आइत, भदौ १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विदेशी सहयोग लिन सरकार हिचकिचाउनु नहुने

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
विदेशी सहयोग लिन सरकार हिचकिचाउनु नहुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङ मार्गमा भइरहेको उद्धार कार्यमा स्वदेशी विज्ञताले मात्र नभ्याउने देखिएकोले विदेशी सहयोग लिन सरकार हिचकिचाउनु नहुने जनाएका छन् ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित पदाधिकारी, केन्द्रीय सदस्य तथा सरोकारवाला पक्षबीचको छलफलमा सभापति थापाले यस्तो बताएका हुन् ।

सभापति थापाले भने, ‘हामीसँग भएको विज्ञताले मात्र सुरुङमा उद्धार गर्न सम्भव छैन भन्ने जानकारी आएपछि मैले परराष्ट्रमन्त्रीलाई सम्पर्क गरी वाह्य मुलुकबाट मद्दत लिन आग्रह गरेको छु ।’

उनले विपद्का बेला छिमेकी वा अन्य मुलुकको सहयोग लिनु स्वभाविक भएको जनाए ।

मुलुकमा निम्तिएको बाढीपहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्दै उद्धार तथा राहत कार्यमा देखिएका कमजोरीबारे ध्यानाकर्षण गराउने निर्णय कांग्रेसले गरेको छ ।

विपद्को समयमा सरकारलाई सहयोग गर्नु प्रतिपक्षी दलको कर्तव्य भएको भन्दै उनले सरकारका काममा रहेका ‘ग्याप’ र कमजोरी औंल्याउनु आलोचना नभई सहयोग नै भएको स्पष्ट पारे ।

विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै थापाले संघीय सरकारलाई स्थानीय तहसँग समन्वय गर्न सुझाव दिए ।

स्थानीय सरकारलाई बाइपास गरेर विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने उनको तर्क छ ।

मुलुक शोकमा रहेको र हजारौँ नागरिक प्रभावित भएको अवस्थामा पार्टीका कुनै पनि तहले सार्वजनिक उत्सव र कार्यक्रम नगर्न थापाले निर्देशन दिए ।

अबको सम्पूर्ण ध्यान उद्धार, राहत संकलन र वितरणमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘हरितालिका तीज लगायतका पर्वहरूलाई सामान्य रूपमा मनाउन सकिन्छ तर सार्वजनिक उत्सव र भड्किलो कार्यक्रम नगर्न म आग्रह गर्दछु ।’

सोमबारदेखि सभापति थापा नेतृत्वको विपद् व्यवस्थापन टोली प्रत्यक्ष प्रभावित क्षेत्रको अवलोकन र राहत समन्वयका लागि प्रस्थान गर्ने भएको छ ।

फिल्डमा पुगेर प्राप्त हुने वास्तविक जानकारीका आधारमा सरकारलाई थप सुझाव र दबाब दिइने उनले जनाए ।

यो पनि पढ्नुहोस्

जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६ सम्पन्न

जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६ सम्पन्न

२ घण्टा अगाडि
नेपाललाई सहयोग गर्न अपिल

नेपाललाई सहयोग गर्न अपिल

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने

सुरुङमा फसेकाहरुको रातभर उद्धार प्रयास

चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग गर्ने

‘केसामी नाम्सामी’ अब दुई दिन मात्रै हेर्न पाउने, नाटक हरेपछि प्रतिकृया (भिडियाे सहित)

जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६ सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक