शुक्र, बैशाख ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

ध्यान पुगोस् बजेटमा विभेद नहोस् !

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
राजनीतिमा नयाँ र पुरानाबीच भिन्नता यही हो !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-सबि भट्टराई

सरकारले आगामी वर्षको बजेटको लागि तयारी थालेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीहरुसँग भेटघाट गर्दै बजेटबारे छलफल गरेका छन् । यी सबै कार्य हुँदा हामीले बुझ्नु पर्छ, राज्यको वार्षिक बजेट केवल आय–व्ययको विवरण मात्र होइन, यो देशको विकासको दिशानिर्देशक दस्तावेज हो । यसले कुन क्षेत्र प्राथमिकतामा पर्छ, कसको जीवनस्तर सुधार हुन्छ, र कुन समुदाय फेरि पनि पछाडि पर्छ भन्ने निर्धारण गर्छ । त्यसैले बजेट बनाउँदा निष्पक्षता, पारदर्शिता र समावेशी दृष्टिकोण अनिवार्य हुन्छ । तर पछिल्ला केही वर्षका अभ्यास, नीति निर्माणको ढाँचा र खर्चको वितरण हेर्दा बजेटमा प्रत्यक्ष वा अप्रत्यक्ष विभेद भइरहेको देखिन्छ । एकातिर, बजेटमा प्राथमिकता निर्धारण गर्दा पहुँच र प्रभावका आधारमा निर्णय हुने गरेको आरोप बारम्बार उठ्ने गरेको छ । पहुँच भएका क्षेत्र, नेता वा समूहले बढी स्रोतसाधन प्राप्त गर्ने र दुर्गम तथा आवाज कमजोर भएका समुदायहरू उपेक्षित हुने प्रवृत्ति नयाँ होइन । यस्तो अभ्यासले विकासको असन्तुलन मात्र होइन, राज्यप्रतिको भरोसा पनि कमजोर बनाउँछ ।

अर्कोतर्फ, पुराना दलले दिवंगत नेताको नाममा चन्दा संकलन गरी राज्य कोषमा जम्मा हुने घटनाले राज्य व्यवस्थापनको नैतिकता र पारदर्शितामाथि प्रश्न उठाएको छ । राज्य कोषमा आउने स्रोतहरू कसरी संकलन हुन्छन्, कसको नाममा र किन संकलन गरिन्छ भन्ने विषयमा स्पष्टता नहुँदा नागरिकमा भ्रम र अविश्वास बढ्छ । यदि यस्तो रकम पनि बजेटमार्फत वितरण हुन्छ भने त्यसको उपयोगमा थप जिम्मेवारी र निष्पक्षता आवश्यक हुन्छ । तेस्रो प्रसंग, पछिल्लो आर्थिक गतिविधि र राजस्व संकलनको अवस्थाले देखाउँछ कि देश आर्थिक दबाबमा छ ।

राजस्व लक्ष्यभन्दा कम उठ्ने, वैदेशिक ऋणमा निर्भरता बढ्ने र विकास खर्च प्रभावकारी रूपमा कार्यान्वयन नहुने समस्या यथावत् छ । यस्तो अवस्थामा बजेट झन् संवेदनशील विषय बन्छ, किनकि सीमित स्रोतको न्यायोचित वितरण अत्यन्तै महत्वपूर्ण हुन्छ । नेपालमा बजेट विनियोजनको ठूलो हिस्सा ‘पहुँच’ ले निर्धारण गर्ने गरेको आरोप छ । शक्तिशाली नेता वा प्रभावशाली क्षेत्रले ठूलो आयोजना, सडक, पुल वा अन्य पूर्वाधार पाउँछन्, जबकि वास्तविक आवश्यकता भएका क्षेत्रहरू पछि पर्छन् । उदाहरणका लागि, कर्णाली वा सुदूरपश्चिमका दुर्गम जिल्लाहरू अझै पनि आधारभूत स्वास्थ्य सेवा, शिक्षा र यातायातबाट वञ्चित छन् । तर बजेटमा ती क्षेत्रलाई प्राथमिकतामा राख्नेभन्दा पनि राजनीतिक प्रभाव भएका क्षेत्रमा योजनाहरू केन्द्रित हुने देखिन्छ । यदि बजेट निर्माणको आधार ‘आवश्यकता’ हो भने, देशको सबैभन्दा पछाडि परेको क्षेत्रले पहिलो प्राथमिकता पाउनुपर्छ । तर व्यवहारमा ठीक उल्टो भइरहेको छ । यही नै विभेदको जड हो । नेपालको विकासमा क्षेत्रीय असन्तुलन स्पष्ट देखिन्छ । काठमाडौं उपत्यका र केही प्रमुख सहरहरूमा पूर्वाधार, सेवा र अवसर केन्द्रित छन् । ग्रामीण भेगहरूमा अझै पनि आधारभूत सुविधा अभाव छ । बजेटले यो खाडल घटाउनुपर्ने हो, तर धेरैजसो अवस्थामा यसलाई झन् फराकिलो बनाउने काम भइरहेको छ । बजेटको ठूलो हिस्सा शहरी पूर्वाधारमा खर्च हुने, तर ग्रामीण क्षेत्रमा न्यून लगानी हुने प्रवृत्तिले दीर्घकालीन रूपमा असमानता बढाउँछ । यसले ग्रामीणबाट शहरी बसाइँसराइलाई तीव्र बनाउँछ, जसले अर्को समस्या अनियोजित शहरीकरणलाई जन्म दिन्छ । बजेट निर्माणमा राजनीतिक प्रभाव अत्यधिक हुने गरेको छ । कुनै मन्त्री वा नेताले आफ्नो निर्वाचन क्षेत्रमा बढी बजेट लैजान प्रयास गर्नु स्वाभाविक भए पनि, यसले समग्र राष्ट्रिय हितलाई ओझेलमा पार्न सक्छ । बजेट राष्ट्रिय दस्तावेज हो, व्यक्तिगत वा क्षेत्रीय स्वार्थको साधन होइन । जब बजेट राजनीतिक सौदाबाजीको माध्यम बन्छ, तब वास्तविक आवश्यकता, दीर्घकालीन योजना र समावेशी विकासको लक्ष्य कमजोर हुन्छ । यसले अन्ततः राज्य प्रणालीप्रति नागरिकको विश्वास घटाउँछ । बजेट प्रक्रियामा पारदर्शिता अझै पनि कमजोर छ । योजना कसरी छनोट हुन्छन्, कुन आधारमा रकम विनियोजन हुन्छ, र कार्यान्वयनको अवस्था के छ भन्ने विषयमा स्पष्ट जानकारी नागरिकले सहज रूपमा पाउँदैनन् । यदि बजेट प्रक्रियामा नागरिकको सहभागिता बढाइयो भने विभेद घटाउन सकिन्छ । स्थानीय तह, नागरिक समाज र सरोकारवाला समूहहरूको सुझावलाई प्राथमिकता दिँदा बजेट बढी समावेशी र यथार्थपरक बन्न सक्छ । यसमा बालेन सरकारले ध्यान पु¥याउन आवश्यक छ । बजेट विनियोजन गर्दा स्पष्ट सूचकहरू तय गर्नुपर्छ, गरिबी दर, भौगोलिक कठिनाइ, सेवा पहुँच, मानव विकास सूचकांक आदि । यी आधारमा स्रोत वितरण गरियो भने विभेद स्वतः घट्छ । पिछडिएका क्षेत्रका लागि विशेष कोष वा कार्यक्रम सञ्चालन गर्नुपर्छ । यसले विकासको खाडल घटाउन मद्दत गर्छ । बजेट निर्माणदेखि कार्यान्वयनसम्म सबै प्रक्रिया खुला र पारदर्शी हुनुपर्छ ।

नागरिकलाई जानकारी दिने र निगरानी गर्ने व्यवस्था बलियो बनाउनुपर्छ । बजेटलाई राजनीतिक प्रभावबाट जोगाउन स्वतन्त्र र प्राविधिक निकायको भूमिका बढाउनुपर्छ । दीर्घकालीन राष्ट्रिय योजना प्राथमिक हुनुपर्छ ।

यो पनि पढ्नुहोस्

बागमतिमा रहेको सुकुम्बासी बस्ती हटाउने प्रक्रिया सुरु

बागमतिमा रहेको सुकुम्बासी बस्ती हटाउने प्रक्रिया सुरु

४८ मिनेट अगाडि
राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

संसद् अधिवेशन स्थगन

५२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मन्त्रिपरिषदकाे बैठकका निर्णयहरू

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेनजी आन्दोलन घटनाका कारबाही गर्न ‘छिट्टै’ सिफारिस गर्ने

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

गृहमन्त्री गुरुङले जारी गरे स्पष्टीकरण

चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक