काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्याएको छ ।
सूचना प्रवाहलाई सरल र पहुँचयोग्य बनाउन भन्दै पनिकाले TU Office of the Controller of Examinations नामको पेज सञ्चालनमा ल्याएको हो ।
यस पेजमा परीक्षासँग सम्बन्धित सूचना, परीक्षाको नतिजा तथा अन्य महत्त्वपूर्ण जानकारीहरू नियमित रूपमा प्रकाशन गरिने परीक्षा नियन्त्रक प्रा. डा. लक्ष्मण पौडेलले जानकारी दिए ।


