शुक्र, बैशाख २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

लिपुलेक कसको ? तथ्य र प्रमाण हेरौं !

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे
नेपालका भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले लामो समयदेखि अतिक्रमण गर्दै आएको छ । नेपालले यी भूभागलाई आफ्नो रहेको दाबी गरे पनि भारतले न जवाफ दिएको छ न त समस्या समाधानका लागि कुनै प्रयास नै चालेको छ । उल्टै यी स्थानमा सडकलगायतका पूर्वाधार निर्माणमा जोड दिएको छ । भारतीयहरु यसअघि नेपालको बाटो हुँदै चीनस्थित मानसरोवर यात्रा जाने गरेकोमा अब कालापानी, लिपुलेक हुँदै मानसरोवर जाने भएका छन् । यसले पछिल्लो समय विवाद पुनः चर्काएको छ ।
भारत र चीन मिलेर नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर यात्रा खुला गरेपछि सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि रहेको अडानलाई दोहो¥याएको छ । भारतले नेपालको दाबीलाई ऐतिहासिक र तथ्य एवं प्रमाणमा आधारित नभएको भन्दै त्यसलाई अस्वीकार गरेको भोलिपल्ट नेपाल सरकारको प्रतिक्रिया आएको हो । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्राको तयारी गरिएपछि परराष्ट्र मन्त्रालयले त्यसको विरोध जनाउँदै आइतबार दुवै छिमेकीलाई ‘कूटनीतिक नोट’ पठाएको थियो । जसमा महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार अडिग रहेको उल्लेख थियो ।
नेपालले सन् १८१६ को सुगौली सन्धिदेखि नै महाकाली नदी पूर्वको उक्त भूभाग नेपालको रहेको उल्लेख गरेको छ । नेपाली भूमि हुँदै गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको परराष्ट्रका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलद्वारा आइतबार जारी ‘प्रेस नोट’ मा उल्लेखका गरेका थिए ।
भारत र चीनबीच सन् १९६२ मा युद्ध भएपछि लिपुलेक विवादास्पद बन्दै आएको छ । खासगरी लिपुलेकका विषयमा नेपाल र भारतबीच विवाद छ । लिपुलेक नेपाल, भारत र चीन त्रिदेशीय विन्दुमा अवस्थित छ । सन् १९६२ मा चीनसँग युद्ध हुँदा लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा प्रवेश गरेको भारतीय सेना युद्ध सकिएपछि त्यहाँबाट हटेको छैन । तर, सन् १८१६ मा इस्ट इन्डिया कम्पनीसँग गरिएको सुगौली सन्धिले पनि लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्थापित गरेको छ । विभिन्न कालखण्डका सन्धिसम्झौता, नक्सा र अन्य आधिकारिक कागजपत्रबाट पनि यो भूभाग नेपालको रहेको स्पष्ट हुन्छ ।
नेपालले यो क्षेत्रलाई आफ्नो संविधानमा समेत समावेश गरेको छ र आधिकारिक नक्सा जारी गरेको छ । तर, भारतले यो क्षेत्र आफ्नो नियन्त्रणमा राख्दै आएको छ । २०२० मा नेपालले नयाँ नक्सा जारी गरेपछि यो विवाद थप चर्कियो । २०१५ मा भारत र चीनबीच लिपुलेक हुँदै व्यापार गर्ने सम्झौता भयो । नेपाललाई कुनै सल्लाह नदिई यो निर्णय लिइयो । २०२५ मा फेरि भारत र चीनले लिपुलेक हुँदै व्यापार पुनः सुरु गर्ने र कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने घोषणा गरे । २०२६ मा पनि यो मुद्दा जीवित छ । नेपालले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएर आपत्ति जनाएको छ । नेपालको परराष्ट्र मन्त्रालयले स्पष्ट भनेको छ, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी महाकाली नदीको पूर्वमा पर्छन् र नेपालको अभिन्न अंग हुन् ।’ यो क्षेत्रमा कुनै पनि गतिविधि गर्नुअघि नेपालसँग परामर्श गर्नुपर्ने माग गरिएको छ । तर, भारतले अस्वीकार त गर्दै आएको छ, अर्को छिमेकी चीनले पनि यो विवाद भारत–नेपालबीचको द्विपक्षीय विषय हो भन्दै आफूलाई अलग राख्ने प्रयास गरेको छ । एक चीन नीतिलाई समर्थन गर्दै आएको नेपालाई चीनको यो सरासर धोका हो ।
भारतले पनि कालापानी लगायत भूभागलाई विवादित क्षेत्रको रुपमा स्वीकारेको छ । त्यसविपरीत भारत र चीनले लिपुलेक क्षेत्र प्रयोगको बारेमा आपसी समझदारी गरेका छन्, जुन आपत्तिजनक छ । दुई ठूला छिमेकी भारत र चीनले बीचमा रहेको सानो छिमेकी नेपालमाथि थिचोमिचो गर्ने सहमति गरेको रुपमा यसलाई बुझ्न सकिन्छ । यसले आगामी दिनमा दुई ठूला देश मिलेमा नेपालसम्बन्धी अरु आपत्तिजनक सम्झौता हुनसक्ने जोखिम छ ।
नेपाल र भारतबीच विभिन्न तहमा हुने बैठकमा सीमा विवाद उठ्ने गरेका छन् । तर भारतले अन्य कुरालाई प्राथमिकता दिँदै सीमा विवाद पछि सुल्झाउने भन्दै थाँती राख्दै आएको छ । सीमा विवादको समाधान वार्तामा खोज्न दुवै पक्ष सहमत छन् । त्यसैले त्यो भूभागलाई लिएर नेपालको सहमति नलिई भारत र चीनले सहमति गर्न मिल्दैन । अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै तेस्रो पक्षका विषयमा दुईवटा पक्ष मिलेर कुनै निर्णय गर्न मिल्दैन । यसमा थर्ड पार्टीको पनि सहमति चाहिन्छ । स्थापित सिद्धान्त र अन्तर्राष्ट्रिय कानुन अनुसार नेपाल र भारतबीच विवाद भइरहेको विषयमा चीन प्रवेश गर्न मिल्दैन । चीनलाई प्रवेश गराउने हो भने भारत र नेपाल दुवैको सहमति आवश्यक पर्छ । त्यसैले नेपालले चीन र भारत दुवैसँग संवाद गर्न आवश्यक छ । यसअघि पनि भारत र चीनले लिपुलेकलाई लिएर द्विपक्षीय व्यापार विस्तार गर्ने सम्बन्धमा सहमति गरेका थिए । यस्ता विवादास्पद गतिविधि रोक्न पनि नेपालले दुवै छिमेकीसँग गम्भीर ढंगले छलफल गर्न आवश्यक छ ।

यो पनि पढ्नुहोस्

सीमा समस्या समाधान गर्न सरकार प्रतिबद्ध

सीमा समस्या समाधान गर्न सरकार प्रतिबद्ध

२ घण्टा अगाडि
विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतहरू पदमुक्त

विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतहरू पदमुक्त

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

विपिन हत्या प्रकरणमा संलग्न तीन जना पक्राउ

यस बर्षकाे तेस्रो भाषा दिवस भव्य रूपमा मनाइयाे

सुनचाँदीको मूल्य बढ्याे

संघीय सदनको संयुक्त बैठक सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक