विश्वकप पछि चर्चामा जापानी गोलकिपर, भित्र्याउन पिएसजीको चासो !
फ्रान्सेली जायन्ट क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले इटालियन क्लब पार्माका जापानी गोलकिपर जायन सुजुकीलाई अनुबन्ध गर्ने इच्छा देखाएको छ।
स्काइ स्पोर्ट्स इटालियाका अनुसार, चालु ट्रान्सफर विन्डोमा पिएसजीले २३ वर्षीय गोलकिपर सुजुकीलाई टोलीमा भित्र्याउने सम्भावित खेलाडीहरूको सूचीमा राखेको हो।
फ्रान्सेली गोलकिपर लुकास शेभेलियरको भविष्यलाई लिएर अनिश्चितता कायमै रहेका बेला पिएसजीले गोलकिपिङ लाइनअप मजबुत बनाउन सुजुकीलाई विकल्पका रूपमा हेरेको बताइएको छ।
जापानी फुटबलका सबैभन्दा आशालाग्दा गोलकिपरमध्येका एक मानिने सुजुकीले पार्माका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनले विश्वकपमा पनि उच्च प्रदर्शन गरेका थिए।


