शुक्र, भदौ १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

शताब्दी सलाम जन्म शताब्दीमा क. फिडेल क्याष्ट्रलाई !

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-लोक नारायण सुवेदी
साम्राज्यबादका अबिछिन्न बिरोधी कि मृत्यु कि समाजबाद भन्ने एक मात्र बिकल्प शोषित पीडित जनता र राष्ट्रका अगाडि छ भन्थे क्याष्ट्रो क्यूवाली क्रान्तिका महानायक २०औ शताब्दीका एक उच्चकोटीका आदर्श नेता फिडेल क्याष्ट्रोले आफ्नो ५५ बर्षको राजनीतिक जीवन यात्रामा असाधारण क्रान्तिकारी संघर्षको प्रतिमान कायम गर्दै र अनेक उतार चढाव ब्यहोर्दै सफलतकासाथ समस्याहरुको सामना र समाधान गरे । यस क्रममा उनले केवल क्यूवाको सत्ता–संरचनाको स्वरुप मात्र बदलेका होइनन् आफ्नो देशमा अभाव र गरीबसँग जुधिरहेका क्यूबाली जनताका समस्यालाई अत्यन्तै गम्भीरतापूर्वक लिदै जन पक्षीय मूल्य मान्यतामा सदा सर्बदा आफुलाई अडिग तुल्याएर राखे । जनता, देश र क्रान्तिप्रतिको उनको यो अखण्ड निष्ठा र साहसिलो आस्था तथा समर्पणले गर्दा नै उनलाई बिश्वका केही छानिएका नेताको पंक्तिमा ल्याएर खडा गरेको पनि हो र अद्यापि गरिरहेको छ ।

वास्तवमा फिडेल क्याष्ट्रोले गहिरो खोज अनुसन्धान र ब्यबहारिक अनुभवको आधारमा के कुराको स्थापान र सर्ब स्वीकार्यता बिश्वका सबै बिकासशील देशहरुमा ल्याउन सके भने जबसम्म बिपन्न र सम्पन्न, गरीब र धनी देश आपसमा ब्यापार गर्दछन् त्यो कुनै ब्यापार नभए सम्पन्न देशद्वारा बिपन्न देशको लुट मात्र हुन्छ । यो क्याष्ट्रोको अनुसन्धानको अत्यन्तै महत्वपूर्ण र ब्यवहारिक निष्कर्श आज पनि बिश्व ब्यापार संरचनामा सर्बत्र चरितार्थ र प्रमाणित भइरहेको हामी सुन्न, देख्न र अनुभव गर्न सक्तछौं ।

वास्तवमा ’फिडेल’ को शाब्दिक अर्थ नै ’आस्थावान’ हुन्छ । नाम अनुसार नै देश र जनताप्रतिको क्याष्ट्रोको जीवन मूल्य–मान्यता र निष्ठामा अबिचलित र अटल रहन सक्यो । वास्तमा उनी एक मात्र यस्ता एक दीर्घकालीक जनप्रेमी शासक रहेका थिए जसले मूल्यप्रतिको आस्थामा कुनै कमी र कमजोरी आउन दिएनन् । हुन पनि फिडेल क्याष्ट्रोको यही जन परम्पराले गर्दा उनलाई बिश्व समुदायका अगाडि बडो स्वाभीमानकासाथ शीर उच्च पारेर अबिचल सही बाटोमा यात्रा गर्ने र अन्तिम बेलामा पनि त्यसरी नै बिदा हुने शुभ अवसर पनि मिल्यो । यही उनको मूल्य–मान्यताप्रतिको प्रगाढ इमानदारीकै करण क्यूवामा उनका बिरोधीहरुले समेत उनलाई आज गर्बकासाथ सम्झना गर्न थालेको देखिन्छ ।
बिश्व शीत युद्धको क्रमबाट गुज्रिरहेको बेलामा र खाशगरी सोभियत संघको बिघटना पछि जस्तो प्रकारले क्यूबा बिश्वमा एक्लिएको अबस्था थियो, त्यसले क्यूबाली समाजको एउटा निकै तप्का निकै ठूलो अप्रसन्नता र निराशाको शिकार पनि बन्यो तर फिडेल क्याष्ट्रो कै जीवन्तता र धैर्यशील दूरदृष्टि नै थियो जसल गर्दा जनतामा उत्पन्न त्यो निराशा र अप्रसन्नताको नराम्रो अबस्थालाई चिर्न र क्यूबालाई सही बाटोमा फेरि पनि डो¥याउन सम्भव तुल्यायो र निकै हदसम्म सफलता पनि प्राप्त भयो । क्याष्ट्रोकै सफल नेतृत्व र प्रयत्नका कारण आज क्यूबाको स्वास्थ्य सेवा पूरै बिश्वमा सबैभन्दा राम्रो मानिन्छ । यसका अतिरिक्त त्यहाँको एक एक नागरिकलाई शिक्षित र दीक्षित र क्षमतावान तुल्याउने शिक्षाको मूल्य पद्धतिका लागि पनि क्यूबाले अपूर्व प्रगति गरेको देख्न सकिन्छ । यसरी स्वास्थ्य र शिक्षामा क्यूबाले बिश्वमै एउटा महत्वपूर्ण र अनुकरणीय अग्रता हासिल गरेर ठूलो उदाहरण कायम गरेको छ । यति हुँदा हुदै पनि अझै अत्याधुनिक सूचना प्रबिधिको क्षेत्रमा यसले पर्याप्त पहुँच बढाउन सकिरहेको छैन । त्यसले गर्दा त्यहाँ इण्टरनेट निक्कै महँगो रहेको छ । यद्यपि फेसबुक र गुगलको पहुच भने त्यहाँ पनि बिस्तार भएको र अझ बढी सहज बन्दै गएको छ । बिगत ६० बर्षभन्दा बढीदेिखिको अमेरिकी नाकबन्दी र कोभिडले अर्थतन्त्रमा खाशगरी क्यूबाको मूख्य अर्थतन्त्रको जीबन्त क्षेत्र पर्यटन क्षेत्रमा ठूलो नकारात्मक स्थिति देखा परेको छ । तर पनि क्यूबाले त्यहाँका जनताको एकताबघ्द संघर्षको मूलबाटो नछोडिकन समस्या समाधान गरेर छाड्न सक्ने बिश्वास लिन सकिन्छ ।

किनकि बिगतका यी सफलताका असल परम्परालाई पनि अब क्याष्ट्रो पछिको क्यूवाको नेतृत्व र त्यहाँका जनताले क्यूवालाई समाजवादी आधुनिकीकरणको बाटोमा दृढताकासाथ हिडाउन अथक मेहनत गर्नु बाहेक अर्काे कुनै बाटो छैन । बिगमा ठूल्ठूला समस्याहरु पार गरेर समाजवादको बाटोबाट अबिचलितरुपमा अभिमुख र अग्रसर रहेको क्यूवाले आफ्ना नेता क्याष्ट्रोको बिचार र ब्यवहारको सही दिग्दर्शनमा अडिग रहेर अघि बढ्यो भने उत्पन्न समस्यालाइलाई चिर्दै क्यूबालाई अझ उन्नत अत्याधुनिक समाजवादी राष्ट्रकोरुपमा बिश्वमा खडा गर्न सफल हुने कुरा निचिश्त छ । क्रान्ति र जनताको जीवनलाई जोडेर समुन्नति, शान्ति र सम्बृद्धिकासाथ स्वतन्त्रता र स्वाधीनताको निरन्तर अलख जगाउने ती सहासी र अतुलनीय क्यूवाली क्रान्तिकारी नेताको मार्गदर्शनमा क्यूबा निरन्तर अगाडि बढ्न सकोस् । क्यूबाली क्रान्तिका महानायक क्याष्ट्रोलाई उनको शताब्दी जन्म जयन्तिमा उनीप्रति उच्च सम्मानकासाथ अभिबादन !!

यो पनि पढ्नुहोस्

सुरुङमार्गमा फसेका कविर महर्जनको जिवितै उद्धार

सुरुङमार्गमा फसेका कविर महर्जनको जिवितै उद्धार

३ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

बाढीपीडितका लागि भन्दै रकम सङ्कलन गरेको आरोपमा पक्राउ

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बाढीपीडितका लागि भन्दै रकम सङ्कलन गरेको आरोपमा पक्राउ

तपाईँहरुलाई आपत् पर्दा हामी रुन्छौँ : सिक्किम प्रदेशका मुख्यमन्त्री

भदौ २२ गते राष्ट्रिय शोकको घोषणा

सुरुङमार्गमा फसेका कविर महर्जनको जिवितै उद्धार

विपद् जोखिम व्यवस्थापन गर्न राष्ट्रिय सहमति कायम गरिनुपर्नेमा जाेड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक