आइत, भदौ १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६ सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६ सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सामरी इन्टरनेशनलद्वारा आयोजित जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६ को भव्य ग्रान्ड फिनाले काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न भएको छ।

प्रतियोगितामा सहभागी २३ जना प्रतिभाशाली बालबालिकाले आफ्नो आत्मविश्वास, प्रतिभा, सिर्जनशीलता तथा आकर्षक स्टेज प्रस्तुतिमार्फत दर्शक र निर्णायकहरूको मन जितेका थिए। प्रतियोगिताको मुख्य उपाधि आयना राईले जितिन्। एन्जेलिना राई प्रथम रनरअप, अनन्या पुरी द्वितीय रनरअप, अनमोल परियार तृतीय रनरअप, युबिया महर्जन चौथो रनरअप तथा बिद्या खत्री पाँचौँ रनरअप घोषित भए। विशेष उपाधितर्फ एन्जेलिना राईले पब्लिक च्वाइस विनर, अंशु भण्डारीले भ्यूअर्स च्वाइस विनर तथा जिनियस प्रसाईंले म्यानेजमेन्ट च्वाइस विनरको उपाधि जितेका छन्। श्रदेय गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता सामरी इन्टरनेशनल इभेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत भरत सामरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालको पहिलो सेफ गोविन्द नरसिंह के सि, विशिष्ट गायक तथा रेडियो नेपालका पुर्व निर्देशक सिताराम पोखरेलको विशेष आतिथ्य रहेको थियो भने विभिन्न क्षेत्रका व्यक्तित्वहरु तथा मिडियाको बाक्लो उपस्थिति रहेको थियो ।

जुनियर सुपर मोडेलको निर्णायक मण्डलमा रोजी श्रेष्ठ (सुमित्रा), बिपिशा भट्टराई, नीलम पौडेल र विजय शाहीको उपस्थिति रहेको थियो। प्रतियोगितामा सहभागी २३ जना प्रतियोगीलाई उनीहरूको व्यक्तित्व, प्रतिभा र प्रस्तुतिका आधारमा विभिन्न विशेष उपाधि पनि प्रदान गरिएको थियो। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, परिचय राउन्ड, डिजाइनर वेयर, प्रश्नोत्तर, प्रतिभा प्रदर्शन तथा विजेता घोषणा मुख्य आकर्षणका रूपमा रहेका थिए। यसै अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व तथा संस्थालाई नेपाल एक्सेलेन्सी अवार्डबाट सम्मान गरिएको थियो।

नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकी विशिष्ठ तथा चर्चित गायिका ज्ञानु राणालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो। त्यस्तै कृष्णप्रसाद पाण्डे, रीना श्रेष्ठ, नीलम पौडेल, विजय शाही, अर्जुन कार्की, अनमोल भगत, अर्शु महर्जन, रोजिन शाक्य, राज कार्की, शेखर वाग्ले, आगन पार्टी भेन्यु एण्ड रेस्टुरेन्ट तथा फेसन डिजाइनर दिलमाया मगरलाई नेपाल एक्सेलेन्सी अवार्डबाट सम्मान गरिएको थियो। कार्यक्रमले बालबालिका तथा युवा प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा भविष्यका लागि नयाँ अवसर सिर्जना गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको आयोजक समारी इभेन्टसका प्रमुख भरत सामरीले जानकारी गराउनुभयो ।

“जहाँ आत्मविश्वासले प्रतिभालाई भेट्छ, र सपनाले मञ्च पाउँछ” भन्ने मूल भावनासहित सम्पन्न प्रतियोगिताले प्रतिभा, फेसन, सिर्जनशीलता र आत्मविश्वासको सुन्दर उत्सव प्रस्तुत गरेको थियो। सम्पूर्ण विजेता, उपाधि विजेता, प्रतियोगी, सम्मानित व्यक्तित्व, निर्णायक मण्डल, अभिभावक, सञ्चारकर्मी, सहयोगी तथा शुभेच्छुकहरूलाई आयोजकले हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेको छ।

यो पनि पढ्नुहोस्

विदेशी सहयोग लिन सरकार हिचकिचाउनु नहुने

विदेशी सहयोग लिन सरकार हिचकिचाउनु नहुने

७ मिनेट अगाडि
नेपाललाई सहयोग गर्न अपिल

नेपाललाई सहयोग गर्न अपिल

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने

सुरुङमा फसेकाहरुको रातभर उद्धार प्रयास

चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग गर्ने

‘केसामी नाम्सामी’ अब दुई दिन मात्रै हेर्न पाउने, नाटक हरेपछि प्रतिकृया (भिडियाे सहित)

जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६ सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक