शनि, अशोज ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

युवा कुलतबाट जोगिए मात्र देश जोगिन्छ

धारणा न्यूज by धारणा न्यूज
६० मिनेट अगाडि
0
चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सबि भट्टराई
काठमाडौं उपत्यकामा अवैध विद्युतीय चुरोट (भेप) को कारोबार बढ्दै गएको विषयले फेरि एकपटक युवा कुलतको गम्भीरता उजागर गरेको छ । प्रहरीले चाबहिल, सतुङ्गल, चुच्चेपाटीलगायतका क्षेत्रबाट चार जनालाई पक्राउ गर्दै २ हजार ७ सय ७० थान भेप बरामद गरेको छ । पक्राउ पर्नेमध्ये दुई जना १९ वर्षीय युवक छन् । यो घटना केवल एउटा प्रहरी कारबाही होइन, बरु युवापुस्तामा फैलिएको कुलतको प्रतिबिम्ब हो । भेप, चुरोट, मदिरा, गाँजा र अन्य लागुऔषधले युवाहरूलाई गाँज्दै गएको अवस्थामा यसले आगामी दिनमा झनै समस्या ल्याउन सक्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ग्लोबल युथ टोबाको सर्भे २०२५ अनुसार स्कूले किशोरकिशोरीमध्ये १८.७ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्छन् । तीमध्ये इ–सिगरेट वा भेप प्रयोग गर्ने ७.३ प्रतिशत र शीशा÷हुक्का प्रयोग गर्ने ७.१ प्रतिशत छन् । परम्परागत चुरोटको प्रयोग घट्दै गए पनि नयाँ रूपका उत्पादन बढेका छन् । १३ देखि १५ वर्ष उमेर समूहमा १७.५ प्रतिशतले यस्ता पदार्थ सेवन गर्छन् । झन्डै ४१.५ प्रतिशत विद्यार्थीले १० वर्ष नपुग्दै पहिलो सर्को तानेको बताएका छन् । यो तथ्यांकले किशोरकिशोरीमा कुलतको जरो गाडिसकेको देखाउँछ ।
भेप प्रयोगकर्ताको संख्या पनि बढ्दो छ । सन् २०१९ मा करिब ३ लाख १२ हजार रहेका भेप प्रयोगकर्ता २०२४ सम्ममा करिब ३ लाख ६० हजार पुगेका छन् । वार्षिक औसत १० हजार जना थपिने अनुमान छ । स्नातक तहका विद्यार्थीमा गरिएको एक अध्ययनमा २७ प्रतिशतले भेप प्रयोगको अनुभव बताएका थिए भने ६ प्रतिशत नियमित प्रयोगकर्ता थिए । धेरैले यसलाई कम हानिकारक ठान्छन्, जुन गलत धारणा हो । भेपमा पनि निकोटिन हुन्छ, जसले मस्तिष्क विकासमा असर पार्छ, श्वासप्रश्वाससम्बन्धी समस्या ल्याउँछ र दीर्घकालीन निर्भरता सिर्जना गर्छ ।
लागुऔषधको अवस्था अझ गम्भीर छ । गृह मन्त्रालयको सर्वेक्षणअनुसार नेपालमा करिब १ लाख ३० हजार ४ सय २४ जना कडा लागुऔषध प्रयोगकर्ता छन् । तीमध्ये ९३ प्रतिशत पुरुष छन् र अधिकांश १५ देखि २९ वर्ष उमेर समूहका छन् । पहिलो पटक लतमा फस्ने औसत उमेर १७ वर्ष हो । वार्षिक करिब ६ हजार ५ सय नयाँ प्रयोगकर्ता थपिने अनुमान छ, अर्थात् दैनिक १८–२० जना । गाँजा सबैभन्दा धेरै प्रयोग हुने पदार्थ हो । साथीभाइको दबाब, जिज्ञासा, मनोरञ्जन र बेरोजगारी मुख्य कारण बनेका छन् ।
सुर्ती सेवनका कारण हरेक वर्ष करिब ३९ हजार २ सय नेपालीको मृत्यु हुन्छ र आर्थिक भार ४५ अर्ब रुपैयाँ पुग्छ । युवा कुलतले व्यक्तिको स्वास्थ्य मात्र होइन, परिवार, समाज र राष्ट्रिय अर्थतन्त्रलाई समेत कमजोर बनाउँछ । उत्पादक उमेरका युवा कुलतमा फसे भने शिक्षा, सीप विकास, उद्यमशीलता र राष्ट्र निर्माणमा ठूलो क्षति हुन्छ । नेपालको जनसंख्याको ठूलो हिस्सा युवा छ । यिनै युवा देशको भविष्य हुन् । उनीहरू स्वस्थ, शिक्षित र सकारात्मक सोचका भए मात्र देशले समृद्धिको बाटो समात्न सक्छ । कुलतले यो सम्भावनालाई नष्ट गर्छ ।
युवालाअ कुलतबाट जोगाउन बहुआयामिक प्रयास आवश्यक छ । परिवारले पहिलो भूमिका निर्वाह गर्नुपर्छ । अभिभावकले छोराछोरीसँग खुला संवाद राख्नुपर्छ, उनीहरूको साथीभाइ र दैनिक गतिविधिमा ध्यान दिनुपर्छ । पैसाको दुरुपयोग रोक्न र सकारात्मक गतिविधिमा संलग्न गराउन प्रोत्साहन गर्नुपर्छ । विद्यालय र कलेजहरूले नियमित रूपमा कुलत विरुद्धको जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । पाठ्यक्रममा स्वास्थ्य शिक्षा र जीवन सीप समावेश गर्नु आवश्यक छ । शिक्षकले विद्यार्थीको व्यवहारमा परिवर्तन देख्ने बित्तिकै अभिभावकलाई जानकारी गराउनुपर्छ ।
सरकार र कानुन कार्यान्वयन गर्ने निकायको भूमिका महत्वपूर्ण छ । अवैध भेप, चुरोट र लागुऔषधको आपूर्ति शृंखला तोड्न कडा कारबाही हुनुपर्छ । भन्सार, प्रहरी र स्थानीय प्रशासनबीच समन्वय बढाउनुपर्छ । कारोबारीलाई कडा सजाय र जफत गरिएका सामानको सार्वजनिक विनाश गर्नुपर्छ । युवा लक्षित रोजगारी, सीप विकास र मनोरञ्जनका वैकल्पिक अवसर सिर्जना गर्नुपर्छ । खेलकुद, कला, संगीत, स्वयंसेवा र उद्यमशीलताका कार्यक्रम विस्तार गर्नुपर्छ । बेरोजगारी र निराशा कुलतको मुख्य कारक भएकाले आर्थिक अवसरहरू बढाउनु अपरिहार्य छ ।
मिडिया, सामाजिक सञ्जाल र नागरिक समाजले पनि जिम्मेवारी लिनुपर्छ । गलत जानकारी र आकर्षक विज्ञापनबाट युवाहरूलाई जोगाउन सकारात्मक अभियान चलाउनुपर्छ । कुलतबाट मुक्त भएका व्यक्तिहरूको सफलताका कथा प्रसारण गर्नु प्रभावकारी हुन्छ । स्वास्थ्य संस्थाहरूले निःशुल्क परामर्श र उपचार सेवा विस्तार गर्नुपर्छ । निकोटिन र लागुऔषध छुटाउन चाहने युवालाई सहज पहुँच हुनुपर्छ ।
युवाहरू आफैं पनि सचेत हुनुपर्छ । साथीभाइको दबाबमा नलाग्ने, आफ्नो स्वास्थ्य र भविष्यप्रति जिम्मेवार हुने बानी बसाल्नुपर्छ । सानो चाखबाट सुरु भएको कुलतले जीवन नै बर्बाद गर्न सक्छ भन्ने बुझ्नुपर्छ । स्वस्थ जीवनशैली, नियमित व्यायाम, राम्रो संगत र लक्ष्य निर्धारणले कुलतबाट जोगाउँछ । देशको भविष्य युवाको हातमा छ । कुलतमुक्त युवापुस्ताले मात्र शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन र उद्योग क्षेत्रमा योगदान दिन सक्छ । उनीहरूले लोकतन्त्रलाई सुदृढ बनाउन, जलवायु परिवर्तनजस्ता चुनौती सामना गर्न र समृद्ध नेपाल निर्माण गर्न सक्छन् । तर कुलतले गाँजेका युवाहरूले न त आफू जोगिन्छन्, न त देश । त्यसैले परिवार, विद्यालय, समाज, सरकार र युवा आफैंले मिलेर यो समस्या समाधान गर्नुपर्छ । युवाको सुरक्षा राष्ट्रको सुरक्षा हो । यसलाई प्राथमिकता दिएर मात्र हामी बलियो नेपाल निर्माण गर्न सक्छौं । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?

सबै क्षेत्रमा पश्चिमा एकाधिकारबाट मुक्त हुनेतर्फ १८औं ब्रिक्स

५७ मिनेट अगाडि
संविधानको भावना व्यवहारमा रूपान्तरण गर्न आह्वान

संविधानको भावना व्यवहारमा रूपान्तरण गर्न आह्वान

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संविधानको समीक्षा गर्दा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राख्नुपर्ने

आज संविधान दिवस मनाइँदै

सबै क्षेत्रमा पश्चिमा एकाधिकारबाट मुक्त हुनेतर्फ १८औं ब्रिक्स

युवा कुलतबाट जोगिए मात्र देश जोगिन्छ

सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक