शुक्र, अशोज ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

हिमाली विपद्लाई अब राष्ट्रिय सुरक्षाकाे आँखाले हेराैं

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रसुवामा भदौ १० गते आएको विनाशकारी बाढी केवल एउटा प्राकृतिक विपद् थिएन, यो नेपालको बदलिँदो सुरक्षा चुनौतीको गम्भीर संकेत हो। लाबटाब लिरुब क्षेत्रबाट खसेको विशाल हिमपहिरोले ल्हेन्दे खोलामा अस्थायी बाँध बनाएर त्यसलाई फुटाउँदा उत्पन्न भएको बाढीले केही मिनेटमै मानव जीवन, पूर्वाधार, ऊर्जा र अन्तर्राष्ट्रिय व्यापारको महत्वपूर्ण संरचनामा अकल्पनीय क्षति पु¥यायो। स्याटेलाइट अध्ययनले देखाएको यो घटनाले परम्परागत बाढीपहिरोभन्दा फरक र अत्यन्त शक्तिशाली हिमाली विपद्को जोखिम नेपालसामु रहेको स्पष्ट पारेको छ ।

रसुवागढी भन्सार, सुख्खा बन्दरगाह, जलविद्युत् आयोजना र अन्य रणनीतिक पूर्वाधारमा परेको क्षतिले एउटा असहज प्रश्न उठाएको छ— राष्ट्रिय सुरक्षा भनेको आखिर के हो ? लामो समयदेखि नेपालको सुरक्षा बहस सीमा सुरक्षा, बाह्य सैन्य खतरा, हतियार र कूटनीतिक चुनौती वरिपरि केन्द्रित रहँदै आएको छ । तर आज हाम्रो आर्थिक जीवनरेखा नै प्रकृतिको एउटा अप्रत्याशित घटनाले केही मिनेटमा अवरुद्ध पार्न सक्छ भने सुरक्षा अवधारणालाई त्यही पुरानो घेराभित्र राखिरहनु गम्भीर भूल हुनेछ ।

नेपालको भूगोल आफैंमा जोखिमपूर्ण छ । हिमालय भौगर्भिक रूपमा सक्रिय र कमजोर पर्वतीय प्रणाली हो। त्यसमा जलवायु परिवर्तनले हिमनदी, हिमताल र पर्माफ्रोस्टमा थप अस्थिरता ल्याइरहेको छ । भूकम्पले कमजोर बनाएको पहाडी भूभाग, बढ्दो तापक्रम, तीव्र सडक निर्माण र अव्यवस्थित पूर्वाधार विकासले जोखिमलाई अझ जटिल बनाएका छन्। उच्च हिमाली क्षेत्रमा रहेका हिमताल तथा हिमनदीसँग जोडिएका सम्भावित जोखिमलाई केवल वातावरणीय समस्या भनेर हेर्नु अब पर्याप्त छैन । यसको प्रत्यक्ष असर आर्थिक सुरक्षामा पर्छ । नेपालका जलविद्युत् आयोजना, सडक, पुल, व्यापारिक नाका र ऊर्जा पूर्वाधारमध्ये धेरै संवेदनशील नदीखोँच र पहाडी क्षेत्रमा छन्। ती संरचनामा एउटा ठूलो हिमपहिरो वा हिमताल विस्फोटले क्षति पु¥याउँदा त्यसको प्रभाव स्थानीय बस्तीमा मात्र सीमित रहँदैन; राष्ट्रिय अर्थतन्त्र, ऊर्जा आपूर्ति, सीमा व्यापार र राज्यको वित्तीय क्षमतासम्म फैलिन सक्छ । त्यसैले हिमाली जोखिमलाई आर्थिक सुरक्षाको विषयका रूपमा पनि स्वीकार गर्नुपर्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा, विपद् आएपछि उद्धार गर्ने क्षमतामात्र पर्याप्त छैन । राष्ट्रिय सुरक्षा परिषद्को तहमा हिमनदी, हिमताल, पर्माफ्रोस्ट र बहुप्रकोपीय जोखिम हेर्ने स्थायी वैज्ञानिक संयन्त्र निर्माण गर्नुपर्छ । भूगर्भविद्, हिमनदी वैज्ञानिक, जलवायुविद्, मौसमविद्, जियोस्पेसियल विज्ञ र सुरक्षा निकायबीच नियमित समन्वय आवश्यक छ । स्याटेलाइट राडार, लिडार, इनसार तथा हाइड्रो–मेट डाटाको प्रयोगबाट जोखिमयुक्त भूभागको निरन्तर निगरानी गर्न सकिन्छ । यस्तो सूचना सुरक्षा निकाय र स्थानीय प्रशासनसम्म तत्काल पुग्ने पूर्वसूचना प्रणाली विकास गरिनुपर्छ ।

त्यसैगरी, रणनीतिक पूर्वाधार निर्माण गर्दा केवल सडक, पुल वा जलविद्युत् आयोजनाको तत्कालीन प्राविधिक सम्भाव्यता हेरेर पुग्दैन । त्यस क्षेत्रको हिमनदी, पर्माफ्रोस्ट, भूकम्पीय जोखिम र सम्पूर्ण जलाधारको दीर्घकालीन स्थायित्वसमेत मूल्यांकन गरिनुपर्छ । नेपाल–चीन सीमाक्षेत्रमा रियल टाइम मौसम तथा हिमाली जोखिमसम्बन्धी तथ्यांक आदानप्रदानलाई पनि संस्थागत गर्न आवश्यक छ । हिमनदी विज्ञानलाई प्रयोगशाला र विश्वविद्यालयको अध्ययनबाट निकालेर राष्ट्रिय सुरक्षा नीतिको केन्द्रमा राख्न सकियो भने मात्र हामीले ।।।हिमाली सुनामी’बाट वास्तविक पाठ सिकेको ठहरिनेछ ।

यो पनि पढ्नुहोस्

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति बसन्तपुरमा

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति बसन्तपुरमा

५ घण्टा अगाडि
बाढीले ठूलो क्षति पुर्‍याएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुग्याे

रसुवाका निजी विद्यालयमा ठूलो मानवीय

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रसुवाका निजी विद्यालयमा ठूलो मानवीय

प्रमद्वारा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव

बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा

काठमाडौंबाट बाहिरिने सवारी कलंकीबाटै प्रवेशमा रोक

पश्चिमी वायुको आंशिक प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक