बिहि, अशोज १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पुल पुनःनिर्माण कार्य जारी

धारणा न्यूज by धारणा न्यूज
२ दिन अगाडि
0
पुल पुनःनिर्माण कार्य जारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नुवाकोट/धादिङ – भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदी आसपासका क्षेत्रमा रहेका झोलुङ्गे पुलमा ठूलो क्षति पुगेपछि टुटेको स्थानीयवासीको वारिपारिको सम्बन्ध जोड्न सरकारले पुल मर्मत तथा पुनःनिर्माणको काम अघि बढाएको छ।

बाढीले नुवाकोट र धादिङका विभिन्न स्थानमा त्रिशूली नदीमाथि रहेका झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि स्थानीयको दैनिक आवतजावत प्रभावित भएको छ। पुलमा क्षति पुगेसँगै नदीको एक किनारबाट अर्को किनारमा जान स्थानीयलाई समस्या भएको छ भने बजार, विद्यालय, स्वास्थ्य संस्था तथा अन्य अत्यावश्यक सेवाका लागि वारिपारि गर्ने अवस्था समेत प्रभावित बनेको छ।

विशेषगरी नुवाकोटको केउरेनी बजार, तारुकाघाट लगायतका क्षेत्रमा पुल मर्मतको काम सुरु भइसकेको छ। पुल सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा लामो दूरीको वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन्। दैनिक उपभोग्य सामग्री खरिद गर्न बजार जानेदेखि कृषि उत्पादन ओसारपसार गर्नेसम्मका काम प्रभावित भएका छन्।

सरकारले बाढीबाट क्षति पुगेका झोलुङ्गे पुलको मर्मत तथा पुनःनिर्माणलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटा पुलमा बाढीबाट क्षति पुगेको प्रारम्भिक मूल्याङ्कनबाट देखिएको थियो।

सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर गरेको स्थलगत मूल्याङ्कनका क्रममा क्षति पुगेका ५३ पुलमध्ये २० वटा मर्मत गर्नुपर्ने र बाँकी ३३ वटा पुनःनिर्माण गर्नुपर्ने निष्कर्ष निकालेका थिए। क्षतिग्रस्त पुल मर्मतका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको जनाएको छ।

मर्मत सुरु भएका पुलमध्ये महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको काममा प्रगति भइरहेको सरकारले जनाएको छ। यी पाँचवटै पुलको मर्मत कार्य एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

त्यस्तै, पुनःनिर्माण गर्नुपर्ने ३३ वटा झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको जनाएको छ। पुल पुनःनिर्माण भएपछि बाढीबाट विच्छेद भएको ग्रामीण बस्ती र बजार क्षेत्रबीचको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले सडक, पुल, जलविद्युत् आयोजना तथा नदी आसपासका बस्तीमा समेत ठूलो क्षति पुर्‍याएको थियो। बाढीपछि कतिपय स्थानमा सडकसमेत कटान तथा भासिएपछि यातायात सेवा प्रभावित भएको छ।

स्थानीयवासीका लागि झोलुङ्गे पुल केवल आवतजावतको माध्यम मात्र नभई बजार, विद्यालय, स्वास्थ्य चौकी तथा रोजगारीसँग जोडिने प्रमुख पूर्वाधार भएकाले क्षतिग्रस्त पुल छिटो सञ्चालनमा ल्याउनुपर्ने माग छ। सरकारले मर्मत सुरु गरेका पुललाई तोकिएको समयमै सम्पन्न गर्न सकेमा बाढीका कारण लामो समयदेखि प्रभावित हुँदै आएको स्थानीय जनजीवन क्रमशः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस्

कृष्णभीरकाे नयाँ ट्रयाक निर्माण अन्तिम चरणमा

कृष्णभीरकाे नयाँ ट्रयाक निर्माण अन्तिम चरणमा

२ दिन अगाडि
भेडेटारमा ‘स्काइवाक’ नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित

भेडेटारमा ‘स्काइवाक’ नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा.डा. प्रेम शर्माको आत्मपरक वृत्तचित्र “एक जीवन तीन मिसन” सार्वजनिक

भोटेकोशी विनाशकारी बाढीबाट १९१ सवारीसाधनमा क्षति

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत प्रस्थान

विपद् प्रभावितका लागि आर्थिक सहयोग

राष्ट्रसंघको महासभामा जान लागेका प्रधानमन्त्री बालेनलाई सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक