काठमाडौं । सशस्त्र प्रहरी बलका सात एसपी (उपरीक्षक) एसएसपी –बरिष्ठ उपरीक्षक) बढुवाका लागि सिफारिस भएका छन् ।
६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस भएपछि रिक्त ६ एसएसपी र पहिल्यै रिक्त १ एसएसपी गरी ७ एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।
सिफारिस सूची अनुसार पहिलो नम्बरमा दीपक कुमार थापा, दोस्रो नम्बरमा सुधीर सुवेदी, तेस्रो नम्बरमा महेश केसी, चौथो नम्बरमा प्रकाश कुमार सुवेदी, पाँचौं नम्बरमा चित्राङ्गत दहाल, छैटौं नम्बरमा सुभाष भण्डारी र सातौं नम्बरमा प्रदीप सिंह कार्की छन् ।


