मङ्ल, भदौ १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

साइप्रसका नेपाली श्रमिकको हकहितमा तत्काल ध्यान दिनुपर्ने जोड

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली श्रमिकको हक–हित, सुरक्षा र कन्सुलर सेवाको सहज पहुँचका लागि राज्यले तत्काल ध्यान दिनुपर्ने जोड दिएकी छिन् ।
आइतबार नेपाली कांग्रेस निकट प्रवासमा रहेको संगठन नेपाली जनसम्पर्क समिति साइप्रसको तेस्रो अधिवेशनको भर्चुअल उद्घाटन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै संग्रौलाले साइप्रसमा रहेका घरेलु कामदार, विशेषगरी महिलाहरूमाथि हुने श्रम शोषण, अत्यधिक कार्यबोझ र घरेलु हिंसाजस्ता गम्भीर समस्या समाधानका लागि सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी हुन् ।
साइप्रसमा नेपालको स्थायी दूतावास नहुँदा इजरायलस्थित दूतावासबाट प्रदान गरिने सीमित घुम्ती सेवाले दैनिक समस्या हल गर्न नसकेको उल्लेख गर्दै उनले नियमित र प्रभावकारी कन्सुलर सेवाको व्यवस्था मिलाउन सरकारसँग माग गरिन् ।
साथै, वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र अत्यधिक शुल्क असुली नियन्त्रण गर्दै श्रमिकलाई सुरक्षित र सूचित रूपमा मात्र पठाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिइन् ।
यसैगरी सहमहामन्त्री संग्रौलाले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको प्रति गहिरो दुःख व्यक्त गर्दै प्रवासमा रहेका नेपालीहरूलाई राहत र पुनःस्थापनाका लागि ऐक्यबद्धता जनाउन आग्रह गरिन् । राजनीति र वैचारिक सीमाभन्दा माथि उठेर बाढीपीडितका लागि पारदर्शी रूपमा सहयोग जुटाउन जनसम्पर्क समितिलाई आह्वान गर्दै उनले संकलित रकमको शतप्रतिशत उपयोग र पारदर्शिता सुनिश्चित हुनुपर्ने बताइन् ।
डा. संग्रौलाले गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस नयाँ चरणमा प्रवेश गरिसकेकाले अब नयाँ कार्यशैलीका साथ अघि बढ्नुपर्ने औंल्याइन् ।
कांग्रेसले इतिहासको गौरवमा मात्र सीमित नरहेर नयाँ पुस्ता, युवा, महिला र श्रमिकका बदलिँदा अपेक्षालाई समेट्नुपर्ने उनको भनाइ थियो । अधिवेशन केवल नेतृत्व चयन गर्ने माध्यम मात्र नभई विगतको आत्मसमीक्षा र आगामी स्पष्ट मार्ग तय गर्ने अवसर भएको उल्लेख गर्दै उनले अबको नेतृत्वलाई समस्यामा निरन्तर आवाज उठाउन र मातृभूमिमा पर्ने हरेक विपत्तिमा दायित्व निर्वाह गर्न सुझाव दिइन् । नेपाली जनसम्पर्क समिति साइप्रसमा ५०१ क्रियाशील सदस्य छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

यो पनि पढ्नुहोस्

नेवाः देय् दबूले देशभरी श्रद्धाञ्जली गर्ने

नेवाः देय् दबूले देशभरी श्रद्धाञ्जली गर्ने

१२ मिनेट अगाडि
रास्वपा सभापति र राष्ट्रपतिबीच भेटवार्ता

रास्वपा सभापति र राष्ट्रपतिबीच भेटवार्ता

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपा संसदीय दलको बैठक बस्दै

नारायणी नदीमा शव भेटिने क्रम जारी

विदेशी मुद्राको विनिमयदर निर्धारण

सहजै उत्तर दिन सकिन्छ, बढीमा दुई वा तीन वर्ष

नेवाः देय् दबूले देशभरी श्रद्धाञ्जली गर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक