शुक्र, जेष्ठ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्थानीय तहलाई गैरदलीय बनाउने माग अस्वीकार

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । स्थानीय तहलाई गैरदलीय बनाउने माग सर्वोच्च अदालतले अस्वीकार गरेको छ। वि.सं. २०७९ साल जेठमा दलीय आधारमा निर्वाचित भएका स्थानीय तहका ३६ हजारभन्दा बढी जनप्रतिनिधिहरुको पद खारेज गर्दै अब हुने चुनाव गैरदलीय आधारमा बनाउन माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको हो।

अधिवक्ता प्रकाश अधिकारीले एक वर्षअघि दायर गरेको रिट निवेदनमाथि अन्तिम सुनुवाइ गर्दै बुधबार संवैधानिक इजलासले रिट निवेदन नै खारेज गरेको हो।

कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुयाल, मोजकुमार शर्मा र नहकुल सुवेदीको इजलासले गैरदलीय स्थानीय तहको माग अस्वीकार गरेको हो।

अधिवक्ता अधिकारीले २०७२ सालमा जारी भएको नेपालको संविधानले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाको चुनाव दलीय आधारमा गर्नुपर्ने स्पष्ट व्यवस्था गरे पनि स्थानीय तहमा भने मौन बसेको छ। संविधानले नै स्थानीय तहको चुनाव गैरदलीय आधारमा हुनुपर्ने बाटो खोलेको अवस्थामा जबरजस्ती अरु चुनावको सिको गर्दै दलीय आधारमा बनाउनु असंवैधानिक भएको उनको जिकिर थियो।

अधिवक्ता अधिकारीले संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर स्थानीय तहमा दलीय आधारमा चुनाव हुने गरी बनाइएका कानुन, नियमावली र निर्देशिका एक मुष्ट खारेज गरेर दलविहीन तरिकाले चुनावमा जानुपर्ने जिकिर बुधबार बहसका क्रममा पनि गरेका थिए।

‘नेपालको संविधान, ऐनहरू, निर्देशिका, विश्वमा भएको व्यवस्था र विश्वका विविध देशहरूको स्थानीय तहहरू र नेपालको स्थानीय तहहरूको दलविहिन स्वतन्त्र स्थानीय तहको अभ्यासहरूलाई निस्तेज बनाउने गरी नेपालको संविधान, ऐनहरू, निर्देशिकाको मुल व्यवस्थालाई समाप्त पारि दलहरू र दलहरूको तर्फबाट गरिएका दल तथा दलिय प्रतिनिधि बदरका निम्ती अन्तरिम आदेश जारी गरीपाउँ त्यस्तै हालसम्मको निर्वाचन पक्रियालाई उत्प्रेषणको आदेशले खारेज गरी निर्वाचीत दलिय प्रतिनिधिलाई प्रतिषेधको आदेशले बदर गरी दलविहिन स्वतनत्र स्थानीय तह हुने गरी परमादेश जारी गरीपाउन सादर माग गर्दछु, उनले रिट निवेदनमा भनेका छन्।

छिमेकी भारतसहित विश्वका कतिपय देशले स्थानीय तहको चुनावमा गैरदलीय आधारमा गराउँदै आएका छन्।

यो पनि पढ्नुहोस्

राप्रपाको केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग

राप्रपा फेरि विभाजन

४ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

सेयर काराेबार घट्याे

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

न्यायालयमा भएको परिवर्तनले न्यायमा आशा जगाएको छ

तातो हावाको कारण कम्तिमा २० जिल्ला प्रभावित हुने पूर्वानुमान

ओमानको प्रमुख तेल टर्मिनलमा विष्फोट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक