जोड दिँदै प्राचार्य भण्डारीले विद्यार्थीलाई आवश्यक ज्ञान, सीप र मार्गदर्शन प्रदान गर्न कलेज सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।

नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै उहाँले जेन–जी पुस्ताबाट आफूहरूले पनि नयाँ सोच र प्रविधिका विषयमा धेरै कुरा सिक्न सक्ने बताउनुभयो । “यो पुस्तालाई कलेजमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । तपाईंहरू जेन–जी पुस्ताबाट हामीले पनि धेरै कुरा सिक्न सक्छौँ,” उहाँले भन्नुभयो । विद्यार्थीको सफलता नै कलेजको सफलता भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले विद्यार्थीलाई गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्न कलेज प्रतिबद्ध रहेको बताउनुभयो । विद्यार्थीका जिज्ञासा तथा समस्याको समाधानका लागि पूर्णकालीन फ्याकल्टीको व्यवस्था गरिएको जानकारी दिँदै उहाँले प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिइएको बताउनुभयो ।

कलेजमा आधुनिक प्रयोगशाला, पुस्तकालयलगायत अध्ययन तथा प्रयोगात्मक शिक्षणका लागि आवश्यक सुविधाहरू उपलब्ध रहेको जानकारी दिँदै सहायक प्राचार्य केसीले विद्यार्थीले आफ्नो सपना र उद्देश्य पूरा गर्न चारवर्षे अध्ययन अवधिमा निरन्तर मेहनत गर्नुपर्नेमा जोड दिनुभयो ।

शैक्षिक अभिमुखीकरण कार्यक्रममा विभिन्न विभागका फ्याकल्टीहरूले सम्बन्धित विषयको पाठ्यक्रम, अध्ययन–अध्यापनको शैली, मूल्याङ्कन प्रणाली, विद्यार्थीले पालना गर्नुपर्ने नियम तथा कलेजका शैक्षिक गतिविधिबारे जानकारी गराएका थिए ।

कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराका अनुसार अभिमुखीकरण कार्यक्रममा नवप्रवेशी विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, विभागीय संरचना, प्रयोगात्मक शिक्षण तथा विद्यार्थीले अपनाउनुपर्ने शैक्षिक अनुशासनबारे समेत जानकारी दिइएको थियो ।

यस वर्ष नेपाल इन्जिनियरिङ कलेजका अधिकांश सिट भरिइसकेको कलेजले जनाएको छ । कलेजका अनुसार आर्किटेक्चर, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फरमेशन एण्ड कम्युनिकेशन तथा सिभिल एण्ड रुरल इन्जिनियरिङ लगायतका कार्यक्रमहरूमा अधिकांश सिट भरिएका छन् ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित कलेजले हरेक वर्ष करिब रु. १५ करोड बराबरका विभिन्न छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ । छात्रवृत्तिको अवसर, गुणस्तरीय शिक्षा तथा तुलनात्मक रूपमा पहुँचयोग्य शुल्कका कारण विद्यार्थीको आकर्षण बढ्दै गएको कलेजको भनाइ छ ।

त्यसैगरी, शहरी कोलाहल र भिडभाडबाट टाढा शान्त, स्वच्छ तथा हरियाली वातावरणमा कलेज अवस्थित रहेकाले पनि विद्यार्थीको रोजाइमा नेपाल इन्जिनियरिङ कलेज पर्ने गरेको कलेजले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोड

प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोड

१ हप्ता अगाडि
संकट व्यवस्थापनमा खटिएका सुरक्षा निकायलाई धन्यवाद ज्ञापन

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्य

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली महिला भलिबल टिम हङकङसँग पराजित

एमालेको बैठक सुरु

प्रधानमन्त्रीले अमेरिका भ्रमणमा जानेक्रममा विदाईको परम्परा तोड्ने

चलचित्र विकास बोर्डको अध्यक्ष छनोटमा तीन सदस्यीय समिति गठन

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक