शुक्र, अशोज ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

सबै पक्ष मिलेर सामाजिक सद्भाव बढाऔं

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपाल विविधताले भरिएको देश हो । जाति, भाषा, धर्म, संस्कृति र परम्पराको यही विविधता हाम्रो राष्ट्रिय पहिचान र शक्ति हो । संविधानले पनि यही विविधतालाई सम्मान गर्दै सबै नागरिकलाई समान अधिकारको प्रत्याभूति गरेको छ । तर पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको बढ्दो प्रभाव, राजनीतिक ध्रुवीकरण र अफवाहको तीव्र फैलावटसँगै साना घटनाले पनि सामाजिक सद्भावमा असर पार्ने जोखिम बढ्दै गएको छ । सुनसरीमा भएको पछिल्लो घटनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न गरेको आग्रह यही सन्दर्भमा महत्वपूर्ण छ ।
कुनै पनि समाजमा घटना वा विवाद हुन सक्छन् । ती घटनाको अनुसन्धान, दोषीको पहिचान र कानुनी कारबाही राज्यको जिम्मेवारी हो । तर कुनै एक घटनालाई आधार बनाएर सम्पूर्ण समुदाय, धर्म वा समूहलाई दोषी ठहर गर्ने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि घातक हुन्छ । व्यक्तिगत गल्तीलाई सामूहिक अपराधका रूपमा चित्रण गर्दा सामाजिक सम्बन्धमा अनावश्यक तनाव सिर्जना हुन्छ, जसको असर लामो समयसम्म रहन सक्छ । नेपालले विगतमा सामाजिक सद्भावको बलियो उदाहरण प्रस्तुत गरेको छ । फरक–फरक धर्मावलम्बीले एकअर्काका चाडपर्वमा सहभागिता जनाउने, विभिन्न समुदायबीच आपसी सम्मान कायम रहने र कठिन परिस्थितिमा एकअर्काको साथ दिने परम्परा हाम्रो समाजको सकारात्मक विशेषता हो । यही संस्कृतिले नेपाललाई बहुलतावादी र सहिष्णु समाजका रूपमा चिनाएको छ । त्यसैले कुनै पनि घटनाले यो सद्भाव खलबल्याउने अवस्था आउन दिनु हुँदैन ।
यस्ता संवेदनशील घटनामा सबैभन्दा ठूलो जिम्मेवारी राज्यको हुन्छ । सरकारले घटनाको निष्पक्ष अनुसन्धान गर्नुपर्छ, दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही गर्नुपर्छ र नागरिकलाई सत्यतथ्य समयमै जानकारी गराउनुपर्छ । जब राज्यको संयन्त्र प्रभावकारी र विश्वसनीय देखिन्छ, तब अफवाह फैलिने सम्भावना कम हुन्छ । ढिलासुस्ती, अस्पष्टता वा राजनीतिक प्रभावका कारण अनुसन्धान कमजोर भयो भने समाजमा अविश्वास बढ्छ र त्यसलाई विभिन्न समूहले आफ्नो स्वार्थअनुसार प्रयोग गर्न सक्छन् । राजनीतिक दलहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । कुनै पनि संवेदनशील घटनालाई राजनीतिक लाभ–हानिको चश्माबाट हेर्नु उचित होइन । उत्तेजक अभिव्यक्ति, अपुष्ट आरोप वा समुदायलाई विभाजित गर्ने भाषाले क्षणिक राजनीतिक लाभ दिन सक्छ, तर त्यसले सामाजिक सम्बन्धमा दीर्घकालीन क्षति पु¥याउँछ । दलहरूले आफ्ना कार्यकर्ता र समर्थकलाई संयमित रहन प्रेरित गर्दै कानुनी प्रक्रियामाथि विश्वास गर्न आग्रह गर्नुपर्छ ।
सामाजिक सञ्जालको प्रभाव अहिलेको समयमा सबैभन्दा चुनौतीपूर्ण पक्ष बनेको छ । पुष्टि नभएका सूचना, पुराना भिडियो, सम्पादित तस्बिर वा भ्रामक सामग्री केही मिनेटमै हजारौं मानिससम्म पुग्ने अवस्था छ । यस्ता सामग्रीले जनभावना भड्काउन सक्छन् । त्यसैले सामाजिक सञ्जाल प्रयोगकर्ताले कुनै पनि सामग्री साझा गर्नु अघि त्यसको सत्यता जाँच्ने बानी बसाल्न आवश्यक छ । नागरिक समाज, धार्मिक अगुवा, स्थानीय जनप्रतिनिधि र समुदायका अगुवाहरूले पनि सामाजिक सद्भाव जोगाउन सक्रिय भूमिका खेल्नुपर्छ । नेपालको भविष्य द्वन्द्व, अविश्वास र विभाजनमा होइन, आपसी सम्मान, सहिष्णुता र एकतामा सुरक्षित छ ।

यो पनि पढ्नुहोस्

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति बसन्तपुरमा

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति बसन्तपुरमा

५ घण्टा अगाडि
बाढीले ठूलो क्षति पुर्‍याएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुग्याे

रसुवाका निजी विद्यालयमा ठूलो मानवीय

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रसुवाका निजी विद्यालयमा ठूलो मानवीय

प्रमद्वारा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव

बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा

काठमाडौंबाट बाहिरिने सवारी कलंकीबाटै प्रवेशमा रोक

पश्चिमी वायुको आंशिक प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक