सोम, भदौ ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

बालेनमाथि प्रहार : आफ्नै असफलता लुकाउने पुरानो अस्त्र

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

महेश्वर दाहाल

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को विरोध हुनु अस्वाभाविक होइन । सरकारको कामको आलोचना हुनुपर्छ । प्रधानमन्त्रीले गरेका निर्णयमाथि प्रश्न उठाउनुपर्छ । गलत काम भएको छ भने विरोध गर्नुपर्छ ।

तर, अहिले जुन स्तरमा बालेनमाथि आरोपहरू लगाइएका छन्, त्यसले अर्को प्रश्न जन्माएको छ, आखिर बालेनसँग यति धेरै रिस किन ? उनीमाथि कसैले साम्राज्यवादी दलाल भनेका छन् । कसैले राष्ट्रविरोधी भनेका छन् । कसैले देशविरोधी गतिविधि गरेको आरोप लगाएका छन् । अब एकछिन भावनालाई छाडेर तथ्य हेरौँ ।

बालेनले एमसीसी सम्झौता गरेका हुन् ? होइन । एसपीपीका लागि पत्र लेखेका हुन् ? होइन । महाकाली, कर्णाली वा गण्डकीजस्ता ठूला र देशलाई घाटा हुने सम्झौता गरेका हुन् ? होइन । सरकारी कलकारखाना बेचेर निजीकरण गरेका हुन् ? होइन । ओम्नी, वाइडबडी, गिरीबन्धु वा एनसेलजस्ता चर्चित प्रकरणमा राज्यसत्ता प्रयोग गरेर भ्रष्टाचार गरेको प्रमाण उनीमाथि स्थापित भएको छ । त्यो पनि होइन । सहकारीको रकम अपचलन गरेका छन् ? त्यो छैन । त्यसो भए प्रश्न उठ्छ, विरोधको वास्तविक कारण के हो ? यो प्रश्नको उत्तर खोज्न हामीले बालेनबाट होइन, पुरानो राजनीतिको इतिहासबाट सुरु गर्नुपर्छ ।

२०७४ सालमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र चुनावी मोर्चा बनाएर निर्वाचनमा गए । एमालेले एक सय २१ सिट जित्यो । माओवादी केन्द्रले ५३ सिट जित्यो । दुई दलको संख्या जोड्दा १७४ सिट पुग्यो । नेपाली कांग्रेस ६३ सिटमा सीमित भयो ।

त्यसपछि २०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकता भयो । नेपाल कम्युनिस्ट पार्टी बन्यो । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ एउटै पार्टीका दुई अध्यक्ष बने । त्यतिबेला भनियो, अब देशमा स्थिरता आउँछ । राजनीतिक अस्थिरता अन्त्य हुन्छ । विकास र समृद्धिको नयाँ युग सुरु हुन्छ । तर, केही वर्षमै त्यो एकता शक्ति संघर्षमा बदलियो ।

२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे । त्यसपछि प्रचण्डसहितको समूह सडकमा गयो । नेपाली कांग्रेसलगायत दल पनि आन्दोलनमा उत्रिए । ओलीको कदमलाई ‘प्रतिगमन’ भनियो । संविधानमाथि प्रहार भएको भनियो । लोकतन्त्र खतरामा परेको भनियो । अन्ततः सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्यो । त्यो वास्तवमै सिद्धान्तको लडाइँ थियो भने त्यसपछि नेपाली राजनीतिक घटनाक्रम र तथ्यले के भन्यो ?

२०७९ सालको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी सहकार्य भयो । कांग्रेसले ८९ सिट जित्यो । एमालेले ७८ र माओवादी केन्द्रले ३२ सिट जित्यो । संख्याका हिसाबले अघिल्लो चुनावमा भन्दा माओवादी कमजोर भयो । गठबन्धनबाट कांग्रेसलाई लाभ भयो । तर सरकार बनाउन माओवादीको ३२ सिट निर्णायक भयो । कांग्रेस र माओवादीबीच प्रधानमन्त्रीको विषयमा कुरा मिलेन । अनि प्रचण्डले केपीसँग मिलेर सरकार बनाए ।

अर्थात्, केही समयअघि ओलीको कदमलाई ‘प्रतिगमन’ भन्दै आन्दोलन गरेका प्रचण्ड फेरि ओलीकै समर्थनमा प्रधानमन्त्री बने । त्यसमा बहस, आत्मालोचना केही गरिएन । त्यसपछि फेरि समीकरण फेरियो । कांग्रेस आयो । फेरि एमाले आयो । अन्ततः एमाले र नेपाली कांग्रेसबीच सत्ता सहकार्य भयो । अनि जनताले प्रश्न नगर्ने ?

हिजो प्रतिगमनकारी भनिएको नेता आज सत्ता साझेदार कसरी बन्यो ? हिजो लोकतन्त्रको रक्षक भनिएको शक्ति आज उसैसँग सरकार बनाउन कसरी तयार भयो ? त्यसैले परम्परागत राजनीतिक पार्टीका शीर्ष नेताहरूबारे एउटा धारणा बलियो भयो, ‘सिद्धान्त, विचार भाँडमा जाओस्, मिलिजुली जाने, बाँडीचुँडी खाने ।’

र, यही राजनीतिक संस्कारबाट असन्तुष्ट भएका नयाँ पुस्ताले विकल्प खोजिरहेकै थियो । २०७९ सालमा काठमाडौं महानगरपालिकामा मेयरमा कांग्रेस र एमालेका स्थापित उम्मेदवारलाई हराएर उदाएका बालेनलाई विकल्प देख्यो । रास्वपालाई पत्यायो ।

मानिसहरूले भन्न थाले, पार्टी हेरेर होइन, एजेन्डा र काम हेरेर भोट दिनुपर्छ । नेताको भाषण होइन, परिणाम हेर्नुपर्छ । बालेनले प्रतिनिधिसभाको निर्वाचनमा झापामा केपीलाई पराजित गरे । अब बालेनको सरकार बनेपछि पुराना राजनीतिक शक्तिहरूबाट ठूल–ठूला आरोप आउन थाले ।

तर, फेरि प्रश्न गरौँ, बालेनको वास्तविक गल्ती के हो ? कालो चस्मा लगाउनु ? सामाजिक सञ्जालमा आफ्नै शैलीमा बोल्नु ? धादिङ ब्यारेक पुगेर बन्दुक चलाउन सिक्नु ? गाँजा खाएको आरोप लाग्नु ? दुईदिने बिदा दिनु ?

यी विषयमा प्रश्न गर्न पाइन्छ । बालेनको निर्णय गलत छ भने आलोचना गर्न पाइन्छ । सरकारको नीति गलत छ भने विरोध गर्न पाइन्छ । प्रधानमन्त्री संसद्प्रति जवाफदेही छैनन् भने प्रश्न गर्न पाइन्छ । तर, यिनै विषयलाई जोडेर कसैलाई ‘साम्राज्यवादी’, ‘राष्ट्रविरोधी’ वा ‘देशद्रोही’ घोषणा गर्ने हो भने प्रमाण चाहिँदैन ?

बालेनको उदय बालेनका कारणले मात्र होइन । बालेनलाई जन्माउने राजनीतिक परिस्थिति पुराना दलका शीर्ष नेताहरूले आफैँ बनाएका हुन् । लामो राजनीतिक अस्थिरता । पटक–पटकको फोहोरी सत्ता समीकरण । एउटा चुनावमा एउटा गठबन्धन, चुनावपछि अर्को गठबन्धन । हिजो शत्रु भनिएको दलसँग कुनै परिवर्तन नभई आज सत्ता साझेदारी । भ्रष्टाचारमा सेटिङ, निरन्तर विवाद । नेताका बाचा र सरकारको कामबीचको विरोधाभास । यी सबैले जनतामा निराशा पैदा गरे ।

र, जब पुरानो राजनीतिको विश्वास कमजोर भयो, नयाँ विकल्पका लागि ठाउँ बन्यो । त्यही ठाउँमा बालेन आएका हुन् । त्यसैले आज पुराना नेताहरूले बालेनलाई मात्र दोष दिएर पुग्दैन । उनीहरूले आफैँलाई एउटा प्रश्न सोध्नुपर्छ ।

बालेन किन जन्मिए ? किन काठमाडौंका जनताले स्थापित दललाई पन्छाएर एउटा स्वतन्त्र उम्मेदवार पहिला रोजे ? झापामा गएर पूर्वप्रधानमन्त्री केपीलाई हराए । किन देशैभरि रास्वपाको झन्डै दुई तिहाइ मत आयो ? किन नयाँ पुस्ताले पुराना दलमाथि प्रश्न गर्न थाल्यो ? किन मानिसहरू परम्परागत राजनीतिको विकल्प खोज्न थाले ?

यसको उत्तर बालेनको चस्मामा छैन । उनको सामाजिक सञ्जालको पोस्टमा छैन । उनको व्यक्तिगत शैलीमा पनि छैन । यसको उत्तर पुरानो राजनीतिको गलत प्रदर्शनमा छ ।

त्यसैले बालेन गलत छन् भने उनलाई तथ्यले पराजित गरौँ । उनको सरकार असफल छ भने तथ्यांक देखाऔँ । उनको विदेश नीति गलत छ भने प्रमाणसहित प्रश्न गरौँ । उनको निर्णय संविधानविरोधी छ भने संवैधानिक आधार देखाऔँ । तर गाली गरेर होइन । आरोप लगाएर होइन । चरित्रहत्या गरेर होइन ।

किनकि लोकतन्त्रमा सरकारको आलोचना गर्न पाइन्छ । प्रधानमन्त्रीको विरोध गर्न पाइन्छ । तर प्रमाणविनाको आरोपलाई सत्य बनाउने अधिकार कसैलाई छैन । यदि पुराना दलहरू बालेनभन्दा राम्रो विकल्प हुन् भने उनीहरूले बालेनलाई गाली गर्नुपर्दैन । राम्रो नीति ल्याउनुपर्छ । विश्वसनीय नेतृत्व देखाउनुपर्छ । किनकि बालेनलाई कमजोर गर्न सबैभन्दा बलियो हतियार गाली होइन, विश्वसनीय विकल्प हो । र, त्यसैले आजको सबैभन्दा ठूलो प्रश्न यही हो, पुराना शासकहरू बालेनसँग यति आक्रामक किन छन् ?

यो पनि पढ्नुहोस्

सुहाना भन्छिन्– ‘बा: एक योद्धा’ यस कारण मन पर्छ

सुहाना भन्छिन्– ‘बा: एक योद्धा’ यस कारण मन पर्छ

३ मिनेट अगाडि
सतिश महर्जनया सः सांगितिक साँझ २०८३’ सम्पन्न (भिडियाे सहित)

सतिश महर्जनया सः सांगितिक साँझ २०८३’ सम्पन्न (भिडियाे सहित)

२६ मिनेट अगाडि

बालेनले देशलाई गलत दिशामा लगेका कारण ? कि बालेनको उदयले पुरानो राजनीतिको असफलताको ऐना उनीहरूलाई देखाइदिएका कारण ?

आर्थिक दैनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढ्याे

पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर पत्र

नाबालिका हत्या अभियुक्तले दिएको बयानको भिडियो सार्वजनिक भएकोप्रति आपत्ति

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक