सोम, जेष्ठ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एभरेष्ट इन्जिनियरिङमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न  

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
एभरेष्ट इन्जिनियरिङमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न   
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर ।  सानेपा स्थित एभरेष्ट इन्जिनियरिङ कलेजले सन् २०२५ शैक्षिक सत्रका भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम तथा सन् २०२१ ब्याचका विद्यार्थीहरूका लागि बिदाइ कार्यक्रम आज प्रज्ञा भवन, कमलादिमा सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नेपालका इन्जिनियरिङ र आर्किटेक्चर विधाका परामर्शदात्री निकायहरूको साझा संस्था स्काफ-नेपालका अध्यक्ष इन्जिनियर ठाकुर प्रसाद शर्मा प्रमुख अतिथिको रूपमा उपस्थित भई कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उद्घाटन मन्तव्यमा इन्जिनियर शर्माले नवआगन्तुक विद्यार्थीहरूलाई अनुशासित हुन र पढाई सकिएका विद्यार्थीहरूलाई आफ्नो तथा कलेजको व्यावसायीक प्रतिष्ठा उच्च हुने गरी काम गर्न सुझाव दिनु भयो।

कार्यक्रममा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, चेस तथा डोरीतान्ने (टग-अफ-वार) लगायत विभिन्न खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पदक वितरण गरिएको थियो। साथै, निबन्ध प्रतियोगिता तथा सनातक तहको अन्तिम वर्षमा सम्पन्न गरिने परियोजनामा उत्कृष्ट भई विजेता भएकाहरूलाई पनि बेष्ट प्रोजेक्ट प्रमाणपत्र र पदकद्वारा सम्मान गरिएको थियो।

कलेजले शैक्षिक वर्ष २०२५ मा भर्ना भएका सम्पूर्ण विद्यार्थीहरूलाई खादा लगाई स्वागत गरेको थियो। विश्वविद्यालयले लिने सत्रान्त परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने तथा बोर्ड परीक्षामा उच्च ग्रेड ल्याउने विद्यार्थीहरूलाई पनि खादा तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। त्यसैगरी, शैक्षिक वर्ष २०२१ मा बि.ई. सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ तथा सूचना प्रविधि इन्जिनियरिङमा भर्ना भएका विद्यार्थीहरूलाई कलेजले खादा तथा मायाको चिनो सहित बिदाइ गरेको थियो।

औपचारिक कार्यक्रम सम्पन्न भएपछि विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरी आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए।

स्वागत तथा बिदाइ कार्यक्रम कलेजका प्राचार्य प्रा. डा. हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन कलेजका शिक्षक इन्जिनियर नुजहत अहमद तथा कम्प्युटर विभागका विभागीय प्रमुख इन्जिनियर मुकुन्द पौडेलले गर्नुभएको थियो।

यो पनि पढ्नुहोस्

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

१ हप्ता अगाडि
नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुई दिने चिकित्सक सङ्घकाे सम्मेलन आयोजना हुने

मुद्राको विनिमयदर सार्वजनिक

क्यान महासंघमा नेतृत्व परिवर्तन

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीशहरूलाई आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक