सोम, भदौ १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाढी प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने निर्णय

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
बाढी प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने निर्णय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमाले मधेस प्रदेश कमिटी सचिवालयको बैठकले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ।

प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा तथा प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठको प्रमुख आतिथ्यतामा बर्दिबासमा आइतबार बसेको बैठकले मधेस प्रदेशका आठवटै जिल्लाबाट २५ जनाका दरले २०० जना स्वयंसेवक बाढी प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको हो।

बैठकले मधेस प्रदेशमा पार्टीका पछिल्ला गतिविधिको समीक्षा गर्दै पार्टीले आह्वान गरेको ‘मिसन पार्टी जागरण अभियान’ लाई प्रभावकारी बनाउने निर्णय गरेको छ। आगामी भदौ २१ गते बर्दिबासमा मिसन जागरण अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने बैठकले निर्णय गरेको छ।

समसामयिक विषयमा विभिन्न आठबुँदे विशेष प्रस्तावसमेत पारित गर्दै बैठकले भदौ १० गते तिब्बतमा हिमताल फुटेर आएको भोटेकोसीको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा र चितवनलगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। घाइतेको उपचार तथा प्रभावितलाई राहत र पुनस्र्थापनाको उचित व्यवस्था गर्न सरकारसँग माग गर्दै प्रदेश कमिटीको तर्फबाट पार्टी केन्द्रमार्फत केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

त्यस्तै, किसानले मल, बीउ तथा कीटनाशक औषधिको अभाव झेलिरहेको भन्दै तत्काल आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ। सर्वसाधारणका लागि एलपीजी ग्यास, इन्धन तथा अत्यावश्यक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न र बढ्दो महँगी नियन्त्रण गर्न पनि बैठकले सरकारसँग माग गरेको छ।

बैठकले स्वास्थ्य बीमा सुविधामा संघीय सरकारले अनुदान कटौती गरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ। बजेटमा आवश्यक थप व्यवस्था गरी स्वास्थ्य बीमा सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारसँग माग गरिएको छ।

यो पनि पढ्नुहोस्

कैलाश मानसरोवर यात्रामा रहेकी भारतीय महिला सम्पर्कविहीन

कैलाश मानसरोवर यात्रामा रहेकी भारतीय महिला सम्पर्कविहीन

४ मिनेट अगाडि

साइप्रसका नेपाली श्रमिकको हकहितमा तत्काल ध्यान दिनुपर्ने जोड

१२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

फिफा निलम्बनको असर नेपाली फुटबलमा

बाढी पिडितहरुलाई सक्दो सहयोग गर्न अनुराेध

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रभावकारी ढङ्गले काम गर्न निर्देशन

भोटेकोशी विपद् बारे छलफल बैठक सुरु

बांगलादेशद्वारा नेपालमा भएकाे मानवीय क्षतिप्रति गहिरो दु:ख

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक