शनि, साउन ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रहरीकाे आर्थिक वर्षको कार्य सम्पादन सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
५ घण्टा अगाडि
Reading Time: 1 min read
0
प्रहरीकाे आर्थिक वर्षको कार्य सम्पादन सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक वर्ष २०८२–८३ को वार्षिक कार्य सम्पादन सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै परिसरले अघिल्लो आर्थिक वर्षभर भए–गरेका कामबारे जानकारी गराएको हो । सो आर्थिक वर्षमा फोनमार्फत ३० हजार ६ सय उजुरी आएको परिसरले जनाएको छ ।

त्यसैगरी, एसएमएसबाट एक हजार सात सय र ईमेलबाट एक हजार ५५० उजुरी प्राप्त भएको छ । परिसरका अनुसार ती उजुरी मानिस हराएको, मोबाइल खोजतलास, साइबर, ठाडो उजुरी, गुनासो, शान्ति सुरक्षा, घरेलु हिंसा, सिएसआर, बैंकिङ्ग कसुर र बकपत्रसँग सम्बन्धित छ ।

परिसरमा उपस्थित भएर सेवा लिने सेवाग्राहीको संख्या एक लाख ८२ हजार ६६४ रहेको छ । जसमध्ये एक लाख २० हजार ४८८ पुरुष, ६२ हजार ९० महिला र ८६ अन्य रहेका छन् । परिसरले १४५ हातहतियारसहित ५२ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै, फरार १७५ कैदी र ९४ थुनुवालाई नियन्त्रणमा लिइएको छ ।

सो आर्थिक वर्षमा एक हजार ६ सय धर्ना, ५२ कोण सभा, ४४३ जुलुस, २८ विरोध र्याली, ३५ अनशन र १९ तालाबन्दीको घटना भएको छ । जसमा ३५१ जना पक्राउ परेको तथ्याङ्क छ । ६६ वटा मेला पर्व र जात्रा हुँदा ३९ हजार ८५४ प्रहरी परिचालन भएका थिए । परिसरका अनुसार ३२ वटा खेलका कार्यक्रम भएका छन् ।

ती खेलमा ३३ हजार ८९२ प्रहरी खटिएका थिए । अघिल्लो आर्थिक वर्षमा अनलाइनबाट म्याद थपको संख्या महिनैपिच्छे बढ्दै गएको देखिन्छ । पुसमा १०७, माघमा २२४, फागुनमा १६८, चैतमा ३१८, वैशाखमा ४०१, जेठमा ४९४ र असारमा ५६४ म्याद थप अनलाइनबाट गरिएको छ ।

कुन वृत्तमा कति मुद्दा दर्ता ? 

सो आर्थिक वर्षमा ११ हजार ७८ मुद्दा दर्ता भएको छ । जसमध्ये सबैभन्दा बढी परिसरमा छ । परिसरमा तीन हजार ११८ मुद्दा दर्ता भएको तथ्याङ्क छ । प्रहरी वृत्त, महाराजगञ्जमा एक हजार ३४०, बौद्धमा एक हजार एक सय, बानेश्वरमा ७८५, बालाजुमा ७७१, गौशालामा ६०३, कालिमाटीमा ६५१, लैनचौरमा ४३०, थानकोटमा ४३५, स्वयम्भुमा ४३५, जनसेवामा ४१५, कीर्तिपुरमा २६४, सिंहदरबारमा २५०, मालिगाउँमा २४५ र दरबारमार्गमा १४७ रहेको छ ।

ती मुद्दामा आठ हजार ५८१ जना पक्राउ परेका छन् । त्यस्तै, मुख्य अपराधमा सवारी ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, आत्महत्या, अपराधिक उपद्रव, ठगी, लागुऔषध, चोरी, अभद्र व्यवहार, बैंकिङ्ग कसुर रहेको परिसरले जानकारी दिएको छ ।

परिसरले ३९ हजार ७९५ फरार कैदीबन्दीमध्ये दुई हजार ४०७ लाई पक्राउ गरेको छ । उनीहरुबाट २२ करोड ६४ लाख ८६ हजार २४० रुपैयाँ जरिवाना असुलउपर भएको छ । काठमाडौंमा साइबर, महिला तथा बालबालिकाविरुद्धका अपराध, लागूऔषध, अनुचित लेनदेनको अपराध उच्च छ ।

प्रविधिको प्रयोगमा सक्रियता 

परिसरले सुरक्षा व्यवस्थाका निम्ति प्रविधिको प्रयोग गर्न थालेको छ । बडी वोर्न रियल टाइम भिडियो सर्भिलेन्स क्यामेरामार्फत मनिटोरिङ गर्ने गरिएको छ । एआई क्यामेरामार्फत ५७ जना मानिक पहिचान र पक्राउ गरिएको परिसरको भनाइ छ । क्यानिन पेट्रोलमार्फथ १५६ जना समातिदाँ एआई इन्टिग्रेडेड एडभान्स ड्रोनमार्फत दिउँसो र राति ५० स्थानमा निगरानी गर्ने काम भइरहेको छ ।

यो पनि पढ्नुहोस्

दुर्घटना न्यूनीकरणमा मेट्रो ट्राफिक एफएमकाे भूमिका प्रशंसनीय

दुर्घटना न्यूनीकरणमा मेट्रो ट्राफिक एफएमकाे भूमिका प्रशंसनीय

१ दिन अगाडि
इन्सपेक्टर विशाल ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

इन्सपेक्टर विशाल ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

सामखुसी–टोखा–झोर सडक विस्तार : विकासका नाममा आदिवासी अधिकारमाथि हस्तक्षेप भएको आरोप

सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु

गैर न्यायिक सडक विस्तार पिडितकाे काेण सभा

‘वैदेशीक हस्तक्षे र राष्ट्रिय आत्मसमर्पणवाद विरुद्ध क्रान्तिकारी कम्युनिस्टहरु एक हुनुपर्छ’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक