काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले उपसभामुखका लागि निर्वाचन हुने जनाएका छन् ।
‘उपसभामुखको चुनाव हुनेछ । छलफल गर्नुस्, बार्गेनिङ होइन’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताका लागि समय ताेकिएकाे थियाे । प्राप्त उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे २ बजे हुनेछ । भोलि शुक्रबार निर्वाचन हुन लागेकाे छ ।
सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन् । अब उपसभामुखमा महिला सांसदले मात्रै उम्मेदवारी दिन पाउँछन् ।
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका सात जना सांसद छन् । त्यसमध्ये अम्बिका देवी संग्रौला, राधिका रम्तेल र रुबी कुमारी महिला सांसद रहेका छन् ।


