शनि, साउन १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

फिफाकाे एक हिस्सा बाह्य लगानीकर्तालाई बिक्री गर्ने प्रस्ताव फिर्ता

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
फिफाकाे एक हिस्सा बाह्य लगानीकर्तालाई बिक्री गर्ने प्रस्ताव फिर्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो व्यवसायिक संरचनाको एक हिस्सा बाह्य लगानीकर्तालाई बिक्री गर्ने प्रस्ताव फिर्ता लिएको छ । सदस्य राष्ट्रका फुटबल संघहरूबाट तीव्र विरोध भएपछि फिफाले यो विवादास्पद योजना अघि नबढाउने निर्णय गरेको हो ।

फिफाले विश्वकपसहित आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्ने नयाँ कम्पनीमा करिब २० प्रतिशत हिस्सा बिक्री गरेर ४.२ अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना सार्वजनिक गरेको थियो । उक्त योजनाअनुसार नयाँ कम्पनीको मूल्यांकन करिब २० अर्ब डलर हुने अनुमान गरिएको थियो ।

तर प्रस्ताव सार्वजनिक भएलगत्तै युरोपेली फुटबल महासंघ (यूईएफए) ले कडा विरोध जनाएको थियो । यूईएफएले यसलाई ‘गोप्य रूपमा तयार पारिएको, गैरजिम्मेवार र अस्वीकार्य’ प्रस्ताव भन्दै फिफालाई बहिष्कार गर्ने निर्णयसमेत गरेको थियो ।

यूईएफएले जारी गरेको विज्ञप्तिमा फिफाले ‘फुटबलको आत्मा नै बिक्री गर्न खोजेको’ आरोप थियो । विरोध चर्किएपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रस्ताव फिर्ता लिएको घोषणा गरेका हुन् ।

‘सबै पक्षको धारणा ध्यानपूर्वक सुनेपछि यो योजना आवश्यकताभन्दा बढी विभाजन सिर्जना गर्ने अवस्थामा पुगेको स्पष्ट भएको छ,’ इन्फान्टिनोले भनेका छन्, ‘हाम्रो उद्देश्य सधैं फुटबललाई एकताबद्ध र थप सशक्त बनाउने हो । त्यसैले यो प्रस्ताव अब अघि बढाइने छैन ।’

वरिष्ठ अधिकारीको राजीनामा

प्रस्ताव फिर्ता लिनुअघि नै इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले तत्काल लागु हुने गरी राजीनामा दिएका थिए । उनले यो योजनालाई ‘फुटबलका लागि खराब सम्झौता’ को संज्ञा दिएका थिए ।

फिफाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामोरले पनि कर्मचारीहरूलाई ‘भ्रममा राखिएको’ आरोप लगाउँदै यो योजना ‘एक व्यक्तिको परियोजना’ भएको बताएका थिए ।

यता बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले पनि इन्फान्टिनो ‘फिफाको नेतृत्वका लागि उपयुक्त व्यक्ति नभएको’ टिप्पणी गरेका छन् ।

इन्फान्टिनोको नेतृत्वमाथि प्रश्न

यस घटनापछि इन्फान्टिनोको नेतृत्व क्षमतामाथि थप दबाब सिर्जना भएको छ । उनी यसअघि पनि सन् २०२६ को विश्वकपका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको निकट सम्बन्धका कारण आलोचित भएका थिए ।

ट्रम्पले अमेरिकी खेलाडी फोलारिन बालोगुनलाई देखाइएको रातो कार्डबारे इन्फान्टिनोलाई फोन गरेको सार्वजनिक रूपमा बताएका थिए । त्यसपछि उक्त निर्णय एक वर्षका लागि स्थगित गरिएको र बालोगुनले अर्को खेल खेल्न पाएका थिए ।

फिफाको निजी लगानी योजनामा अमेरिकी लगानी कम्पनी ‘थ्राइभ क्यापिटल’का संस्थापक जोशुवा कुशनर नेतृत्वको लगानी समूह सहभागी हुने अपेक्षा गरिएको थियो । जोशुवा, ट्रम्पका ज्वाइँ जारेड कुशनरका दाजु हुन् ।

यद्यपि ट्रम्पले शुक्रबार आफूले फिफाको लगानी योजनाबारे इन्फान्टिनोसँग कुनै छलफल नगरेको बताएका छन् ।

इन्फान्टिनो आगामी सन् २०३१ सम्मका लागि अन्तिम कार्यकाल सुनिश्चित गर्न फेरि निर्वाचन लड्ने तयारीमा छन् । आगामी मार्च १८ मा मोरक्कोमा हुने निर्वाचनमा उनी निर्विरोध हुने अनुमान गरिएको थियो ।

तर पछिल्लो विवादपछि उनको नेतृत्वमाथि खुलेर प्रश्न उठ्न थालेको छ ।

इन्फान्टिनोका महत्वपूर्ण समर्थकमध्ये मानिएको एसियाली फुटबल महासंघ (एएफसी) ले पनि फिफाको निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ ।

एएफसीले जारी गरेको विज्ञप्तिमा फिफाको परामर्श र निर्णय प्रक्रियामा ‘गम्भीर कमजोरी’ देखिएको भन्दै तत्काल समीक्षा गर्न माग गरेको छ ।

एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले फिफाको योजना ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताएका छन् । उनले फिफाको एकपक्षीय कदमले महादेशीय फुटबलको सहकार्य, पारदर्शिता र एकताको आधार कमजोर बनाएको टिप्पणी गरेका छन् ।

इन्फान्टिनो चुनौतीकर्ता को ?

इन्फान्टिनो सन् २०१६ देखि फिफाको अध्यक्ष छन् । उनी सेप ब्लाटरपछि ज्युरिखमा भएको फिफाको विशेष महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए । सुरुमा उनले ब्लाटरको बाँकी कार्यकाल (२०१६–२०१९) पूरा गरे । त्यसपछि २०१९ र २०२३ मा पुन: निर्विरोध निर्वाचित भए ।

यो पनि पढ्नुहोस्

भारतमा महिला कबड्डी टोली २०औं एसियाली खेलकुदको तयारी

भारतमा महिला कबड्डी टोली २०औं एसियाली खेलकुदको तयारी

२ दिन अगाडि
विश्वकप चर्चामा रहेका जापानी गोलकिपरप्रति पिएसजीको चासो

विश्वकप चर्चामा रहेका जापानी गोलकिपरप्रति पिएसजीको चासो

४ दिन अगाडि

अब उत्तरी अमेरिकी फुटबल महासंघ (कन्काकाफ) का अध्यक्ष भिक्टर मोन्टाग्लियानीलाई आगामी निर्वाचनमा इन्फान्टिनोका सम्भावित प्रतिस्पर्धीका रूपमा हेरिएको अलजजिराले जनाएको छ ।

फिफा अध्यक्ष पदका इच्छुक उम्मेदवारले आगामी नोभेम्बर १८ भित्र उम्मेदवारी घोषणा गर्नुपर्नेछ । निर्वाचनमा फिफाका २११ सदस्य राष्ट्रले मतदान गर्नेछन् ।

फिफा अध्यक्षको कार्यकाल ४ वर्षको हुन्छ । फिफाको विधानअनुसार अध्यक्ष अधिकतम तीन कार्यकाल (सामान्यत: १२ वर्ष) सम्म निर्वाचित हुन सक्छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रपतिद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति सम्बदेना प्रकट

सामाजिक सञ्जालमा खलल पुर्‍याउने आठ जना पक्राउ

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

कुवेतमा आक्रमणमा परी नेपालीको ज्यान गयाे

दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक