आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

बालेन सरकारको जनअपेक्षित कदम !

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
Reading Time: 1 min read
0
लोकतन्त्रमा दलका नेता, सांसद र सभामुखको भूमिका !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा रहेको सरकारले चैत १२ गते अगाडि नियुक्त १ हजार ५९४ सार्वजनिक पदाधिकारीहरूलाई एकै झट्कामा पदमुक्त गर्ने अध्यादेश जारी गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ ले राजनीतिक नियुक्तिका भरमा राज्यका विभिन्न निकायमा बसेका व्यक्तिहरूलाई स्वतः पदमुक्त गरेको हो । यो कदमलाई आम जनताले स्वागत गर्दै ‘जनअपेक्षित’ भनेका छन् ।
यो अध्यादेशले प्रचलित कानुनबमोजिम नियुक्त वा मनोनयन भएका पदाधिकारीहरूलाई यो प्रारम्भ भएपछि स्वतः पदमुक्त हुने व्यवस्था गरेको छ । पदमुक्त भएको सूचना सम्बन्धित मन्त्रालयको सचिव वा अख्तियारीप्राप्त अधिकारीले दिनेछन् । संसद् अधिवेशन नभएको अवस्थामा तत्काल कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकताका आधारमा यो अध्यादेश ल्याइएको सरकारको भनाइ छ । प्रधानमन्त्री बालेनले यसलाई प्रशासनिक सुदृढीकरण र राज्य संयन्त्रलाई नयाँ गति दिने उद्देश्यले चालिएको कदम भनेका छन् ।
नेपालको राजनीतिक इतिहासमा पटक–पटक देखिने ‘आफ्ना मान्छे’ लाई नियुक्त गर्ने र राज्यका स्रोत–साधन दोहन गर्ने प्रवृत्तिविरुद्ध यो ठूलो झट्का हो । विगतका सरकारहरूले आयोग, समिति, निगम, बैंक, विश्वविद्यालय र विभिन्न सार्वजनिक संस्थानमा राजनीतिक आसेपासे र कार्यकर्तालाई भर्ती गरेर राज्यलाई बोझ बनाएका थिए । यस्ता पदमा बसेकाहरूले योग्यता र क्षमताभन्दा पार्टी निष्ठालाई प्राथमिकता दिए । परिणामस्वरूप सेवा प्रवाहमा ढिलासुस्ती, भ्रष्टाचार र अक्षमता हाबी भयो । आम नागरिकले दैनिक सरकारी कामकाजमा सास्ती खेप्नुपर्ने अवस्था आयो । बालेन सरकारको यो कदमले त्यही विकृति चिर्ने प्रयास गरेको देखिन्छ ।
यो निर्णयको सबैभन्दा ठूलो पक्ष भनेको यसको ‘एकमुष्ट’ र ‘तत्काल’ स्वभाव हो । एउटै अध्यादेशबाट सयौं पद खाली गर्दा कुनै व्यक्तिगत हमला नभई प्रणालीगत सुधारको सन्देश गएको छ । यसले नयाँ र योग्य व्यक्तिलाई अवसर दिने बाटो खोलेको छ । युवा प्रधानमन्त्री बालेनले निर्वाचनअघि ‘सिस्टम चेन्ज’ को नारा दिएका थिए । सिंहदरबार प्रवेशपछि उनी त्यही वाचा पूरा गर्ने दिशामा अघि बढेका छन् भन्ने प्रमाण यो अध्यादेश हो । जनताको अपेक्षा पनि यही थियो । वर्षौंदेखि राजनीतिक दलहरूको भागबण्डामा राज्य संयन्त्र भरिएको देखेर जनता थकित थिए । यस्तो बेलामा बालेन सरकारले राजनीतिक नियुक्ति कटौती गर्दै प्रशासनिक सफाइ गर्ने कदम चालेको छ ।
एक हजारभन्दा बढी पद खाली हुँदा ती पदमा योग्य र निष्पक्ष व्यक्ति भर्ना गर्न सक्ने क्षमता सरकारसँग छ कि छैन ? यो अबको चुनौती छ । बालेन सरकारको यो कदमले नेपालको शासन प्रणालीमा नयाँ आशा जगाएको छ । यदि यसलाई निरन्तरता दिँदै भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह सुधार र योग्यतामा आधारित नियुक्ति प्रणाली लागू गर्न सके भने इतिहासमा ‘परिवर्तनकारी सरकार’ को रूपमा सम्झिइनेछ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

७ घण्टा अगाडि
हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक