शुक्र, अशोज २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

केयुको उपकुलपति छनोट प्रक्रिया पारदर्शी बनाउन माग

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लण्डन। गैरआवासीय नेपाली प्राज्ञहरुको संस्था ‘ब्रिज नेपाल’ ले काठमाडौँ विश्वविद्यालय (केयु) को उपकुलपति छनोट प्रक्रिया अपारदर्शी र स्वार्थको द्वन्द्वबाट ग्रसित भएको भन्दै तत्काल हस्तक्षेप गर्न सरकार र प्रधानमन्त्रीसँग माग गरेको छ। बेलायतमा कार्यरत नेपाली अनुसन्धानकर्ता तथा प्राज्ञहरुको तर्फबाट एक विज्ञप्ति जारी गर्दै संस्थाले उपकुलपति चयन प्रक्रियालाई मर्यादित र पारदर्शी बनाउन अपिल गरेको हो।

उच्च शिक्षालाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने सरकारको प्रारम्भिक कदम आशालाग्दो भए पनि हालै विभिन्न विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा भएका नियुक्तिहरू नातावाद, कृपावाद र राजनीतिक स्वार्थबाट प्रेरित देखिएका छन्। विश्वस्तरको बौद्धिक नेतृत्व चयन गर्नुको सट्टा दलीय निष्ठाका आधारमा नियुक्ति दिइएको भन्दै प्राज्ञिक समुदायले चिन्ता व्यक्त गरेको छ।

उपकुलपति छनोट प्रक्रियालाई ‘नाटक’ को संज्ञा दिँदै सर्टलिस्टमा परेका विदेशी विश्वविद्यालयका उम्मेदवारले अन्तर्वार्ता नै बहिष्कार गरेको घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको जनाइएको छ।

गत २२ जुलाई २०२६ मा छनोट समितिका सदस्य आफैँ धुलिखेल अस्पताल पुगेर निश्चित उम्मेदवारलाई अल्पसूचीमा पार्न सहमति गरेको आरोप लगाउँदै यो कार्यले छनोट प्रक्रियाको मापदण्ड र ‘स्वार्थको द्वन्द्व’ सम्बन्धी प्रावधानको ठाडो उल्लङ्घन गरेको दाबी गरिएको छ।

अन्तिम अन्तर्वार्ता सत्र कुनै पनि विषय विज्ञको उपस्थितिबिना सञ्चालन गरिएको र निर्णयकर्ता पदधारीहरूसँग आवश्यक उच्च शैक्षिक उपाधि (पीएचडी) तथा योग्यता जाँच्ने अनुभव समेत नरहेको विज्ञप्तिमा उल्लेख छ।

केयुको बहिर्गमित नेतृत्वले ४५० शय्याको आफ्नै शिक्षण अस्पताल बनाउन स्रोत सुनिश्चित गरेलगत्तै सो योजना तुहाउने उद्देश्यले स्वार्थ समूह सक्रिय भएको भन्दै यसको निष्पक्ष छानबिन माग गरिएको छ।  प्रक्रियाको पारदर्शिता र साख जोगाउन आवेदन दिएका सबै ३५ जना उम्मेदवारहरूले पेश गरेका ‘भिजन पेपर’ (कार्ययोजना), रणनीति पत्र र उनीहरूले प्राप्त गरेको अङ्क विवरण शिक्षा मन्त्रालयको वेबसाइटमार्फत तुरुन्त सार्वजनिक गर्न प्रधानमन्त्री तथा केयुका कुलपतिसमक्ष ब्रिज नेपालले आग्रह गरेको छ।

यो पनि पढ्नुहोस्

प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोड

प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोड

४ दिन अगाडि
संकट व्यवस्थापनमा खटिएका सुरक्षा निकायलाई धन्यवाद ज्ञापन

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्य

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विपद् प्रभावितका लागि आर्थिक सहयोग

गणेशमान सिंहको २९औँ स्मृति दिवस आज मनाउँदै

सांगीतिक कार्यक्रमबाट ३ लाखभन्दा बढी रकम संकलन

राष्ट्रसंघको महासभामा जान लागेका प्रधानमन्त्री बालेनलाई सुझाव

निर्मला श्रेष्ठको मिटर ब्याज आतंकबाट झापाली प्रताडित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक