सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संस्कृति बन्न सकेन रक्तदान

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
संस्कृति बन्न सकेन रक्तदान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।नेपालमा रक्तदानबारे सचेतना विस्तार हुँदै गए पनि अपेक्षित रूपमा नियमित स्वैच्छिक रक्तदाताको सङ्ख्या बढ्न सकेको छैन ।

एक स्वस्थ व्यक्तिले वर्षमा तीनदेखि चार पटकसम्म सुरक्षित रूपमा रक्तदान गर्न सक्ने भए पनि यस विषयमा पर्याप्त जनचेतना फैलिन सकेको छैन । रक्तदानबारे अझै डर र भ्रम, स्वास्थ्यमा असर पर्छ भन्ने गलत धारणा, नियमित रक्तदाताको दर्ता प्रणाली कमजोर हुनु, ग्रामीण क्षेत्रमा कार्यक्रमको सीमित पहुँच तथा आपत्कालीन अवस्थामा मात्र रक्तदान गर्ने प्रवृत्तिले गर्दा रक्तदाताको सङ्ख्या बढ्न सकेको छैन । नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाका अनुसार वार्षिक दुई लाख युनिट रगत सङ्कलन हुने गर्दछ । केन्द्रले वार्षिक रूपमा चार लाख युनिट रगत वितरण गर्ने गर्छ ।

केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताका अनुसार देशभरका रक्तसञ्चार केन्द्रबाट वार्षिक रूपमा सङ्कलन गरिएको रगत आकस्मिक दुर्घटना, शल्यक्रिया, प्रसूति जटिलताका लागि वितरण हुँदै आएको छ । रगतको माग बढ्दा समय समयमा रगत अभाव हुने गरेको छ । निर्देशक गुप्ताका अनुसार बर्खायाम, चाडपर्व तथा जाडो मौसममा रगतको कमी अझ बढी देखिने गरेको छ । नेपालमा हरेक वर्ष हजारौँ बिरामी, दुर्घटनापीडित, सुत्केरी महिला, क्यान्सर तथा जटिल शल्यक्रियाका बिरामीलाई वार्षिक करिब तीनदेखि चार लाख युनिट रगत आवश्यकता पर्ने अनुमान छ तर माग र आपूर्तिबिच अझै पनि पूर्ण सन्तुलन कायम हुन सकेको छैन ।

नेपाल रेडक्रस सोसाइटी अन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार सेवाले देशभर रगत सङ्कलन, परीक्षण, भण्डारण तथा वितरणको प्रमुख जिम्मेवारी वहन गर्दै आएको छ । यसबाहेकका सङ्घ संस्थाले पनि रगत सङ्कलन गर्दै आइरहेका छन् ।

स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेससागर कर्माचार्यका अनुसार नेपालमा रक्तदान संस्कृतिलाई संस्थागत रूपमा विस्तार गर्न दीर्घकालीन र निरन्तर जनचेतना अभियान आवश्यक रहेको छ । उहाँले रक्तदान कुनै आपत्कालीन काम मात्र नभई निरन्तर रूपमा गरिनुपर्ने सामाजिक उत्तरदायित्व हो । कर्माचार्यले नियमित रक्तदाताको

सङ्ख्या बढाउन सके मात्रै अस्पतालमा देखिने रगत अभावको समस्या समाधान गर्न सकिने बताउनुभयो । कर्माचार्यले विद्यालय, क्याम्पस, स्थानीय तह तथा सामुदायिक संस्थामार्फत नियमित रक्तदान कार्यक्रमलाई विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । रगत मानव जीवन बचाउने अत्यावश्यक तìव भए पनि नियमित आपूर्ति सुनिश्चित गर्न अझै चुनौती रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर हरेक वर्ष १२ करोडभन्दा बढी युनिट रगत सङ्कलन हुने गरेको छ । सङ्गठनका अनुसार न्यून आय र निम्नमध्यम आय भएका धेरै मुलुकमा सुरक्षित र पर्याप्त रगतको उपलब्धता अझै चुनौतीपूर्ण रहेको छ । कुनै पनि देशमा कुल जनसङ्ख्याको कम्तीमा एकदेखि दुई प्रतिशतले नियमित रक्तदान गरेमा मात्र रगतको राष्ट्रिय आवश्यकता पूरा गर्न सकिन्छ ।

यसैबिच आइतबार विश्वभर विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रमसाथ मनाइयो । मानव जीवन बचाउन अत्यावश्यक मानिने रक्तदानको महìवबारे जनचेतना फैलाउने उद्देश्यले मनाइने दिवसले सुरक्षित र स्वैच्छिक रक्तदान संस्कृतिलाई प्रवर्धन गर्दै आएको छ । यस वर्ष ‘मानवताका लागि एक थोपा ः रगत दिऔँ, जीवन बचाऔँ’ भन्ने नारासहित विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी २३ औँ विश्व रक्तदाता दिवस मनाइएको छ ।

गोरखापत्र

यो पनि पढ्नुहोस्

सन् २०३० सम्ममा एड्सको अन्त्य सम्भव : राष्ट्रसङ्घ

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

२४ घण्टा अगाडि
राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित

राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

धार्के बजार क्षेत्रमा कालोपत्रे गर्ने कार्य पुनः सुरु

नेपाल सरकारलाई सहयोग गर्न अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक