मङ्ल, अशोज ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ।

नेपाल प्रहरीले सम्भावित बाढी तथा सडकको अवस्थालाई मध्यनजर गर्दै केही सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाएको तथा केही स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्न व्यवस्था मिलाएको जनाएको छ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डअन्तर्गत बीपी राजमार्गमा रातिको समयमा सम्पूर्ण सवारी साधनको आवागमन रोकिएको छ। सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म अर्को सूचना नभएसम्म सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था गरिएको छ।

मकवानपुरमा विभिन्न राजमार्गमा सवारी साधन सञ्चालनका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ। १० चक्कासम्मका सम्पूर्ण मालबाहक तथा ठूला यात्रुबाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्ने व्यवस्था गरिएको छ। कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने यात्रुबाहक सवारी साधनले साँझ ६ बजेभित्र मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने प्रहरीले जनाएको छ।

१४ सिटभन्दा कम क्षमताका साना यात्रुबाहक सवारी साधनलाई हेटौंडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदी र काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक प्रयोग गर्ने व्यवस्था गरिएको छ।

मकवानपुरको त्रिखण्डी नजिकै रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेको भन्दै इन्धन तथा भारी मालबाहक सवारी साधनलाई उक्त पुल प्रयोग नगरी छेउमा रहेको डाइभर्सनबाट जान प्रहरीले आग्रह गरेको छ। विपद्जन्य अवस्था भएकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, राजमार्गमा पालोअनुसार सवारी चलाउन, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न पनि आग्रह गरिएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि वर्षाका कारण अत्यावश्यक सेवाबाहेक अन्य सवारी साधनको रातिको आवागमन बन्द गरिएको छ। भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

इलामको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९, राजदुवालीमा वर्षाका कारण सडक हिलो भएपछि सवारी आवागमन प्रभावित भएको थियो। प्रहरीका अनुसार उक्त सडकखण्ड साना सवारी साधनका लागि पूर्ण रूपमा सुचारु भइसकेको छ।

रसुवामा त्रिशूली नदीको कटान तथा बाढीका कारण सडक संरचनामा ठूलो क्षति पुगेको छ। उत्तरगया गाउँपालिका–५, खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी जाने कच्ची सडकखण्ड त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि अवरुद्ध भएको थियो। त्यसपछि आएको बाढीका कारण सडकको अधिकांश भाग नष्ट भएको प्रहरीले जनाएको छ।

त्रिशूली बजार, बेत्रावती हुँदै रसुवागढी नाकासम्म जाने मुख्य पासाङ ल्हामु राजमार्ग पनि त्रिशूली नदी किनारको अधिकांश भाग कटान भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। स्याफ्रुबेंसीसम्म पुग्न काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पार्च्याङ–भोर्ले–० किमि–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे–स्याफ्रुबेंसी हुँदै जाने सिंगल लेनको कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

धादिङमा पृथ्वी लोकमार्गका दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बेनिघाट रोराङ गाउँपालिका–७, कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गर्दा सडक भासिएर मानिससमेत आवतजावत गर्न नसक्ने अवस्था बनेको छ। त्यस्तै, गजुरी गाउँपालिका–२, परेवाभीरमा बाढीका कारण सडकको तल्लो भाग भासिएपछि सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ।

ललितपुरको कान्ति लोकपथ पनि अवरुद्ध भएको छ। बागमती गाउँपालिका–३, भट्टेडाँडास्थित पाङदुरमा वर्षाका कारण माथिबाट पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

देशका यी स्थानमा भारी बर्षा हुने

६ दिन अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

आज भारी वर्षाको सम्भावना

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली महिला भलिबल टिम हङकङसँग पराजित

एमालेको बैठक सुरु

चलचित्र विकास बोर्डको अध्यक्ष छनोटमा तीन सदस्यीय समिति गठन

प्रधानमन्त्रीले अमेरिका भ्रमणमा जानेक्रममा विदाईको परम्परा तोड्ने

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक