बिहि, साउन १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारतमा महिला कबड्डी टोली २०औं एसियाली खेलकुदको तयारी

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
0
भारतमा महिला कबड्डी टोली २०औं एसियाली खेलकुदको तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली महिला कबड्डी टोलीले पनि २०औं एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ । एसियाडको पुरुष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत छ ।

बिहीबार प्रस्थान गर्ने टोलीले भारतको हरियाणास्थित भाइब्रेन्ट इन्टरनेसनल स्कुल एन्ड कबड्डी एकेडेमीमा एक महिना प्रशिक्षण गर्ने छ । त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका साथै प्रशिक्षणलाई निरन्तरता दिने छ ।

असोज २ गते टोली भारतबाटै एसियाली खेलकुदमा सहभागी हुन जापान जाने कार्यक्रम रहेको छ । एसियाली खेलकुद असोज ३ गतेदेखि सुरु हुनेछ । महिला टोलीमा मानमती विष्ट (कप्तान), जयन्ती बडु, रविना चौधरी, मेनुका राजवंशी, मिना नेपाली, खिममाया खत्री, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, नानुमाया पराजुली, विनिता पण्डित क्षेत्री र आस्मा यादव रहेका छन् ।

खिममायाको भने २० औं एसियाड ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । टोलीकी अर्की सदस्य अनुजा कुलुङ राई भने प्राविधिक कारण (मेडिकल) २० औं एसियाडमा सहभागी नहुने भएकी छन् । उनको स्थानमा कुन खेलाडीलाई राख्ने भन्ने विषयमा चाँडै निर्णय गर्ने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् । मुख्य प्रशिक्षकमा पार्वती राई, प्रशिक्षकमा लोकबहादुर विष्ट र व्यवस्थापकमा शरद दर्शनधारी रहेका छन् । महिला कबड्डीमा ८ राष्ट्रको सहभागिता रहने छ । समूह ‘बी’ मा रहेको नेपालले श्रीलंका, थाइल्यान्ड र चाइनिज ताइपेईंसंग खेल्ने छ । ताइपेईं गत संस्करणको उपविजेता हो । फाइनलमा ताइपेईं भारतसंग समग्रमा १ अंकको अन्तरले पराजित भएको थियो । समूह ‘ए’ मा इरान, जापान, बंगलादेश र भारत छन् । एसियाली खेलकुदमा महिला टोलीको दोश्रो सहभागिता हो । महिला टोलीले चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा पहिलोपटक सहभागिता जनाएको थियो । त्यसबेला टोलीले ऐतिहासिक कांस्य पदक जितेको थियो । हाङझाव एसियाडमा पदक जितेका मध्ये ६ खेलाडी अहिलेको टोलीमा छन् । मानमति, जयन्ती, रविना, मेनुका, गंगा र सिर्जन पदक जितेका टोलीका सदस्य हुन् ।

हाङझाव एसियाडमा पनि पार्वती नै मुख्य प्रशिक्षकको जिम्मेवराीमा थिइन् । महिला कबड्डी टोलीले इरानमा भएको एसियाली कबड्डी प्रतियोगिता तथा चीनमा भएको एसियाली बिच खेलकुदमा कांस्य जितेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, कबड्डी संघकी अध्यक्ष तुलसी थापा, महासचिव झा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य–सचिव मेहताले टोलीबाट पदकको धेरै आशा गरेको जनाए ।

यो पनि पढ्नुहोस्

विश्वकप चर्चामा रहेका जापानी गोलकिपरप्रति पिएसजीको चासो

विश्वकप चर्चामा रहेका जापानी गोलकिपरप्रति पिएसजीको चासो

२ दिन अगाडि
सालाह टर्किस क्लब बेसिग्तास आबद्ध हुने

सालाह टर्किस क्लब बेसिग्तास आबद्ध हुने

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

नेपाल राष्ट्रिय खड्गी समाजको महिला विभाग स्थापना

भारतमा महिला कबड्डी टोली २०औं एसियाली खेलकुदको तयारी

सुनसरी घटनाका विषयमा संयुक्त अपिल जारी

दैनिक एक हजार ५०० वटा राहदानी उत्पादन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक