काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । छापावाल सुनको मूल्य आज प्रतितोला ९ सयले वृद्धि भई २ लाख ९६ हजार ९ सय कायम भएको छ । अघिल्लो दिन प्रतितोला दुई लाख ९६ हजार थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला १० ले बढेर चार हजार ५८० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ५७० मा कारोबार भएको थियो ।

