काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले सामूहिक राजीनामा दिएका छन् ।
सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि त्रिविका पदाधिकारीले एक साथ राजीनामा दिएका हुन् ।
त्रिविका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिएका हुन्। नयाँ सरकारलाई काम गर्न सहजताको लागि आफूहरुले मार्गप्रशस्त गरिदिएको एक पदाधिकारीले बताए ।


