बिहि, असार ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

अमेरिकाको क्यूबामाथिको कठोर नाकाबन्दी र घेराबन्दी कहिले होला अन्त्य ?

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लोकनारायण सुबेदी
बितेको सात दशकभन्दा बढी समयदेखि अमेरिकी साम्राज्यवाद क्यूवामाथि निरन्तर नाकाबन्दी र घेराबन्दी लगाउँदै क्यूबालाई आत्मसमर्पण गराएर विश्वमा आफ्नो धाक जमाउन उद्यत रहँदै आएको छ । ठूलो संकटका बीच क्यूवाले अदम्य साहस,धैर्य र वीरताकासाथ त्यसको प्रतिवाद र प्रतिरोध पनि निरन्तर गर्दै आइरहेको छ । अहिले क्यूवा अमेरिकाको अझ बढी चौतर्फी घेराबन्दीमा परेर इन्धन, बिजुली, ग्यास, औषधी, खाद्यान्न जस्ता जीवनका आधारभूत वस्त्हरुको अत्यन्तै अभावको कठिन र अमानवीय अवस्थाबाट गुज्रिरहेको छ । उनीहरुले दिनको २२ घण्टासम्म बिद्यूतबिहीन भएर अध्यारोमा बस्नु परिरहेको छ ।
अहिले पछिल्लो समयमा क्यूवाका पूर्व राष्ट्रपति ९४ वर्षीय राउल क्याष्ट्रोमाथि अमेरिकी फेडरल प्रोसेक्यूटरले आरोपपत्र(चार्जसीट) तयार पारिरहेको खबर पत्रपत्रिकाहरुले दिइरहेका छन् । क्यूवाका वर्तमान राष्ट्रपतिले त्यहाँको कठिनाईपूर्ण नाकाबन्दी र घोर अमानबीय घेराबन्दीको स्थितिलाई सम्हाल्ने अथक प्रयत्न अवश्य गरिरहेका छन् । उनको पनि सामथ्र्यको एउटा सीमा छ । सशक्त र न्यायपूर्ण अन्तर्राष्ट्रिय राजनीतिक हस्तक्षेप बिना क्यूवाको समस्या हल हुने सहज स्थिति बन्ला भन्ने देखिदैन । किनभने अन्तराष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको सर्वाधिक बहुमत (अमेरिका र इज्रायल बाहेक)को सम्पूर्ण जनमत क्यूवाको पक्षमा हुँदा हुँदै पनि अमेरिकाले नाकाबन्दी र घेराबन्दी गर्ने क्रूर हठ छाडेको छैन । बरु अझ बढाउदै लगेको छ । यस अवस्था बारे चीन र रुस जस्ता बिश्वका शक्तिशाली देशहरुले मर्यादित तर दबाबकारी सक्रियता लिउन् भन्ने पनि चाहन्छन् । किनभने क्यूवाली जनता र राष्ट्रलाई बचाउन र सुरक्षित अघि बढाउन यो नै अहिलेको एकमात्र सम्भाबित बिकल्प देखिएको राय बिश्वा न्यायप्रेमी जनताका बीचबाट पनि प्रकट भइरहेको छ ।
हुन त के लाग्दछ भने यति बेला विश्वका महाशक्ति राष्ट्रहरुको उच्च स्तरीय शिखर भेट वार्ताको मौसम हो । गएको १४ र १५ मईका दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको भ्रमणमा बेइजिङ्ग पुगे । उनको भ्रमणपछिको निष्कर्श थियो ‘चीनसँग शानदार वार्ता’ भयो । यस बारेमा चिनीयाँ सञ्चार माध्यमहरुले पनि दुइ देश बीचको आर्थिक सहयोगको ठूलो सम्भावना रहेको र वर्तमान विश्व स्थितिमा यसको ठूलो महत्व रहेको कुरा प्रकाश पारेका थिए ।
त्यसरी नै मई २० मा रुसका राष्ट्रपति भ्लादिमिर पुटीन चीनको भ्रमणमा गएका थिए । यसले दुइ देश बीचको दीगो सुुसम्बन्धलाई अझ सबल पार्न २१औं शताब्दी सापेक्ष महत्वपूर्ण विभिन्न रणनीतिक तथा आर्थिक महत्वका सम्झौता पनि गरेको छ । विश्वको बदलिँदो परिप्रेक्षलाई मध्यनजर राखेर रुस र चीनका बीच जुन व्यापक सहमति र सम्झौता भएको छ त्यसले विश्व शान्ति र स्थिरतकासाथै उदाउँदो बहुध्रुवीय विश्व सम्वन्धलाई विश्वसनीय, सबल र सक्षम तुल्याएर समानता, न्याय र सम्बृद्धि खोजीरहेका र त्यसको लागि संघर्ष गरिरहेका विश्व समुदायलाई आश्वाान बनाएको विश्व राजीतिक विश्लेषकहरुले विश्वास लिएका छन् ।
त्यसले गर्दा अबको विश्वमा हस्तक्षेप, कब्जा र प्रभूत्व जमाउने जस्ता असमानता, विषता र वैमन्यस्य पैदा गर्ने परिस्थितिको अन्त्य गर्नेतिर उन्मुख हुने र ठूला र शक्ति राष्ट्र अहंकारवादको अन्त्य हुने स्थिति विकसित हुँदै जाने दिशातर्फ विश्व समाज अग्रसर हुने परिकल्पना साकार बन्नेसम्मका कुरा चल्न थालेका छन् । दक्षिण–दक्षिण सहयोग, ब्रिक्सको बिस्तार, शंघाई सहयोग संगठनको सुगठन जस्ता उदाउँदा र विस्तार हुँदै गरेका अन्तर्राष्ट्रिय संस्थाहरुले पनि यही बहुध्रुवीयतालाई मलजल गर्ने स्थिति बन्दैछ ।
एकातिर यस्तो परिवर्तनकारी परिवेश बन्न थालेको छ भने अर्कोतिर भेनेजुएलाका राष्ट्रपति मदुरो र उनकी पत्नीलाई जबर्जस्ती अपहरण गरेको अमेरिकाले ईरानमाथि हमला गरेर पहिलो चरण मै इरानको शासन परिवर्तन गर्ने फूर्ति लगाइरहेको थियो । भीषण हमला गरेर त्यहाँको सर्वोच्च धर्मगुरु तथा नेता अली खमेनाई लगायत ठूला नेताहरुको हत्या पनि अमेरिका र इज्रायल भएर गरेका थिए । तर तीन महिना बित्न लाग्दा पनि ईरानले टसको मस गरेको छैन । यसरी निर्णायक प्रतिरोध युद्धमा लागेको ईरान अमेरिकालाई यतिबेला भालुको कन्पट हुन पुगेकोले पछिल्लो समय अहिले युद्ध बिराम र ६० दिने सम्झौता बार्ताको स्थितिबाट गुज्रिन थालेको छ । ईरानसँग आच्छु आच्छु परेर सम्झौतामा पुगेको अमेरिकाले क्यूवा कब्जागर्ने अबाञ्छित हठ भने छोडेको छैन ।
ईरानले, विश्वको तेल इन्धन आफूर्ति गर्ने एउटा मूख्य बिश्व नाका(जहाँबाट बिश्वको २० प्रतिशत तेल आपूर्ति हुन्छ) किलकिले समाएजस्तै समाए पछि तेल आपर्ति श्रृंखलामै ठूलो अवरोध सिर्जना भएर विश्व भरी नै तेल लगायतका वस्तुहरुमा ठूलो मूल्य बृद्धि भइसकेको र भइरहेको छ । उता अमेरिकाबाट ९० किलोमिटर जति मात्र टाढा रहेको क्यूवाका पूर्व राष्ट्रपति विश्व प्रसिद्ध समाजवादी फिडेल क्याष्ट्रोका भाइ ९४ वर्षीय राउल क्याष्ट्रोमाथि कतिथ आतंककारीको बिल्कुलै झूटो फत्तुरमा अमेरिकाको फेडरल कोर्टले मुद्दा चलाउन आदेश दिएको छ । अमेरिकी साम्राज्यवाद आफ्नो विश्व प्रभूत्व जोगाउन यसरी मनपरी अतिक्रमण, थिचोमिचो र हस्तक्षेपकारी दादागिरी गर्न निरन्तर उद्यत छ । तर यो उसको अन्तिम असफल प्रयास हुने कुरा पनि बिश्लेषकहरुले निचोड निकालिरहेका छन् । ईरानमाथि थोपरिएको युद्धमा अमेरिकी साख जसरी गिरेको छ यसले पनि त्यो बिश्लेषणको पुष्टि गरिरहेको छ ।
