बुध, भदौ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्याङ्जालगायतका ठाउँमा ठूलो वर्षा

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
0
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पछिल्लो २४ घण्टामा संखुवासभा, तनहुँ, स्याङ्जालगायतका ठाउँमा ठूलो वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनससार यी क्षेत्रमा अति भारी वर्षासम्म भएको छ । मौसमविद् डेभिड ढकालका अनुसार सबैभन्दा धेरै वर्षा संखुवासभामा मापन भएको छ ।

‘टाँसी गाउँ स्नो’ केन्द्रमा मंगलबार राति ८ बजेदेखि बुधबार बिहान साढे ७ बजेसम्मको अवधिमा २८० मिलिमिटर वर्षा मापन भएको वरिष्ठ मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।

उनका अनुसार वर्षा कम हुँदै गएकोले यो तथ्यांक पनि घट्दै गएको हो । यो २४ घण्टाभन्दा अगाडि अझै धेरै वर्षा मापन भएको थियो । ‘यो हिमाली स्टेशन हो । त्यहाँ धेरै वर्षा भएको छ । पछिल्लो २४ घण्टामा २८० मिलिमिटर वर्षा मापन भएको छ’, उनले भने, ‘वर्षा कम हुँदै गएकोले अब केही घट्दै जान्छ ।’

मौसम विज्ञानका अनुसार २०० मिलिमिटरभन्दा धेरै वर्षा मापन हुनु नै अति भारी वर्षा हुनु हो । जबकि संखुवासभामा बुधबार बिहानसम्म ३०० मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको थियो । अहिले घटिरहेको छ ।

केही दिनदेखि टाँसी गाउँमा ठूलो वर्षा भइरहेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। तर, त्यस क्षेत्रमा हालसम्म बाढीपहिरोको घटना नभएको प्रहरीको भनाइ छ ।

यस्तै, २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ भने ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी र १० देखि ५० मिलिमिटर वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ ।

समाचार तयार पार्दासम्म तनहुँको थाप्रेक केद्रमा १६३.२, स्याङ्जामा १२७.६, गोरखामा ९३, तनहुँकै श्याम्घामा ८६.६ मिलिमिटर वर्षा भएको छ । तनहुँ र स्याङजामा मापन भएको वर्षा धेरै भारी वर्षा हो भने गोरखामा भारी वर्षा मापन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

यो पनि पढ्नुहोस्

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

आज भारी वर्षाको सम्भावना

१ दिन अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

न्याय सेवा आयाेगमा दुई जना सचिवकाे बढुवा

चिलिमेमा पानीकाे सतह घटाउने तयारी

याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

तामाङ चलचित्र ‘ङाला सेम्जो’ को विशेष प्रदर्शन सम्पन्न

जेन्जीका वास्तविक माग सम्बोधन भएकै छैन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक