शुक्र, साउन २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

फिफा निलम्बनको असर नेपाली फुटबलमा

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
फिफा निलम्बनको असर नेपाली फुटबलमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पछिल्ला दिनमा फिफा निलम्बनको असर नेपाली फुटबलमा प्रष्ट रूपमा देखिएको छ ।

निलम्बनको पछिल्लो शिकार नेपालको उमेर समुहको फुटबल टोली बनेको छ । फिफा निलम्बनका लागि यही अगष्ट अन्तिम देखि सुरु हुने एएफसी यू-२० एसियन कप छनोटबाट नेपालको नाम हटेको छ ।

छनोटमा नेपाल डेपलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो । अब नेपालले यू-२० एसियन कप छनोट खेल्न पाउने छैन । यस छनोट प्रतियोगिता खेल्न अखिल नेपाल फुटबल संघ (एन्फा) माथि फिफाले लगाएको निलम्बन अगष्ट १ तारिखसम्म फुकुवा भइसक्नुपर्ने थियो ।

एएफसीले २७ जुनमै एन्फालाई पत्र पठाउँदै अगष्ट १ सम्म फिफाको निलम्बन फुकुवा भइसके मात्र नेपालले खेल्न पाउने अन्यथा नपाउने जानकारी गराएको थियो । तर निलम्बन कायम रहेको अवस्थामा अब नेपालले यू-२० एसियन कप छनोट खेल्न नपाउने भएको हो । सन् २०२७ मार्च-अप्रिलमा चीनमा हुने यस यू-२० एसियन कपका लागि यसअघि सार्वजनिक भएको ड्र मा नेपाल डेपलपमेन्ट फेजमा समूह आईमा थियो । यस समूहमा नेपालसँगै आयोजक मंगोलिया, ग्वाम र नर्दन मारिया आइल्यान्ड समावेश थिए ।

नेपालले अगष्ट ३१ मा ग्वाम सँग पहिलो खेल खेल्ने तालिका थियो । तर एएफसीले सार्वजनिक गरेको अपडेटेड ड्र अनुसार नेपालको नाम हटेको छ । यस्तै समूह ए मा रहेको फिलिपिन्सले पनि नखेल्ने भएको छ । यसअघि सन् २०२४ मा नेपालले एएफसी यू-२० एसियन कप छनोट खेल्दा समूह बी मा एक खेल जित्दा तीन खेलमा पराजित भएको थियो ।

निलम्बनपछि नेपालले गुमाउने पक्का भएको यू-२० एसियन कप छनोट तेस्रो प्रतियोगिता हो । फिफा निलम्बनका कारण नेपालले यसअघि नै एएफसी महिला च्याम्पियन्स लिग र एएफसी यू-१७ महिला एसियन कप छनोट प्रतियोगिता गुमाइसकेको छ । यस्तैगरी नोभेम्बर ४ देखि बंगलादेशमा हुने तय भएको साफ च्याम्पियनसिप फुटबलमा पनि नेपालको सहभागिता अन्योलमै छ । साफको लागि यसअघि नै ड्र भइसकेको छ र नेपालको नाम ड्र मा समावेश छैन ।

यदि सेप्टेम्बर १ तारिखसम्म नेपालको निलम्बन फुकुवा भएमा मात्र नेपाल साफ च्याम्पियनसिपको लागि समुह ए मा रहनेछ ।काठमाडौं । पछिल्ला दिनमा फिफा निलम्बनको असर नेपाली फुटबलमा प्रष्ट रूपमा देखिएको छ । निलम्बनको पछिल्लो शिकार नेपालको उमेर समुहको फुटबल टोली बनेको छ । फिफा निलम्बनका लागि यही अगष्ट अन्तिम देखि सुरु हुने एएफसी यू-२० एसियन कप छनोटबाट नेपालको नाम हटेको छ । छनोटमा नेपाल डेपलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो । अब नेपालले यू-२० एसियन कप छनोट खेल्न पाउने छैन । यस छनोट प्रतियोगिता खेल्न अखिल नेपाल फुटबल संघ (एन्फा) माथि फिफाले लगाएको निलम्बन अगष्ट १ तारिखसम्म फुकुवा भइसक्नुपर्ने थियो ।

एएफसीले २७ जुनमै एन्फालाई पत्र पठाउँदै अगष्ट १ सम्म फिफाको निलम्बन फुकुवा भइसके मात्र नेपालले खेल्न पाउने अन्यथा नपाउने जानकारी गराएको थियो । तर निलम्बन कायम रहेको अवस्थामा अब नेपालले यू-२० एसियन कप छनोट खेल्न नपाउने भएको हो । सन् २०२७ मार्च-अप्रिलमा चीनमा हुने यस यू-२० एसियन कपका लागि यसअघि सार्वजनिक भएको ड्र मा नेपाल डेपलपमेन्ट फेजमा समूह आईमा थियो । यस समूहमा नेपालसँगै आयोजक मंगोलिया, ग्वाम र नर्दन मारिया आइल्यान्ड समावेश थिए । नेपालले अगष्ट ३१ मा ग्वाम सँग पहिलो खेल खेल्ने तालिका थियो । तर एएफसीले सार्वजनिक गरेको अपडेटेड ड्र अनुसार नेपालको नाम हटेको छ । यस्तै समूह ए मा रहेको फिलिपिन्सले पनि नखेल्ने भएको छ । यसअघि सन् २०२४ मा नेपालले एएफसी यू-२० एसियन कप छनोट खेल्दा समूह बी मा एक खेल जित्दा तीन खेलमा पराजित भएको थियो ।

निलम्बनपछि नेपालले गुमाउने पक्का भएको यू-२० एसियन कप छनोट तेस्रो प्रतियोगिता हो । फिफा निलम्बनका कारण नेपालले यसअघि नै एएफसी महिला च्याम्पियन्स लिग र एएफसी यू-१७ महिला एसियन कप छनोट प्रतियोगिता गुमाइसकेको छ । यस्तैगरी नोभेम्बर ४ देखि बंगलादेशमा हुने तय भएको साफ च्याम्पियनसिप फुटबलमा पनि नेपालको सहभागिता अन्योलमै छ ।

साफको लागि यसअघि नै ड्र भइसकेको छ र नेपालको नाम ड्र मा समावेश छैन । यदि सेप्टेम्बर १ तारिखसम्म नेपालको निलम्बन फुकुवा भएमा मात्र नेपाल साफ च्याम्पियनसिपको लागि समुह ए मा रहनेछ ।

यो पनि पढ्नुहोस्

कोरम नपुगेपछि स्थगित विशेष साधारण सभा सोमबार गर्ने एन्फाको निर्णय

एन्फाको निलम्बन फुकुवा फिफासँग निरन्तर संवाद

२ दिन अगाडि
प्रधानमन्त्रीलाई फुटबल बचाईदिन हरि खड्काको आग्रह

प्रधानमन्त्रीलाई फुटबल बचाईदिन हरि खड्काको आग्रह

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कुवेतमा आक्रमणमा परी नेपालीको ज्यान गयाे

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

हराएकी छोरी खोज्दै भौतारिएकी आमा, यस्तो छ ‘इलिफेन्ट्स इन द फग’ को ट्रेलर

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ जाने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक