बिहि, बैशाख १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

मातृ दिवसको परम्परा र आजको सन्दर्भमा यसको महत्व

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

-लाेकनारायण सुबेदी

आमाको सम्मान गर्ने, सुस्वास्थ्य दीर्घायु तथा सुख समृद्धिको कामना गर्ने दिन, मुख हेर्ने दिन हरेक बर्षआउँदछ ।  मातृजाति अर्थात महिलाहरुको सम्मान गर्ने दिनको रुपमा पनि यस पर्वलाई लिन सकिन्छ । हाम्रो पुरानो मान्यतामा आमा, बुबा, गुरु र अतिथिलाई देवता सरह मान्नु पर्दछ र सम्मान गर्नुपर्दछ भन्नेे धारणा पनि छ । त्यसमा पनि हाम्रो पूर्वीय दर्शनमा आमा र मातृभूमिलाई स्वर्गभन्दा पनि महान अर्थात ठूलो मानिन्छ mother and motherland are greater than haven पनि भन्ने गरिएको छ । यसलाई पूर्वीय शास्त्रामा  : ‘जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी’ भनिएको छ । शास्त्रमा त अर्को के कुरा पनि भनिएको छ भने – ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अर्थात जहाँ नारीको सम्मान हुन्छ, पूजा हुन्छ त्यहाँ देवताहरु पनि खुशी हुन्छन् भनिएकाे छ ।  जनबोलीमा यो  पर्वलाई आमाको मुख हेर्ने दिन पनि भन्ने गरिएको छ । मुख हेर्ने भनेको केही न केही उपहार दिएर आमालाई प्रसन्न तुल्याउने या खुशी  राख्ने दिन हो यो । औसीको दिन यो पर्व पर्ने र मनाइने गरेकोले यसलाई मातातिर्थे औसी अर्थात (मदर पिल्ग्रिमेज) को रुपमा आमालाई तीर्थ मानेर देवता मानेर दर्शन भेटघाट गर्न जाने दिनको रुपमा पनि यसलाइ लिइन्छ  । त्यसैले जसका आमाहरु छन् उनीहरुले आ-अफ्नाआमालाई नयाँ लुगाफाटो लगायतका उपहार दिने, फलफूल लगायत मीठो पक्वान्न बनाएर खुवाउने चलन हामीकहाँ प्रचलित छ । खाशगरी बिवाहित छोरीचेलीहरु आजको दिन आफ्नी जन्म दिने आमाको मुख हेर्न कोशेली उपहार बोकेर माइत जाने चलन पनि ब्यापक छ । त्यसैले आमाको मुख हेर्ने दिनमा बजारमा मिर्ठाई र फलफूलको ब्यापार पनि निकै बढ्दछ । बजार निकै चम्किन्छ ।

आमाको सम्मान गर्ने यो परम्परा हामीकहा मात्रै होइन बिश्वका बिभिन्न देशमा बिभिन्न किसिमले मनाइने गरेको पाइन्छ । तर यसको अन्तरबस्तु भने आमाकाे  सम्मान र आदर नै हो । कतिपय देशहरुमा मदर डे मनाउनका लागि बिदा नै पनि दिने चलन छ । बिश्वका सबै महादेशका बिभिन्न देशहरुमा बिभिन्न किसिमले आमाको सम्मान र श्रद्धा गर्ने प्रचलन रहेका छन् । उल्लेखै गर्ने हो भने चीन भारत, ग्रीस, इरान, जापान, मेक्सिको, बोलिभिया, थाइल्याण्ड, रुमानियाँ, अमेरिका, क्यानाड, बृटेन, आयरल्यण्ड भियतनाम सबैतिर आमा पर्व मनाउने चलन रहेको छ । मातृ पूजोका यो रीति यसरी ब्यापक रहेको प्रष्ट छ ।

प्राचीन रोममा माताहरुलाई उपहार दिएर ‘जूनो’ देवतालाई समर्पित यो दिन छुट्टीकासाथ मनाउने गरिन्थ्यो । यूरोपमा खाशगरी बृटेमा आइतबारका दिन आमालाई सम्मान गर्ने गरिन्छ र त्यस दिनलाई ‘मदरिङ्ग सण्डे’ भन्ने गरिन्छ । यो मातृ दिवस कतिपय देशहरुमा आमालाई सम्मान दिएर आठ मार्चका दिन पनि मनाउने चलन छ, जुन दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पर्दछ । अमेरिकामा ‘मदर डे प्रोक्लामेशन’ सबैभन्दा पहिला जुलिया वार्ड होवेले गरेका थिए । उनले १८७० मा रचना गरेका मदर डे प्रोक्लामेशनमा अमेरिकी गृह युद्ध र फ्रान्को-प्रशियन युद्धमा भएका मारकाटमा जुन शान्तिबादी प्रतिकृया लेखिएको थियो त्यसमा महिलाहरुद्वारा समाजलाई नयाँ मोड दिने दायित्व मिल्ने कुरा उल्लेख थियो । अधिकांश देशहरुमा भने आधुनिकरुपमा यो मातृ दिवस मनाउन थालेको त्यत्ति धेरै भएको छैन । कतिपय देशमा स्वतन्त्रताको लडाई लडेका महिलाहरुको सम्मानमा पनि यो दिवस मनाइने गरेको छ।

चीनमा पनि यो मातृ दिवस निकै लोकप्रिय हुँदै गएको र यस दिन गरीब आमाहरुको मद्दतका लागि उनीहरुको स्मरण र सम्मान गर्न छुट्टी दिने चलन पनि रहेको छ। त्यहाँ यसलाई बृद्ध बृद्धाको सम्मानको रुपमा मनाउने प्रचलन छ। यसरी चीनमा यसलाई ‘मदर फेस्टिबल’ अर्थात माता पर्बको रुपमा मान्यता दिइएको छ ।

निश्चय पनि माताहरुको सम्मान गर्नु आफैमा एउटा राम्रो परम्परा हुँदै हो । त्यसमा पनि आजको उपभोक्तबादी युगमा सबै कुरा बजारमुखी हुदै गएको स्थितिमा पारिबारिक तथा सामाजिक भावनात्मक सम्वन्धलाई जीवन्त राख्न र सामाजिक सह-भावलाई कायम राख्न यस्ता पर्वको महत्व अझ बढ्न जान्छ । यसमा कुनै रुढीवादीता छैन । कुनै अन्ध बिश्वासको कुरा छैन । यो पर्व मानबीय छ । तर पनि यसलाई धर्म र जाति बिशेषको कुरा बनाउन नखोजिएको भने छैन । त्यसले गर्दा यसको जुन गरीमा हो त्यो सीमित र संकुचित भएर जाने डर छ । यस कुरामा भने ध्यान पुर्‍याउनु पर्ने आवश्यकता छ ।

आज महिला हक अधिकारको स्थापनाको कुरा चलिरहेको बेलामा, महिलाहरु र बाल बालिकाहरुको रक्षा, सुरक्षा र सम्मान के कसरी अझ राम्ररी गर्न सकिन्छ त्यसमा ध्यान दिन सकियो र महिलाहरुको मातृत्वको सम्मान गर्न सकियो भने वास्तवमा परम्पारादेखि चल्दै  आएको यो मातृपूजालाई केवल चल्दै आएको एउटा साँस्कतिक पर्वको रुपमा मात्रै होइन, आजको सामाजिक आवश्यकता र निरन्तरताको रुपमा पनि सार्थक तुल्याउन सकिन्छ । बिगतका असल परम्पराहरुलाई आजको बदलिदो समाजसँग गाँसेर लान सकियो भने मात्र त्यो फलदायी र चीरस्थायी पनि हुन्छ ।

महिलाहरुलाई हेप्ने, दुत्कार्ने, पारिबारिक, सामाजिक हिंसा गर्ने र उनीहरुलाई पछि पार्ने तथा गरीब र कमजोर महिलाहरुलाई बोक्सी डायनी आदिको रुपमा अपहेलना र दुर्ब्यवहार गर्ने जुन अमानबीय र गलत परम्परा छ त्यसलाई चिर्न सकियो भने मात्र वास्तवमा आज मातृ जातिको सम्मान गरेको सही ठहरिने छ । अन्यथा यो बर्षकाे एक दिन निर्वाह गरिने अर्थात् ‘श्राध्दमा बिरालो बाध्ने  परम्परा’ बाहेक अरु केही हुने छैन । समाज, राज्य र सरोकारवालाहरु सबैले यो कुरामा भने ध्यान दिनै पर्दछ । जय मातृजाति , जय मातृभूमि !

 

यो पनि पढ्नुहोस्

प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

डायस्पोरा बण्ड घोषणाले देशको अर्थव्यवस्थामा सकारात्मक परिणामको संकेत !

२ घण्टा अगाडि

अब कस्तो होला सुधारिएको कांग्रेस ?

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मन्त्रिपरिषदकाे बैठकका निर्णयहरू

जेनजी आन्दोलन घटनाका कारबाही गर्न ‘छिट्टै’ सिफारिस गर्ने

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

गृहमन्त्री गुरुङले जारी गरे स्पष्टीकरण

चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक