काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्।
पौडेलले अध्यादेशका केही प्रावधानप्रति असहमति जनाउँदै पुनर्विचारका लागि आइतबार फिर्ता गरेका थिए। सरकारले सोमबार जस्ताको तस्तै पुन: स्वीकृतिका लागि पठाएपछि पौडेलले मङ्गलबार जारी गरेका हुन्।
यसअघि उनले सात वटा अध्यादेश राजी गरेका थिए।



