शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

‘जनताले यो सरकारसँग आशा गर्ने ठाउँ शत प्रतिशत छ’

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
Reading Time: 1 min read
0
‘जनताले यो सरकारसँग आशा गर्ने ठाउँ शत प्रतिशत छ’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
नरेन्द्र रौले

काठमाडौं। वैकल्पिक राजनीतिमा होमिएर अनेक उतारचढाव पार गर्दै समीक्षा बास्कोटाले एक दशक सङ्घर्ष गरिन् । आफ्नो राजनीतिक अडान, मूल्य, मान्यता र प्रस्ट विचार बोकेकी उनी सङ्कटहरूबाट कहिल्यै डगमगाइनन् ।

त्यही विचार र कर्मको निरन्तरताले उनलाई स्थापित गरायो । राष्ट्रिय स्वतन्त्र पार्टीको खस आर्य क्लस्टर (महिला) समानुपातिक सूचीमा परेर पहिलो पटक संसदीय यात्रा गरेकी समीक्षा कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिको जिम्मेवारीमा छिन् ।

समीक्षालाई पहिला भन्दा जिम्मेवारी अझ बढेको महसुस भएको छ । हिजो सडकमा हुँदा विभिन्न मुद्दामा परिवर्तनको आवाज आवाज उठाउनु सजिलो थियो, डेलिभरी गर्ने ठाउँमा पुग्दा चुनौतीपूर्ण र त्यो भारी अझ गह्रुँगो बनेको छ ।

‘हाम्रै नेतृत्वको सरकार छ । जिम्मेवारीपूर्वक लिएर अगाडि बढ्नुपर्ने छ,’ उनी भन्छिन्, ‘सडकमा आवाज उठाउँदाखेरि जति सजिलो हुन्थ्यो, त्योभन्दा धेरै कठिन डेलिभरी गर्न छ । तर हामीले सजिलो उन्मुख बनाउनुपर्ने छ ।’

विगत १० वर्षको राजनीतिक अभियानमा समीक्षा केही खास कारणले राजनीतिमा होमिएकी थिइन् । राजनीतिको रूपान्तरण, भ्रष्टाचार अन्त्य, सुशासन कायम, सेवा प्रणाली सुधार लगायतका विषयहरूमा उनले आवाज उठाउँदै आएकी थिइन् । अब संसदमा पुगेपछि यी विषयहरूमा सुधारका लागि काम गर्ने उनले बताइन् ।

समीक्षाको मान्यता छ, जब सेवा प्रणाली सुधार हुन्छ, जब सुशासन स्थापित हुन्छ, जब भ्रष्टाचार अन्त्य हुन्छ, नागरिकले खोजेको डेलिभरी, नागरिकले खोजेको घरघरमा सिंहदरबार भनौँ, शासन प्रशासन चाहिँ पुगेको अनुभूत हुन्छ । तर, हाम्रा ऐनहरूमा एकदमै धेरै लुपहोल्सहरू भएको उनको ठम्याइ छ । ‘ऐनहरू एकदम जटिल छन् । अब त्यो सबै विषयलाई चाहिँ हामी सांसदको रूपमा त्यो जटिलतालाई चिरेर नयाँ सिम्प्लिफाइड वेमा काम गर्न सजिलो वातावरण निर्माण गर्नुपर्ने छ,’ उनले थपिन् ।

समीक्षाका लागि संसदीय अभ्यास नयाँ र एकदमै महत्त्वपूर्ण अभ्यास बनेको छ । एक सांसदले नीतिगत रूपमा सुधारका धेरै कामहरू गर्न सक्छ । त्यो हुँदाहुँदै उनको काँधमा कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिको जिम्मेवारी पनि थपिएको छ । जसलाई मिनी पार्लियामेन्टको रूपमा पनि बुझिन्छ । यो देशको उज्ज्वल भविष्य निर्धारण गर्न अब १० वर्ष होइन २० वर्षमा हामीले राज्यलाई कतातिर लिएर जाने भन्ने किसिमका कानुनहरू निर्माण गर्न आफू प्रतिबद्ध रहेको उनले बताइन् ।

सँगसँगै यो संविधानले प्रदत्त गरेका अधिकारहरू, त्यसको मौलिक हकका कुराहरू, मानवअधिकारका विषयहरू र यसको स्थिति, न्याय प्रशासनका सबै विषयहरूमा अध्ययन गरेर यसलाई छिटो छरितो बनाउन र सुशासन कायम गर्न अर्जुन दृष्टि लिएर अगाडि बढ्ने प्रतिबद्धता उनले दोहोर्‍याइन् ।

यो कार्यकाल समीक्षालाई विशेष लागिरहेको छ । ०८४ सालमा हुने चुनाव ८२ मा आयो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले जेनजी पुस्ताको मागलाई सम्बोधन गरेर चुनाव भएको थियो । जेनजी पुस्ताको दुइटा माग थियो, एउटा सुशासन, अर्को भ्रष्टाचार अन्त्य । ती मुद्दा उनी आबद्ध पार्टीले उठाइराखेको थियो ।

सरकारले सय बुँदेमा सुशासन, सेवा प्रणाली सुधार गर्ने, भ्रष्टाचार अन्त्य गर्ने कुरालाई सबैभन्दा प्राथमिकतामा राखेको छ । अबको पाँच वर्षमा यसको कार्यान्वयनमा जोड दिने उनी बताउँछिन् । ‘यी विषयमा हामीले मूलभूत काम गर्न सक्यौँ र नागरिकको साँच्चिकै अवस्था परिवर्तन गर्न सक्यौँ भने अबको १० वर्षपछाडि या २० वर्षपछाडि नेपालको स्वरूप फरक हुनेछ,’ उनले भनिन् ।

समीक्षाको बुझाइमा जनताले यो सरकारसँग आशा गर्ने ठाउँ शत प्रतिशत छ । जनताको समस्यामा राजनीति गर्न आएको होइन, समाधानमुखी राजनीति गर्न आएको उनी बताउँछिन् ।

हिजोका दिनमा जुन समस्या थिए, ती समस्यालाई चिरेर ती समस्याको समाधान दिन आएको उनले प्रस्ट्याइन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले दिएको एक–एक मतको सबैले पालना गर्ने, खेर जान नदिने बाचा गरिन् ।

एक वर्षमा गर्न नसकिने कामहरू गएको एक महिना, डेढ महिनामा गरिसकेको उदाहरण दिँदै उनले भनिन्, ‘यही रफ्तारमा सबै कर्मचारीतन्त्र हिँड्नुपर्छ । हाम्रो एउटै मात्र उद्देश्य छ: मेरा,मेरो को व्यक्ति बन्छ–बन्दैन भन्दा पनि यो देशको हरेक नागरिकले राम्रो शिक्षा, स्वास्थ्य पाउने वातावरण हुनुपर्‍यो, गरी खान पाउनुपर्‍यो र रोजगारी सिर्जना हुनुपर्‍यो । यसका लागि केही समय लाग्छ ।’

यो पनि पढ्नुहोस्

छुवाछूत अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

५ घण्टा अगाडि
नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक निकाल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक