मङ्ल, असार १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को समूह ‘एल’को विजेता

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को समूह ‘एल’को विजेता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी ।  जुड बेलिङ्घम र ह्यारी केनले दोस्रो हाफमा गोल गरेपछि इङ्ल्यान्डले पानामालाई २-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को समूह ‘एल’को विजेता बनेको छ।

न्युयोर्क/न्यु जर्सी स्टेडियममा वर्षाका बीच भएको खेलमा पहिलो हाफभरि पानामाले इङ्ल्यान्डलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा बेलिङ्घम र केन चम्किएकाे छ ।

सन् २०१८ को विश्वकपमा इङ्ल्यान्डले पानामालाई ६–१ ले हराएको थियो। तर यसपटक थोमस क्रिस्टियान्सेनको टोलीले निकै अनुशासित र संगठित खेल प्रदर्शन गर्दै पहिलो हाफमा इङ्ल्यान्डलाई निराश बनायो।

घानाविरुद्धको बराबरीपछि प्रशिक्षक थोमस टुकेलले टोलीमा ५ परिवर्तन गरेका थिए। मोर्गन रोजर्स, मार्कस रासफोर्ड र बुकायो साकाले पहिलोपटक उत्तर अमेरिकामा सुरुआती अवसर पाएकाे थियाे ।   पहिलो हाफमा रासफोर्ड नै इङ्ल्यान्डका सबैभन्दा खतरनाक खेलाडी बने। रासफोर्डको एउटा प्रहारलाई गोलरक्षक ओरलान्डो मोस्केराले  बचाए भने इलियट एन्डरसनको क्रसमा उनले गरेको हेडर गोलभन्दा माथिबाट बाहिरिइएकाे छ ।
पानामाले पनि अवसर सिर्जना गर्यो। पहिलो ‘हाइड्रेसन ब्रेक’पछि जोसे लुइस रोड्रिगेजले गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक जोर्डन पिकफोर्डले बचाएकाे थियाे । दोस्रो हाफमा भने खेल पूर्ण रूपमा इङ्ल्यान्डको नियन्त्रणमा रह्यो। ६२औं मिनेटमा बुकायो साकाको कर्नरमा आफ्नो मार्करलाई छलेका बेलिङ्घमले भलीमार्फत गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाए। जारी विश्वकपमा यो उनको दोस्रो गोल थियो।

त्यसको ५ मिनेटपछि बेलिङ्घमकै उत्कृष्ट क्रसमा कप्तान  केनले हेडमार्फत गोल गर्दै इङ्ल्यान्डको अग्रता दोब्बर बनाए। जारी विश्वकपमा केनको यो तेस्रो र समग्रमा ११औं गोल हो। योसँगै उनले इङ्ल्यान्डका लागि विश्वकपमा सर्वाधिक १० गोल गर्ने ग्यारी लिनेकरको कीर्तिमान तोडे।

खेलको अन्त्यतिर जोसे फाजार्डोले पानामाका लागि गोल गरे पनि अफसाइडका कारण त्यसले मान्य भएन। प्रतियोगिताभरि एक गोल पनि गर्न नसकेको  अंक विहीन पानामा समूह चरण बाहिरियो।

इङ्ल्यान्डले ३ खेलबाट ७ अंकसहित समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्यो। अब उसले जुलाई १ मा एटलान्टामा समूह ‘ई’, ‘एच’, ‘आई’, ‘जे’ वा ‘के’ मध्ये उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।   समूहको अर्को खेलमा क्रोएसियाले घानालाई २-१ ले हराउँदै समूह उपविजेता रुपमा नकआउट चरणमा पुगेको छ। घाना पनि उत्कृष्ट तेस्रो टोलीका रुपमा अन्तिम ३२ मा पुगेको छ।

गोलरक्षक जोर्डन पिकफोर्डले विश्वकपमा इङ्ल्यान्डका लागि आफ्नो १५औं खेल खेल्दै सर्वाधिक विश्वकप खेल्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्।  पिकफोर्डले बबी मुर, बबी चार्लटन, टेरी बुचर र एश्ली कोललाई पछि पारेका छन्। अब उनीभन्दा अगाडि १७ खेल खेलेका पिटर शिल्टन मात्र छन्।

इंग्ल्यान्डका प्रशिक्षक थोमस टुकेलले भने, ‘हामीले गर्नुपर्ने काम पूरा गर्यौं। कठिन प्रतिद्वन्द्वीविरुद्ध अपेक्षा गरेअनुसारको खेल भयो। पानामाविरुद्ध यति धेरै अवसर सिर्जना गर्ने हामी पहिलो टोली बन्यौं। अब वास्तविक प्रतियोगिता नकआउट चरणबाट सुरु हुन्छ। हामी अझ राम्रो हुँदै जानेछौं।’ प्लेयर अफ दि म्याच बेलिङ्घमले भने,’हाम्रो पहिलो लक्ष्य पूरा भयो। समूह पार गर्दै शीर्ष स्थान हासिल गर्न सफल भयौं। दोस्रो हाफमा हामीले चाहेको स्तरको प्रदर्शन गर्यौं। हरेक खेलसँगै सुधार गर्दै जानुपर्छ। ह्यारी केनले विश्वकपमा बनाएको नयाँ कीर्तिमानका लागि उनी पूर्ण रूपमा योग्य छन्।’

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक ६ महिनाकै तल्लो बिन्दुमा झरे

१ घण्टा अगाडि
नेवाः ग्वाहाली पुचद्वारा भजन सञ्चालन गर्ने साम्रागी हस्तातरण

नेवाः ग्वाहाली पुचद्वारा भजन सञ्चालन गर्ने साम्रागी हस्तातरण

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

हलिउड चलचित्र ‘तेन्जिङ’को प्रदर्शन हुँदै

मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश

विदेशी मुद्राको विनिमय दर सार्वजनिक

पाँच पटकको विजेता ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक