मङ्ल, असार १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गोरखा । राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको जन्म गोरखाको सिरानचोक गाउँपालिका–६ स्थित सिरानडाँडामा भएको इतिहासविद् तथा संस्कृतिविद् प्रा. डा. जगमान गुरुङले बताउनुभएको छ ।
सिरानचोक गाउँपालिका–६ अमरपुरस्थित अमरसिंह थापा पार्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले गहिरो ऐतिहासिक अध्ययनका आधारमा अमरसिंह थापाको जन्मस्थल सिरानचोक नै रहेको निष्कर्षमा पुगेको बताउनुभयो ।
उहाँका अनुसार अमरसिँह थापाको जन्म स्थल सिरानचोकभित्र पर्दछ र यही क्षेत्र गोरखा दरबार जाने ऐतिहासिक मार्ग पनि हो। अमरसिंह थापा तथा उहाँका पिता उमराव भीमसिंह थापाको बसोबाससँग समेत यो क्षेत्र जोडिएकाले स्थानीयवासीले दुवैको शालिक निर्माण गरेको उहाँले उल्लेख गर्नुभयो । लामो समयदेखि यो स्थान अवलोकन गर्ने इच्छा रहेको र आज पूरा भएकोमा आफूलाई खुशी लागेको उहाँले बताउनुभयो ।
प्रा. डा. गुरुङले पृथ्वीनारायण शाहका सेनापति उमराव भीमसिंह थापाको निधनपछि अमरसिंह थापा गोरखा दरबारमा हुर्किएर सैनिक तालिम प्राप्त गरेको तथा नेपाल एकीकरण अभियानमा अतुलनीय योगदान दिएको उल्लेख गर्नुभयो । जन्मस्थलमै पुगेर उहाँको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पाउँदा गौरव महसुस भएको उहाँको भनाइ थियो। नाटककार वालकृष्ण समको अमरसिँह नामको पुस्तकमा तेस्रो हरपममा सिरानचोक जन्मस्थान उल्लेख गरिएको छ ।
नेपालको इतिहासमा अमरसिँह थापा नामक पुस्तकमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम उपकुलपति सुर्यविक्रम ज्ञवालीले अमरसिँह थापा गोरखाको सिरानचोकमा जन्मेको र नेपाल एकीकरणमा अतुलनिय योगदान गरेका कुरा उल्लेख गरेका छन् ।
नेपाली समाजमा सद्भाव कायम गर्न आग्रह
कार्यक्रममा बोल्दै प्रा. डा. गुरुङले नेपाली समाजमा बाह्य प्रभावका कारण विभाजन बढ्दै गएको भन्दै सामाजिक सद्भाव जोगाउन सबैलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “पहिले दहीजस्तै जमेको नेपाली समाज अहिले विभाजित बनाउने प्रयास भइरहेको छ। जातीय तथा सामुदायिक नाममा एकअर्काविरुद्ध उभ्याउने प्रवृत्ति बढेको छ । यो हाम्रो आफ्नै सोचभन्दा पनि अरूले सिर्जना गरेको मानसिकता हो ।”
उहाँका अनुसार अमरपुर यसको उत्कृष्ट उदाहरण बनेको छ । अमरसिंह थापाको नाममा पार्क निर्माणका लागि मगर समुदायका व्यक्तिले जग्गा दान गरेका छन्, गुरुङ समुदायले पहल गरेको छ भने ब्राह्मण समुदायले समितिमा बसेर योगदान दिएको छ । “यसभन्दा ठूलो राष्ट्रिय एकताको उदाहरण अरू के हुन सक्छ?” भन्दै उहाँले प्रश्न गर्नुभयो ।

प्रा. डा. गुरुङले अंग्रेजसँगको युद्धका क्रममा अमरसिंह थापाले कुनै पनि लोभ वा प्रलोभनमा नपरी राष्ट्रप्रति अटल निष्ठा प्रदर्शन गरेको स्मरण गर्नुभयो। उहाँले अमरसिंह थापा बगाले थापा वंशअन्तर्गतका थापा भएको समेत उल्लेख गर्नुभयो ।
अमरपुरको ऐतिहासिक महत्व बढ्ने विश्वास
प्रा. डा. गुरुङले अमरपुर क्षेत्रको ऐतिहासिक महत्व अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने विश्वास व्यक्त गर्नुभयो। । नेपाली भाषा र राष्ट्रिय एकताको विकासमा मगर, गुरुङ, राईलगायत विभिन्न समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सबैलाई राष्ट्रिय एकतामा आबद्ध हुन आग्रह गर्नुभयो ।
अमरसिँह थापाको जन्मस्थल सिरानचोक भएको इतिहासविद् पन्तको दाबी
इतिहासविद् डा. दिनेशराज पन्तले आफूले विसं २०३७ सालदेखि गोरखाको इतिहासबारे अध्ययन गर्दै आएको जानकारी दिनुभयो ।
गोरखाको इतिहाससम्बन्धी चार खण्डको पुस्तक लेखिसकेको उल्लेख गर्दै उहाँले गोरखा जिल्लाको इतिहास करिब १,३०० वर्ष पुरानो रहेको बताउनुभयो । गोरखा दरबारस्थित हनुमान भञ्ज्याङमा लिच्छविकालीन राजा द्वितीय शिवदेव र जयदेवका शिलालेख रहेको उल्लेख गर्दै गोरखा प्राचीन सभ्यता र इतिहासको केन्द्र भएको बताउनुभयो ।
डा. पन्तले वडाकाजी अमरसिंह थापाको नेतृत्वमा नेपाली सेना सतलज पार गर्दै काँगडादेखि रावी नदीसम्म पुगेको स्मरण गर्दै उहाँ राष्ट्रका लागि समर्पित र लोभ–लालचबाट टाढा रहेका वीर सेनापति भएको बताउनुभयो ।
उहाँले अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमै भएको दाबी दोहोर्याउँदै यस विषयमा अनावश्यक विवाद नगर्न आग्रह गर्नुभयो। साथै, जन्मस्थलको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याउने सिरानचोक गाउँपालिकाका पूर्वअध्यक्ष राजु गुरुङ तथा अमरसिंह थापा प्रतिष्ठानप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
विशिष्ट व्यक्तित्वहरूको स्थलगत अवलोकन
राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानका संरक्षक क्याप्टेन रामेश्वर थापाको नेतृत्वमा प्रा. डा. जगमान गुरुङ, डा. दिनेशराज पन्त, पूर्वमन्त्री विक्रमबहादुर थापा, प्रतिष्ठानका अध्यक्ष गणेश थापा, महासचिव बद्रीकुमार थापा, कोषाध्यक्ष श्यामसुन्दर थापा, समाजसेवी श्यामकृष्ण तिमल्सिना, सिरानचोक गाउँपालिकाका पूर्वअध्यक्ष राजु गुरुङलगायत काठमाडौंबाट आएका १७ जना विशिष्ट व्यक्तित्वले अमरपुरस्थित अमरसिंह थापा तथा उमराव भीमसिंह थापाको शालिक, श्रीनाथ गण र ऐतिहासिक गढीको अवलोकन गरेका थिए ।

उक्त अवसरमा “नेपाल एकीकरण अभियानका महान् सेनापति वडाकाजी वीर अमरसिंह थापाको योगदान” विषयक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रीता देवकोटा, वडा नं. ६ का अध्यक्ष प्रेमप्रसाद बस्ती, गाँखु–काठमाडौं समाजका अध्यक्ष मिलन पोखरेल, समाजसेवी हरि ढकाल, गंगा भट्ट, स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा
अमरपुरको रमणीय स्थानमा राष्ट्रिय विभूतिको शालिक स्थापना भएपछि यस क्षेत्रको ऐतिहासिक तथा धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले पार्कसम्म मोटरबाटो, खानेपानी, शौचालय र विश्रामस्थलको व्यवस्था गरिसकेको छ ।
पछिल्लो समय शहरबाट समेत यस क्षेत्रमा जग्गा खरिद गर्न आउने क्रम बढेको स्थानीयको भनाइ छ । कुमाउ र गडवाल क्षेत्रका भारतीय पर्यटकहरु अमरसिँह थापाको जन्म स्थल हेर्न चाहन्छन् तर यहाँ आउने बाटो राम्ररी विकास भैनसकेको हुनाले बाह्य पर्यटकहरुको अमरपुर हेर्ने चाहना हालसम्म पुरा हुन नसकेको स्थानीयहरुको भनाई छ । गोरखाको पर्यटन क्षेत्रमा अमरपुर ऐतिहासिक पर्यटनमा पहिलो गन्तव्य बन्ने कतिपयको भनाई रहेको छ ।
साउन १६ मा स्मृति दिवस
राष्ट्रिय विभूति अमरसिंह थापाको निधन भएको साउन १६ गते प्रत्येक वर्ष अमरपुरमै स्मृति दिवस मनाइँदै आएको छ । यस वर्ष पनि सोही स्थानमा कार्यक्रम आयोजना गरिने स्थानीय युवा राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।
यसैबीच, इतिहासविद्हरूको टोलीले आइतबार श्रीनाथ मण्डली, ऐतिहासिक कोटहरू तथा टुँडिखेलको समेत स्थलगत अवलोकन गरेको थियो । स्थानीयसँगको छलफलमा प्रा. डा. गुरुङले तल्लो पामका विद्वान झाँगल गुरुङले पृथ्वीनारायण शाहका दिव्योपदेश तयार पार्न महत्वपूर्ण भूमिका खेलेको ऐतिहासिक उल्लेख रहेको जानकारी दिनुभयो ।
कार्यक्रमका सहभागीहरूले सिरानचोक गाउँपालिका पूर्वअध्यक्ष राजु गुरुङ, राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठान तथा गाँखु–काठमाडौं एकता समाजको समन्वयमा ऐतिहासिक अध्ययन र अवलोकनको महत्वपूर्ण अवसर जुटेको बताएका छन् ।
राजेन्द्र न्यौपाने

यो पनि पढ्नुहोस्

इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को समूह ‘एल’को विजेता

इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को समूह ‘एल’को विजेता

६ मिनेट अगाडि
क्यानडा फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश

क्यानडा फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश

९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

हलिउड चलचित्र ‘तेन्जिङ’को प्रदर्शन हुँदै

विदेशी मुद्राको विनिमय दर सार्वजनिक

मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश

पाँच पटकको विजेता ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक