मङ्ल, असार १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

ई-पासपोर्ट छपाइ ठेक्कामा राज्यको ढुकुटी दाेहन

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
इराकमा ८ सय नेपाली श्रमिक राहदानीविहीन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विद्युतीय राहदानी (ई-पासपोर्ट) खरिद र छपाइको ठेक्कामा भेरिएसनको नाममा  बिचौलिया समूहले राज्यको ढुकुटीमा दाेहन गरेकाे पाइएकाे छ ।

सिंगापुरमा अफसोर कम्पनी खडा गरी कमिसनबापतको मोटो रकम उतै लगेर कर छली र पुँजी पलायन गरेको आरोप खेपिरहेको यो समूहले अब ‘भेरिएसन आदेश’को अस्त्र प्रयोग गरी अस्वाभाविक रूपमा लागत बढाएर राज्यलाई अर्बौंको थप भार पारेको तथ्य सार्वजनिक भएको छ ।

खरिद प्रक्रियामा प्रतिस्पर्धालाई निस्तेज पार्ने, कृत्रिम अभाव सिर्जना गर्ने र सेटिङमा महँगो मूल्यमा सम्झौता थप गराएर त्यसबाट आउने मोटो रकम विदेशमै व्यवस्थापन गर्ने बिचौलियाहरूको गम्भीर षड्यन्त्र पछिल्ला विवरणहरूले उजागर गरेका छन् ।
प्रतिस्पर्धा छल्दै महँगो खरिद, प्रतिपासपोर्ट ४ डलरसम्म नोक्सानी
राहदानी विभागले सन् २०२० मा ई-पासपोर्ट, पर्सोनलाइजेसन मेसिन र इन्रोलमेन्ट प्रणाली आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा फ्रान्सेली कम्पनी आईडीईमियाले प्रति राहदानी करिब १०.१३ अमेरिकी डलरको दरमा ठेक्का पाएको थियो ।
तर, सन् २०२२ को मध्यतिर राहदानी विभागको गोदाममा ४ लाखभन्दा बढी ई-पासपोर्ट मौज्दात हुँदाहुँदै नयाँ प्रतिस्पर्धात्मक बोलपत्रमा जानुको साटो बिचौलियाको प्रभावमा मन्त्रिपरिषद्‌बाटै निर्णय गराएर आईडीईमियालाई नै २८ लाख राहदानी छाप्ने भेरिएसन आदेश दिइयो ।
श्वबजारमा प्रविधि सस्तो हुँदै जाँदा सन् २०२५ मा भएको नयाँ ई-पासपोर्ट खरिदको बोलपत्रमा औसत लागत घटेर प्रति पुस्तिका करिब ८.५३ अमेरिकी डलरमा झरेको छ । विज्ञहरूका अनुसार प्रणालीको लागत छुट्ट्याउने हो भने पुस्तिकाको मूल्य ७ डलरभन्दा कम पर्न आउँछ ।

यसको अर्थ सन् २०२२ मा नयाँ टेन्डरमा नगई पुरानै दरमा भेरिएसनमार्फत राहदानी खरिद गर्दा राज्यले प्रति पुस्तिका ३ देखि ४ डलरसम्म अतिरिक्त रकम गुमाएको छ । यो हिसाबले राज्यलाई थप १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको भार थपिएको छ ।

सस्तो हुने बेला झन् महँगोको प्रस्ताव

सन् २०२५ नोभेम्बरमा राहदानी विभागसँग अझै दुई लाखभन्दा बढी पासपोर्ट मौज्दात थियो । यही बेला आईडीईमियाले नयाँ भेरिएसन आदेशका लागि अघिल्लो सम्झौताभन्दा पनि महँगो अर्थात् प्रति पुस्तिका १५ अमेरिकी डलरको अस्वाभाविक प्रस्ताव राख्यो ।

निकै ठुलो विवाद र मोलमोलाइपछि अन्ततः सरकारले करिब ७ लाख थप राहदानी भेरिएसन आदेशमार्फत नै प्रति पुस्तिका १०.५३ अमेरिकी डलरमा खरिद गर्ने निर्णय गर्‍यो । बजारमा ८ डलरभन्दा कममा पाइने राहदानीलाई १०.५३ डलर तिर्नुले सार्वजनिक खरिद प्रक्रियामा बिचौलियाको दबदबा कति छ भन्ने प्रस्ट्याउँछ ।

कमिसनको अफसोर सञ्जाल 

राज्यलाई पारिएको यो ठुलो आर्थिक भार सामान्य प्रशासनिक त्रुटि नभई सुनियोजित डिजाइन भएको स्रोतको दाबी छ । भेरिएसनमार्फत बढाइएको यही अतिरिक्त रकम नै नेपालको डेल्टा कोर प्रा.लि. र सिंगापुरको क्यापिटल बिज सोलुसनमार्फत बिचौलियाहरूले अफसोर कमिसनका रूपमा बुझ्ने गरेका हुन् ।

सरकारी प्रविधि तथा पहिचानसम्बन्धी परियोजनाहरूबाट प्राप्त हुने यस्तो अवैध कमिसन सिंगापुरबाट हङकङ हुँदै दुबईसम्म पुर्‍याउने सञ्जाल सक्रिय रहेको यसअघि नै खुलासा भइसकेको छ ।

प्रतिस्पर्धा रोक्न सुरक्षण मुद्रणको अस्त्र

आईडीईमियाको नेपालभित्रको व्यवस्थापन र बिचौलिया सञ्जालमा सिद्धार्थ पाण्डे लगायतको समूहको रणनीतिक र प्रभावशाली भूमिका रहेको दाबी गरिएको छ ।

नयाँ प्रतिस्पर्धात्मक टेन्डर आह्वान गर्दा अन्य कम्पनीले सस्तोमा ठेक्का पाउन सक्ने र आफ्नो एकाधिकार गुम्ने डरले यो समूहले कानुनी र नीतिगत छिद्रहरूको दुरुपयोग गर्दै आएको छ ।

स्रोतका अनुसार राहदानी खरिदको संक्रमणकालीन समयमा पाण्डेले नियोजित रूपमै सार्वजनिक सरोकारको रिट (पीआईएल) मार्फत राहदानी विभागले सुरक्षण मुद्रण कम्पनीबाटै राहदानी छाप्नुपर्ने तर्क अघि सारेका थिए ।

तर यथार्थमा, सुरक्षण मुद्रण कम्पनीसँग ठुलो मात्रामा ई-पासपोर्ट उत्पादन गर्ने भौतिक पूर्वाधार, बजेट र दक्ष जनशक्ति नै छैन । राहदानी विभागले समेत उक्त कम्पनी तत्काल प्राविधिक रूपमा तयार नरहेको भन्दै लिखित जवाफ नै दिइसकेको छ ।

स्वदेशमै छाप्ने राष्ट्रवादी आवरणको मुद्दा मामिला गरेर नयाँ अन्तर्राष्ट्रिय टेन्डर प्रक्रियालाई अल्झाउने र त्यही अभाव देखाएर फ्रान्सेली कम्पनी आईडीईमियालाई नै महँगो दरमा भेरिएसन आदेश दिन सरकारलाई बाध्य पार्ने यो बिचौलिया समूहको मुख्य हतियार रहेको जानकारहरू जनाउँछन् ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक ६ महिनाकै तल्लो बिन्दुमा झरे

३ घण्टा अगाडि
नेवाः ग्वाहाली पुचद्वारा भजन सञ्चालन गर्ने साम्रागी हस्तातरण

नेवाः ग्वाहाली पुचद्वारा भजन सञ्चालन गर्ने साम्रागी हस्तातरण

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

हलिउड चलचित्र ‘तेन्जिङ’को प्रदर्शन हुँदै

मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश

विदेशी मुद्राको विनिमय दर सार्वजनिक

पाँच पटकको विजेता ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक