-ईश्वरी सिंह
रास्वपाका सभापति रवि लामिछानेले प्रयोग गर्नु भएको ‘खिल निकाल्ने वर्ष हो,मज्जाले दुख्छ सहने शक्ति मिलोस्’ भन्ने स्टाटसले नेपालको राजनीति तरंगित बनेको छ । अहिले नेपाली राजनीतिको आगामी दिशा र सम्भावित घटनाक्रमलाई लिएर गम्भीर बहस निम्त्याएको छ । नयाँ वर्षको उमङ्ग छाउनुु पर्ने समयमा रास्वपा सभापति लामिछानेको उक्त स्टाटसले राजनीतिक वृत्तमा मनोवैज्ञानिक भुुँइचालो नै ल्याई सक्यो । नेपाली राजनीतिमा खिल भन्नाले वर्षौ देखि सेटिङ्गमा चल्दै आएका ठुुला भ्रष्टाचारका काण्डहरु जस्तै नक्कली भुुटानी शरणर्थी,ललिता निवास,सुुन काण्ड लगायतलाई बुुझ्न सकिन्छ ।यस्को अर्थ अब साना कर्मचारी मात्र होइन राजनीतिको माथिललो तहमा रहेको शक्तिशाली पात्रहरुमाथि पनि निर्मम प्रहार हुुन सक्ने देखिन्छ । खिल निकाल्दा घाउ त निको हुुन्छ तर त्यो प्रकृयामा शरीर छटपटाउँछ । राजनीतिमा यस्को अर्थ भन्नु पर्दा पुुराना राजनीकि दलहरु,कर्मचारीतन्त्रको एउटा तप्का र स्वार्थ समूूहहरुबीचको अपवित्र गठबन्धन तोडिँदा राज्य संचालनमा केही समय अस्थिरता र टकराव देखिन सक्छ । त्यस्को सुुरुवात पनि भई सक्यो २०६२ र ६३ देखि २०८३ सम्मका सम्पुुर्ण सार्वजनिक पद धारण गरेका पदाधिकारीहरु,नेताहरु र कर्मचारीहरु को सम्पत्ति छानबिनकोलागि आयोग नै गठन भई सकेको अवस्था छ । सरकार द्धारा गठित आयोगलाई खिल निकाल्ने अपरेशन थिएटरको रुपमा लिंदा पनि फरक नपर्ला हैन त ? आयोग गठन हुुँदा विभिन्न राजनीतिक दलका नेताहरुलाई तनाव हुुन थालि सक्यो । उनिहरुले बर्ततमान सरकारको कमि कमजोरीहरु खोजेर कसरी जनताको बिचमा बदनाम गर्ने भन्ने खालका उपायहरु खोज्न थालेका छन् । त्यसैले त सभापति लामिछानेले मज्जाले दुुख्छ भन्नुुको अर्थ परिवर्तनको प्रक्रृयामा आउने रानीतिक खिचातानी र त्यसले जनतामा पार्ने मनोवैज्ञानिक प्रभावलाई पनि इंकित गरेको हो । २०८३ मा खिल निकाल्न सकियो भने मात्र २०८४ मा स्वस्थ राजनीतिक वातावरण बन्ने आँकलन बनाएर नै रास्वपा अगाडी बढेको देखिन्छ । यो वर्षलाई रास्वपाले अन्तिम राजनीतिक संघर्षको वर्षको रुपमा पनि लिएको छ । जहाँ पुुराना दलहरुको गलत प्रवृत्तिलाई जनताको सामुु ल्याउन जस्तो सुुकै कडा कमम चाल्ने देखिन्छ । आलोचकहरुले यस्लाई लामिछानेको सस्तो लोकप्रियताको रुपमा हेरेका छन् । तर गृह मन्त्रालय सम्हालेको अनुुभव र अहिलेको राजनीतिक समीकरणलाई हेर्दा आफुुसँग भएको सूूचना र प्रमाणहरुको आधामा केही ठूूला फाइलहरु खोल्ने रणनीति रहेको प्रष्ट बुुझ्न सकिन्छ । लामिछानेले लेखेका स्टाटसले एमाले,काँग्रेस,माओलादी लगायत अन्य दलहरुलाई सिधा चुुनौति नै दिएको हो भन्ने कुुरा प्रष्ट बुुझ्न सकिन्छ । आगामि राजनीतिमा हलचल आउने निश्चित नै छ । खिल निकाल्ने दिशामा सरकार अघि बढ्यो भने यसले देशलाई सुुशासन तर्फ पक्कै लैजाने छ, खिल निकाल्ने वर्ष २०८३ को सबैलाई शुभकामना !


