काठमाडौं । नेपाली फुटबलमाथि लागेको फिफाको प्रतिबन्ध हटाउन सरकार सक्रिय हुनुपर्ने भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व प्राविधिक निर्देशक हरि खड्काले प्रधानमन्त्रीसँग विशेष आग्रह गरेका छन्।
खड्काले नेपाली फुटबल अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिरिने जोखिम बढेको उल्लेख गर्दै हजारौँ खेलाडीको भविष्य, वर्षौँको मेहनत र देशको प्रतिष्ठा दाउमा परेको बताएका छन्। उनले सम्बन्धित निकायसँग तत्काल समन्वय गरी फिफाले लगाएको निलम्बन हटाउन सरकारले पहल गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
यदि तोकिएको समयभित्र समस्या समाधान नभएमा नेपाल साफ च्याम्पियनसिप २०२६ मा सहभागी हुन नपाउने र अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने अवस्था आउन सक्ने चेतावनीसमेत दिइएको छ।


