शनि, अशोज ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

संविधानको भावना व्यवहारमा रूपान्तरण गर्न आह्वान

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
संविधानको भावना व्यवहारमा रूपान्तरण गर्न आह्वान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले संविधानको मूल मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।

संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै सभामुख अर्यालले संविधानको सफल कार्यान्वयन र संरक्षणका लागि राज्यका सबै अंग, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकबीच सहकार्य, समन्वय र प्रतिबद्धता आवश्यक रहेको जनाएका हुन्।

उनले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको स्मरण गर्दै संविधान निर्माणका क्रममा तथा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका आन्दोलन र पछिल्लो जेनजी प्रदर्शनका क्रममा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धासुमन अर्पण गरेका छन्।

सभामुख अर्यालले संविधानले अंगीकार गरेको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गर्दै राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र समृद्धिका लागि एकताको सूत्रमा आबद्ध हुन संविधान दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

संविधानको कार्यान्वयन र संरक्षणमा संघीय संसद्को भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले समयसापेक्ष कानुन निर्माण तथा परिमार्जन, जनसरोकारका विषय उठान र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि संघीय संसद् प्रतिबद्ध रहेको जनाएका छन्।

संविधानले परिकल्पना गरेको स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतान्त्रिक, समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

‘संविधानको मूल मर्म र भावनालाई अक्षरशः व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई यसको प्रभावकारिताका लागि हातेमालो गर्न’ उनले सबैमा आह्वान गरेका छन्।

यो पनि पढ्नुहोस्

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत प्रस्थान

२ दिन अगाडि
रास्वपा सांसदहरूसँग छलफल

रास्वपामा पार्टीकाे जिम्मेवारी बाँडफाँड

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संविधानको समीक्षा गर्दा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राख्नुपर्ने

आज संविधान दिवस मनाइँदै

सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण

जेनजी आन्दोलनलगत्तै हुनुपर्ने थियो कारबाही !

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक