सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार शिक्षा

अस्थायी शिक्षक महासंघले १५ बुँदे घोषणा पत्र जारी

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
अस्थायी शिक्षक महासंघले १५ बुँदे घोषणा पत्र जारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघले सरकारलाई आफ्ना मागहरु संबोधन गर्न माग गरेको छ । आईतवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी पहिलो चरणमा सरकारलाई ध्यानाकर्षण गराउने र त्यसपछि संघर्षका कार्यक्रमहरु अगाडि बढाउने चेतावनी दिएको छ ।

शनिबार काठमाडौंमा भएको भेलामार्फत संयोजकमा निर्वाचित भएका विष्णु खत्रीले विगत लामो समयदेखि आफूरुले विभिन्न माग राखेर आन्दोलन गर्दै आएको तर सरकारले संबोधन नगरेकोप्रति रोश व्यक्त गरेका छन् । खत्रिले नेपाल शिक्षक महासंघले अस्थायी तथा राहत शिक्षक कर्मचारीहरुलाई वेवास्ता गरेसँगै आफूहरु छुट्टै महासंघ बनाउन बाध्य भएको बताउँदै भने,“विगतका ठूला आन्दोलनमा महासंघले हामीलाई सौतेनी व्यवहार गरेकाले नयाँ साझा संगठन बनाएकाछौं सबैलाई एक ठाउँमा आउन अनुरोध गर्दछौं ।”

खत्रीले नेपाल शिक्षक महासंघले अस्थायी शिक्षक तथा कर्मचारीहरुलाई अन्याय गरेकाले आफूहरुले ट्रेड यूनियन अधिकारको रक्षाका लागि स्वतन्त्र रुपले लाग्नु परेको बताए । स्थायी र अस्थायीबीच नै विभेदकारी अवस्था रहेको बताउँदै खत्रीले भने,“स्थायी भनेपछि जे गरे पनि हुने र अस्थायीको भविष्य ‘आज हो कि भोलि’ भन्ने अवस्थाले हामी असुक्षित भयौं, नयाँ सरकारले यस्तो विभेदको अन्त्य गर्ने र सम्पूर्ण अस्थायी शिक्षक तथा कर्मचारीहरुलाई  वैधानिकरुपमा पेशागत निरन्तरतमा जोड्दै सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्ने विश्वाश छ ।”

नेपाल रहत शिक्षक राष्ट्रिय समितिका संरक्षक खेमराज अधिकारीले वर्षौंदेखि राज्य तथा स्वयम शिक्षक महासंघबाटै अस्थायी शिक्षकहरु अपहेलित भएकाले अस्थायी प्रकृतिका शिक्षक कर्मचारिहरुको छुट्टै महासंघ गठन गर्नुपरेको जानकारी दिए ।

समितिका वरिष्ठ उपाध्यक्ष लालबहादुर श्रेष्ठले सामुदायीक विद्यालयमा स्थायी भन्दा अस्थायी र राहत शिक्षकहरुले गुणस्तरीय शिक्षा दिने तर उनिहरुले नै अन्याय खेप्नु दुर्भाग्य भएको बताए ।

राहत शिक्षक राष्ट्रिय समितिका महासचिव जीवन तिमल्सिनाले राहत तथा अस्थायी शिक्षक–कर्मचारीहरुलाई सेवापश्चात खालि हात घर पठाउने भन्दा ‘गोल्डेन हेन्डसेक’को व्यवस्था गरिनुपर्ने माग गरे ।
संघीय शिक्षण सिकाई अनुदानका प्रतिनिधि तथा महासंघका सदस्य शंकर जिसीले घोषणा पत्र बाचन गर्दै सरकारले शिक्षकहरुको पेशागत निरन्तरता र सामाजिक सुरक्षाको ग्यारेण्टी गरे मात्रै शिक्षामा गुणस्तर बढ्ने बताए ।

दलगत गतिविधिमा पूर्ण असंलग्नता, ट्रेड यूनियन अधिकारको रक्षा, गोल्डेन हेण्डसेकको व्यवस्था, सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्तालगायतका १५ बुँदुे थापा गाउँ घोषणापत्र जारी गर्दै महासंघले आफ्ना माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

यो पनि पढ्नुहोस्

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचन सम्मानित

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचन सम्मानित

१ घण्टा अगाडि
कक्षा १२ को अन्तिम वार्षिक परीक्षा आजदेखि सुरु

कक्षा १२ को अन्तिम वार्षिक परीक्षा आजदेखि सुरु

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नाई मलाई त्यही पार्टी चाहिन्छ

देशका विभिन्न स्थानमा  बदली

बिपी राजमार्ग अझै संचालनमा आउन सकेन

सांसदहरू जनताको ‘नोकर’ भएको स्मरण

ओली र लेखक पक्राउ पुर्जीको आधार नदेखिएको जिकिर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक