बुध, अशोज १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

विश्वबिजेत स्पेनलाई भव्य रूपमा स्वागत

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी ।  फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको स्पेनको राष्ट्रिय फुटबल टोलीलाई राजधानी म्याड्रिडमा भव्य स्वागत गरिएको छ।

टोलीको सम्मानमा आयोजित विजय परेडमा करिब १८ देखि २० लाख समर्थक सहभागी भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

अमेरिकाको न्यु जर्सीमा सम्पन्न फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप जितेको स्पेनी टोली सोमबार स्वदेश पुगेको हो।

टोलीका २६ खेलाडी र मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले परेडअघि राजा फेलिपे षष्ठ र प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेट गरेका थिए।

प्रधानमन्त्री सान्चेजले खेलाडी र प्रशिक्षकको प्रशंसा गर्दै भनेका थिए, –तपाईंहरूको खेल, समर्पण र जितले सम्पूर्ण देशलाई गर्व गराएको छ। तपाईंहरूलाई खेलिरहेको हेर्नु साँच्चै अविस्मरणीय अनुभव रह्यो।’

त्यसपछि टोली खुला बसमा सवार हुँदै म्याड्रिडका मुख्य सडक हुँदै सिबेल्स स्क्वायरसम्म पुगेको थियो। ‘ताराहरू सँगै चम्कन्छन्’ भन्ने सन्देश लेखिएको बसमा खेलाडीहरूले विश्वकप ट्रफी प्रदर्शन गर्दै समर्थकहरूसँग हात हल्लाए।

उनीहरुलेगीत गाए र उत्सव मनाए। उनीहरूले ‘सोमोस क्याम्पियोन्स’ (हामी च्याम्पियन हौँ) लेखिएको विशेष टी–सर्ट लगाएका थिए।

प्रशिक्षक डे ला फुएन्टेले समर्थकप्रति आभार व्यक्त गर्दै भने, ‘यति उत्साही र समर्पित समर्थक भएको देशको प्रतिनिधित्व गर्न पाउनु गर्वको विषय हो। आज हामी सबै खुसीले भरिएका छौँ।’

परेडको अन्तिम गन्तव्य सिबेल्स स्क्वायरमा बिहानैदेखि हजारौं समर्थक जम्मा भएका थिए। ३५ डिग्री सेल्सियससम्म पुगेको गर्मीका बाबजुद उनीहरूले छाता र झण्डासहित टोलीको प्रतीक्षा गरेका थिए।

समारोहमा लोकप्रिय गायिका आइताना, आना मेना र लोला इन्डिगोले सांगीतिक प्रस्तुति दिएका थिए।

स्पेनको जितपछि आइतबार रातिदेखि नै म्याड्रिडका प्रमुख चोक, बार र रेस्टुरेन्ट क्षेत्रहरू उत्सवमय बनेका थिए। समर्थकहरूले राष्ट्रिय झण्डा फहराउँदै गीत, नाच र नाराबाजीसहित ऐतिहासिक सफलता मनाएका थिए।

१९ वर्षीय समर्थक भिक्टर अल्भारेजले भने, ‘म केही घण्टा मात्र सुतेँ, तर टोलीका लागि त्यो पनि कुनै कुरा होइन। आजको दिन जीवनभर सम्झिनेछु।’

यस्तै, ५९ वर्षीया गेमा रोडेरोले भनिन्, ‘हामीले यो क्षण घरमै बसेर परिवारसँग मनायौँ। यो साँच्चै भावुक र अविस्मरणीय अनुभव थियो।’

यस सफलतासँगै स्पेन पुरुष र महिला दुवै विश्वकप उपाधि एकै समयमा आफ्नो नाममा राख्ने पहिलो राष्ट्र बनेको छ। यसअघि स्पेनले सन् २०२३ मा महिला विश्वकप जितेको थियो।

यद्यपि उत्सवका बीच एउटा दुःखद घटना पनि भयो। म्याड्रिडको उत्तरपश्चिम क्षेत्रमा उत्सव मनाउने क्रममा फोहरामा चढ्दा दुर्घटना भएपछि १३ वर्षीय एक बालकको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।

यो पनि पढ्नुहोस्

मैदान पुग्नसमेत नपाउँदै खेल रद्द

मैदान पुग्नसमेत नपाउँदै खेल रद्द

१ दिन अगाडि
स्क्वासको मिश्रित डबल्सको नेपाली जोडी पहिलो चरणबाटै बाहिरिए

स्क्वासको मिश्रित डबल्सको नेपाली जोडी पहिलो चरणबाटै बाहिरिए

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

हेटौंडा-काठमाडौं जोड्ने कान्तिकलोक पथ अवरुद्ध

चाडपर्व लक्षित धनकुटामा जुवातासविरुद्ध निगरानी तीव्र

अविरल वर्षाका कारण प्रभावित

‘बाः एक योद्धा’मा बढ्दो दर्शकको चाप, हलमा पुग्यो १०० शो माथि

प्रधानन्यायाधीश र प्रहरीका महानिरीक्षकबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक