काठमाडौं । साताकाे अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेको छ ।
यो मूल्य बढेसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला ५ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २७५ रुपैयाँ पुगेको छ । यसअघि गत शुक्रबार चाँदीको भाउ प्रतितोला ४ हजार ९४५ रुपैयाँ थियो ।

