दोलखा । सिप्रिङ खोला जलविद्युत आयोजना क्षेत्रमा पूर्ण रूपमा क्षति पुगेको छ। मंगलबार राति आएको पहिरो र बाढीले गौरीशंकर गाउँपालिका–९, मूलखर्कमा ठूलो क्षति पुर्याएको हाे।
उक्त बाढीले १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको हेडवर्क क्षेत्र पूर्ण रूपमा बगाएको छ।
हाइड्रोका चार जना कर्मचारी रातभर ओडारमा लुकेर ज्यान जोगाएका छन् भने गोठमा रहेका एक जना व्यक्ति गाई–बाख्रासहित बेपत्ता छन्। सशस्त्र प्रहरी बल नेपाल अस्थायी मनसुन सुरक्षा बेस सिंगटीका अनुसार बेपत्ताको खोजी तथा उद्धार कार्य जारी राखिएकाे छ।

