काठमाडौं । नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलामा दुई लाख ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेर पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाइएकाे छ ।


