काठमाडौं । धादिङ, बेनीघाट रोराङ गाउँपालिका-९ सेलाजुङ् बस्ने बुधलाल चेपाङको छोरा ५ वर्षीय सबिन चेपाङको घर नजिकै रहेको सिचाई पानी ट्याङ्कीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
बझाङ, बित्थडचिर गाउँपालिका-१ माथिल्लो बित्थडचिर बस्ने गगन बोहराको छोरा ५ वर्षीय जेनिस बोहरा र सोही ठाउँ बस्ने सन्तोष बोहराको छोरी ६ वर्षीय प्रिन्सा बोहराको सोही ठाउँस्थित शौचालयको लागि खनेको खाडलमा रहेको पानीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