आश्चर्यको कुरा त के छ भने जुन दिन अमेरिकी राष्ट्रपति ट्रम्प बेईजिङ्गमा चीनका राष्ट्रपति सीसँग ईरान युद्ध, ताईवान मुद्दा जस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय विषयमा कुराकानी गर्दै रहेका थिए । त्यसै दिन क्यूवाको राजधानी हवानामा अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक जान रेटक्लिफ क्यूवाका बरिष्ठ सैन्य अधिकारीहरुसँग कम्युनिष्ट देशहरुमा ठूलो परिवर्तन ल्याउनुपर्ने आवश्यकता रहेको दाबी गर्दै थिए । परिवर्तन ल्याउनु पर्ने विषयहरुमा त्यस्ता देशहरुको सैन्य नेतृत्वमा परिवर्तन,रुसी र चीनियाँ गुप्तचर एजेन्सीहरुलाई बन्द गरिनुपर्ने र अमेरिकाको मर्जी अनुसार आर्थिक सुधार गरिनु पर्ने जस्ता बिलकुलै आमान्य कुराहरु सामेल रहेको कुरा प्रकाशमा आएको थियो ।
यसरी क्यूवाको सर्वोच्च नेतृत्वसँग कुनै औपचारिक कुराकानी र स्वीकृति बिना नै त्यहाँ सिआईए निर्देशनको एकाएक भ्रमण क्यूवामा लगानीका लागि सबैभन्दा बढी मित्रवत देश बनाउने भन्ने ट्रम्पको अनुवर्ती कदम थियो । त्यस अन्तरगत बढी मनोरञ्जनात्म हबहरु खडा गर्ने र ठूला अमेरिकी कर्पोरेटद्वारा वित्तीय लगानी गरिने उद्योगहरु पनि खडा गरिने कुरा थियो । क्यूवामा सत्ता परिवर्तनका लागि अमेरिकाले उठाउन लागेका ती सबै कदहरु यस्तो आर्थिक माहोलमा हुन गराउन लागेको देखिन्छ जतिबेला अमेरिकी नाकाबन्दी र घेराबन्दीले क्यूवाका आम जन असाधारण किसिमले आच्छु आच्छुमा परेका छन् । त्यसमा पनि इन्धनको संकट सबैभन्दा नाजुक अबस्थामा पुगेको बताइन्छ । क्यूवा पूरै अध्यारोमा पारिएको छ ।
यद्यपि चीन भने क्यूवामाथिको अबैधानिक र अन्यायपूर्ण नाकाबन्दीको विरुद्ध रहँदै आएको छ र उसमाथि अमेरिकाले लादेशको सबै किसिमको प्रतिबन्ध हट्नु पर्छ भनिरहेको छ । राष्ट्रहरुको सम्वन्ध संयुक्त राष्ट्रसंघको बडापत्र र स्वीकार्य अन्तराष्ट्रिय कानुन र राष्ट्रहरुको समान सार्वभौमिकताको सिद्धान्त अनुसार चल्नु पर्दछ भन्ने कुरा बारम्बार उठाइरहेको छ । यसरी क्यूवालाई यसको सार्वभौमिकता र राष्ट्रिय गौरवको सुरक्षा गर्न, बाह्य हस्तक्षेप विरोधको क्यूवाको अडानको समर्थन गर्ने कुरा दोहो¥याइरहेको छ । यस सन्दर्भ र परिप्रेक्षमा हालै क्यूवाली क्रान्तिकारी नेता राउल क्याष्ट्रो विरुद्ध लगाइन थालेको अभियोगबारे पनि चीनका परराष्ट्र सम्वन्धि प्रवक्ताले भनेका छन् कि चीन सधै गैर कानुनी र एक पक्षीय प्रतिबन्धहरुको दृढ विरोध गर्दछ जुन कुराले अन्तर्राष्ट्रिय कानुन अनुसार कुनै आधार प्रदान गर्दैनन् र संयुक्त राष्ट्र सुरक्षा परिषदको अनुमति प्राप्त गरेका हुँदैनन् ।
निश्चयनै क्यूवाका वर्तमान राष्ट्रपतिले अमेरिकी नाकाबन्दी र उक्साहटका कारण बिग्रिएको स्थितिलाई सम्हाल्न पूरा कोशिश गरिरहेका छन् । तर उनको पनि आफ्नो सीमा र सामथ्र्य छ । अहिले त्यहाँ बढ्दो साम्राज्यवादी नाकाबन्दी र घेराबन्दीले गर्दा आर्थिक स्थिति अत्यन्तै नाजुक तर बनेको छ । अमेरिकाको बढ्दो हस्तक्षेप, दबाब र निरन्तरको नाकाबन्दीले स्थिति अझ बिग्रन सक्ने देखिन्छ । यस्तै बेलामा चीन तथा रुस जस्ता शक्तिशाली राष्ट्रहरुको युद्ध बन्द गराउन, शान्ति स्थापना गर्न र यस्ता अवाञ्छित र अवैधानिक नाकाबन्दी र पतिबन्धहरुको अन्त्य गराउने मह्रत्वपूर्ण भूमिकाका लागि विश्वमा खोजी हुने गर्दछ र भइरहेको देखिन्छ । शक्ति राष्ट्रको मनपरी र दादागिरीले गर्दा विकसित भइरहेको नाजुक क्यूवाको स्थितिप्रति सम्बेदनशील भएर कडा तर सकारात्मक र रचनात्मक कदम चाल्नु अत्यावश्यक भएको विश्व विश्लेषकहरु औंल्याइरहेका छन् । यसमा ब्रिक्स, दक्षिण–दक्षिण सहयोग, शंघर्ष सहयोग संगठन जस्ता बिश्वका उदाउदा संगठनहरुको सहयोगको सर्बत्र अपेक्षा गरिदै रहेको पाइन्छ ।
यद्यपि आज बिश्वका बिकसित देशका आम श्रमजीबी जनताहरु पनि तत् तत् देशमा क्यूबामाथिको अमेरिकी घार अमानबीय नाकाबन्दी र घेराबन्दी बिरुद्ध ऐक्यबद्धता जाहेर गरिरहेका छन् र क्यूवामाथि अमानबीय र अबाञ्छित प्रतिबन्ध लगाउने साम्राज्यबादी गतिबिधि बिरुद्ध जोडदार आवाज उठाइरहेका छन् । ट्रम्प नेतृत्वको अमेरिका प्रशानसन भने त्यहाँको बिशाल जनमत क्यूबाको न्यायपूर्ण प्रतिरोधको पक्षमा खडा हुँदा हुँदै त्यो जनमतलाई पनि लत्याउदै क्यूबामा समाजबाको बिघटन र पूँजीवादको अबलम्बन गर्नुपर्ने र क्यूवा अमेरिकी अधिनस्थता स्वीकार्नु पर्ने जिद्दी लिएर घोर अमान्य दबाब दिन छाडेको छैन । ईरान युद्धको पछिल्लो आफ्नो साख गिरेको क्षतिपर्ति क्यूवा कब्जा गरेर उठाउने ट्रम्प प्रशासनको हठ अन्तत पराजित हुने देखिन्छ ।

यो पनि पढ्नुहोस्

समाजमै रहेर बाँकी कैद भुक्तान गर्न मिल्ने योजना

समाजमै रहेर बाँकी कैद भुक्तान गर्न मिल्ने योजना

५ मिनेट अगाडि
अर्जुन ज्ञवालीलाई सुनिल बाबु पन्तको पत्र

अर्जुन ज्ञवालीलाई सुनिल बाबु पन्तको पत्र

४८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताको तयारी पूरा

भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

जुम्लामा ४.१ म्याग्नेच्युडको भूकम्प गयाे

रास्वपाकाे केन्द्रीय सदस्य निर्वाचणमा २ हजार ९५९ मत खस्याे

रास्वपाकाे मतदान जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक